© २०२३
नवलपुर ।
पूर्बी नवलपरासीमा शान्ति सुरक्षा र दुर्घटना न्युनिकरणको जिल्लाको मुख्य सडक र बजार क्षेत्रमा सिसीटिभीबाट निगरानी गरीने भएको छ । त्यसका लागि पूर्व पश्चिम राजमार्गको मुख्य बजार तथा भित्री सडकमा अत्याधुनिक सिसीटिभी जडान गरीने छ ।
प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षतामा बसेको स्थानीय तह, सुरक्षा निकाय र सडक विभाग, यातायात व्यवसायी र सरोकारवालाहरुको बैठकले जिल्लाको गैडाकोट नारायणी किनार देखि दाउन्ने सम्म पूर्ब पश्चिम राजमार्ग र पहाडी भेग गरेर १७ वटा क्यामेरा जडान गर्ने निर्णय गरेको हो ।
मध्यविन्दु नगरपालिकामा ४ ,कावासोती नगरपालिकामा ७, देवचुली नगरपालिकामा ५, गैडाकोट नगरापलिकामा ४, विनयी त्रिवेणी गाउंपालिकामा २, बौदीकाली गाउंपालिकामा ३, बुलिङ्गटार गाउंपालिकामा २ वटा सिसीटिभी क्यामेरा जडान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । क्यामेरा जडानको लागि स्थानीय तह र विभिन्न संघसंस्थाले प्रतिबद्धता जनाएको र क्यामेराको निगरानी सम्बन्धित स्थानमा रहेका प्रहरी कार्यालय मार्फत गरीने छ ।
मुख्य सडक र बजारमा सिसीटिभी क्यामेरा नहुदा घटना घटेपछि अनुसन्धान , दाषी पहिचान र घटनाको कारण पत्ता लगाउन सहयोग हुने र अपराधिक घटना पनि कम हुने अपेक्षा गरीएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी