ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

१८ वर्षे तुल बहादुरः यसरी बने राष्ट्रिय खेलाडी

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

प्यूठान, २८ कार्तिक ।
प्यूठानको नौबहिनी गाउँपालिका–५ डामृका १८ वर्षे तुलबहादुर थापाको गाउँमा क्रिकेट खेल्ने मात्रै होइन हेर्नेहरू समेत अझै न्यून छन् । सामान्य परिवारमा जन्मेका थापाले भारतमा सिकेको खेलले नेपाली क्रिकेटर बन्दैछन् । काकाको साथमा भारतको चण्डिगढमा पढ्दा क्रिकेट खेल्न थालेका थापा १२ वर्ष उमेर मुनिको समूह भारतको चण्डिगडमा जिल्लास्तरीय प्रतियोगिताको अवसर पाएका थिए ।

२०१६ मा भारतबाट कक्षा आठको परीक्षा दिएर घर आएका थापा दाङको भालुवाङमा भएको जिल्ला स्तरको मुस्लिम कप प्रतियोगितामा पहिलो पटक खेले यो उनको नेपालमा खेल यात्रा शुरु भयो । थापा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाण्डौँमा हुने फ्रेन्चाइज लिगमा समेत खेल्ने भएका छन् ।

उनलाई जनकपुर बोल्टर्सले २ लाखमा अनुबन्धन गरिसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । त्यहाँ थापाले थप अनुभव गर्दै छन् । देशको लागि क्रिकेट क्षेत्रको अन्तराष्ट्रिय खेल खेल्ने लक्ष्य रहेको थापा बताउँछन् । ‘अनुभवी क्रिकेटरसंग खेल्न पाउँदा नेपाल प्रिमियर लिगलाई राष्ट्रिय टिमबाट खेल्ने ढोकाको रूपमा लिएको छु । उत्कृष्ट प्रदर्शनका लागि तयारी गरिरहेको छु ,’ थापाले भने । थापा क्रिकेटमा बाया हाते च्याइनामेन स्पिनर हुन् । यो बलिङ तर्फ कमैमा क्षमता हुन्छ । यही कारण पनि धेरै छोटो समयमा धेरै लिग र फ्रेन्चाइजहरूमा अवसर पाएका हुन् । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सको ट्यालेन्ट हन्ट मार्फत राष्ट्रिय खेलमा अवसर पाएका थापाले नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप ९ वटा राष्ट्रिय स्तरका खेलहरू खेलेको जानकारी दिए । शारिरिक अस्वस्थताको कारण दुई वर्ष भारतमा उपचार गरेर फर्केका थापा हाल भैरहवा, नेपालगञ्जमा हुने लिगहरूमा भाग लिँदै आएका छन् । पछिल्लो समयमा शक्ति गौचनले प्रशिक्षण दिँदै आएको स्टार क्रिकेट एकेडेमीमा सिक्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?