ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

पुलले जोड्दै गौमुखी–गुल्मी

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

प्यूठान, ०३ मंसिर ।
प्यूठानको गौमुखी गाउँपालिका–३ रजवाराका रमेश रानाले अग्लुङफेदीमा बाइक चलाएर पौठेजोरी खेल्नु पर्ने बाध्यता छ । वर्षा लागेपछि खोला बढेर बाइक तराउन सकिदैन्, जोखिम मोलेरै चिप्लो झोलुङ्गे पुलबाट हिड्नु पर्दछ । उनलाई पक्की पुलबाट हिँड्न पाउने कामको थालनी हुँदा खुशीले गदगद छन् ।

मदाने गाउँपालिका–१ अग्लुङ गुल्मीका प्रदिप चन्दले वर्खा लागेपछि खोलामा यातायात वारपार नहुने समस्याले गौमूखी तथा मदानेबासीले सास्ती खेप्दै आएको बताउछन् । विरामी लगेर अस्पताल लैजाने बाटो समेत विकल्प नहुँदा गाउँबाट कष्टपूर्ण तरिकाले अस्पतालमा पू¥याउने नियती वर्षेनी हुने गर्दछ ।

अग्लुङफेदीमा निर्माण हुन थालेको पुलले यो समस्या हट्ने उनको विश्वास छ । ‘यहाँ पुल नहुदा धेरै दुःख भोगियो । बर्षामा मान्छे, गाडी सबै छेकिन्थे’ उनले भने– ’अब पुल बन्न थाल्यो । गाउँको समस्या समाधान होला भन्ने आशा छ, बरु पुल छिटो बनोस ।’
शनिबार पक्की पुलको शिलान्यास भएसंगै प्यूठानको गौमुखी र गुल्मीको अग्लुङफेदी बासिन्दामा खुसी आएको हो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्तरूपमा अग्लुङ्गफेदी खोलामा पक्की पुलको शिलान्यास गरेका छन् ।

सडक पूर्वाधार विकास कार्यालय गुल्मीसंग एम-एस.कमल–अर्जुन–सिटी–जेभी रेसुंगा गुल्मीले २०८१ मंसिर ८ गते निर्माण सम्पन्न गर्नेगरीे काम थालेको छ । ४ करोड १४ लाख २९ हजार ९ सय ७९ रूपैयाँमा ठेक्का दिएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री ढकालले तोकिएकै समयमा कार्य सम्पन्न गर्न निर्देशन दिए । ’सन्तुलित विकासको अवधारणा अनुसार प्रदेश सरकारले पूर्वाधार निर्माणको कामलाई प्राथमिकता राखेको छ । सञ्चालन गरेका सबै योजनाको गुणस्तर कायम गर्ने प्रतिबद्धता प्रदेश सरकारले गरेको छ। ’ ढकालले भने । सरकारले देखिने र महशुस हुनेगरी विकास निर्माणको कामहरू अघि बढाएको ढकालले बताए ।

शिलान्याको क्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विकट बस्तीलाई विकासको मुल धारमा ल्याउन सरकारले प्राथमिकतामा राखेको बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले गुणस्तरीय पक्की पुल निर्माण हुने बताए । निर्माण व्यवसायी विजय खनालले भुक्तानि प्रक्रियामा कुनै समस्या नआए निर्धारित समय भन्दा अगाडिनै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?