© २०२३
नवलपुर ।
मुलुकका विभिन्न जिल्लामा लाग्ने मेला र महो त्सव भन्ने वित्तिकै नाफा आर्जनको विषय आउने गर्दछ । प्रायः लाग्ने मेला महोत्सवले व्यापार र नाफालाई नै ध्यान दिएका हुन्छन् । यद्यपि नवलपुरको गैँडकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ ।
नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरुको मौलिक संस्कृतिसंरक्षण गर्न उनीहरुको परम्परागत घर नै निर्माण गरी महोत्सव पुग्ने सर्वसाधारणलाई संस्कृतीबारे बोध गराइएको छ । नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष दुर्गाबहादुर मस्राङ्गी मगरले महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण तथा मौलिक खानाहरु प्रदर्शनी गरिएको बताए ।
सांस्कृतिक घरमा चेपाङले प्रयोग गर्ने बन तरुल, गिठा, भ्याकुर, पिँडालु, स्याखु मगर जातिको सांस्कृतिक घरमा उनीहरुले प्रयोग गर्ने औजारहरु न्हाङली (नाङ्ग्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी, थारुकोमा ढडिया, जाल, ढकिया, गुरुङको स्याखु, मादल, खैँचरीलगायतका सामग्री राखिएका छन् । सांस्कृतिक घरमा राखिएका उनीहरुको पोसाक तथा परम्परागत औजार र खाद्यान्न अति नै स्वादिष्ट भएको गैँडाकोट–२ का कृष्णप्र साद खनालले बताए ।
परम्परागत बस्ती र संस्कृतीबारे अहिलेका पुस्तालाई जानकारी नभएको अवस्थामा यस प्रकारको प्रयासले नेपाली संस्कृती बुझाउन सहयोग गर्नेछ । निकै कलात्मक तरिकाले निर्माण गरिएका घरहरुको छानो खरले छाएका छन् । बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने विभिन्न कला र आकृति कोरिएको देख्न पाइन्छ । महोत्सवमा सांस्कृतिक घर निर्माणका लागि तिनै जातिका कालीगढहरु प्रयोग गरिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी