© २०२३
धम्बोझी—१, नेपालगन्ज उपमहानगरपालिकाका महेश कादु यूरिया मलका लागि कृषि सामग्री केन्द्र नेपालगन्जमा धाउन थालेको पाँच दिन भयो । कर्मचारी प्रवेश गरेसँगै कादु पनि उनीहरूसंगै कृषि सामग्री केन्द्रको परिसरमा पुग्छन्, कर्मचारीसँग यूरिया मल आए नआएको सोध्छन् । ‘पाँच दिन भयो अहिलेसम्म मल पाएको छैन ।’ कादुले भने,—‘संधै रित्तो हात घर फर्किन्छु ।’
धानलाई मल चाहिने बेला यूरिया मल नपाएर बाँकेका कृषक यतिबेला हैरान छन् । मल बितरण गर्ने कृषि सामग्री केन्द्रले उपलब्ध गराउन सकेको छैन । हरेक दिन आउने कृषकलाई रित्तो हात फर्काउँछन् कर्मचारी । ‘माग अनुसार मल नै छैन । कृषकलाई रित्तो हात फर्काउनुको विकल्प नै छैन,’ केन्द्रका कर्मचारीको भनाइ छ ।
अनुदानको मलका लागि कृषकहरू कृषि सामग्री केन्द्रको मलको प्रतिक्षा गर्छन । भारतीय बाटोबाट हुने तस्करीको मलको बिकल्प रोज्नुपर्छ । तर भारतीय सुरक्षाकर्मीले त्यसमा समेत कडाई गरेपछि अहिले त्यस्तो मल पनि नेपाल भित्रिन पाएको छैन । कृषकहरू यतिबेला खेतीमा लाग्नुको साटो दिनहुँजसो मलका लागि भौतारिनु परेको कृषक कादुले बताए । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जले किसानको माग अनुसार मल कम आएकोले समस्या भएको निमित्त प्रबन्ध निर्देशक रमेश कुमार पौडेलले बताए ।
२०७४÷०७५ मा कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जमा ३ हजार मेट्रिक टन युरियाको लक्ष्य थियो । तर माग बढेर बिक्री ४ हजार ३ सय मेट्रिक टन रह्यो । पौडेलले शनिबारसम्म नेपालगन्जमा ५ हजार बोरा मल आउने र आइतवार किसानहरूले पाउने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी