© २०२३
नवलपुर, २८ कात्तिक ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं २,३ र ४ मा मंगलवार विहान देखि गैँडा बस्ती पसेको छ । मध्यवर्ती क्षेत्र भित्र रहेको गैडा बस्ती प्रवेश गरे पछि देवचुलीका विभिन्न वडामा गैँडा त्रास फैलिएको हो । मध्यवर्ती क्षेत्रमा चार दिन अघि देखि भएको होहल्लाका कारण गैडा बस्ती पसेको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए । पाण्डेका अनुसार मध्यवर्ती क्षेत्रमा हो हल्ला कै कारण गैँडा बस्ती पसेको हो ।
देवचुली नगरपालिका वडा नं. २ को नारायणी नदि किनारमा चार दिन अगाडिबाट एकादशी मेला लागेको छ । उक्त मेलामा भएको होहल्लाका कारण गैँडा तर्सिएर बस्ती पसेको हो । अध्यक्ष पाण्डेका अनुसार अहिले गैंडा मध्यवर्ती क्षेत्रमा फर्किएको छ । अँध्यारो भए पछि चर्न निस्कने क्रममा मेलामा अबेर सम्म हुने होल्लाका कारण गैँडा बाटो बिराएर बस्ती तर्फ लागेको पाण्डेले जानकारी दिए ।
रमाईलो तथा साँस्कृतिक कार्यक्रम गर्दा समयको ख्याल गर्दै वन्यजन्तुले विचरण गर्ने क्षेत्रमा राति अवेर सम्म मानिसको जमघट नर्गन पाण्डे आग्रह गरेका छन । यस्ता गतिविधीले वन्यजन्तुलाई असर पुग्ने र वन्यजन्तु मानव वस्तिमा पस्न सक्ने जोखिम हुने भएकोले सचेत हुनु पर्ने उनको भनाई छ ।
मेला दिव्य मध्यवर्ती सामुदायिक वनको आयोजनामा नारायणी नदि किनारमा गत कात्तिक २४ गते देखि मेला सन्चालन भएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी