ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

रोल्पा नगर सडक मानवमुक्त

१६ कार्तिक २०७९, बुधबार
१६ कार्तिक २०७९, बुधबार

रोल्पा १६ कात्तिक । रोल्पा नगरपालिका सडक मानव मुक्त नगरपालिका वनेको छ । जिल्ला सदरमुकाम लिवाङमा लामो समय देखी वेवारिसे जीवन यापन गर्दै आएका सडक मानवहरुको व्यवस्थापन गरेसंगै रोल्पा नगरपालिका सडक मानव मुक्त नगरपालिका वनेको हो ।
उसले सदरमुकाम लिवाङमा वेवारिसे जीवनयापन गरिरहेका ४ सडक मानव र २ अनाथ वालकहरुको व्यवस्थापन गरेको छ । वेवारिसे जीवन विताई रहेकोकाहरुका आफन्तको आग्रहका आधारमा संवन्धित वडा कार्यालयको समेत समन्वयमा उनीहरुलाई व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले २ महिला, २ पुरुष सहित ४ सडक मानव र २ अनाथ वालकको व्यवस्थापन गरेको हो । सडक मानवको रुपमा व्यवस्थान गरिएका चारै जना मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु हुन ।
मानसिक सन्तुलन गुमाएका उनीहरु रोल्पा नगरपालिका सहित जिल्लाका विभिन्न स्थानवाट आई सदरमुकाम लिवाङमा लामो समय देखी वेवारिसे जीवन विताउदै आएका थिए ।
उनीहरु मध्ये रोल्पा नगरपालिका वडा नं. ९ का एक पुरुषलाई दुई वर्ष अघि नै नगरपालिकाले व्यवस्थापन गरेको थियो । यस वर्ष २ महिला र १ पुरुष सहित थप ३ जनालाई व्यवस्थापन गरिएको छ ।
यस वर्ष रोल्पा नगरपालिका वडा नंं ३ को १ महिला र १ पुरुष तथा माडी गाउँपालिका वडा नं २ को १ महिला लाई मानव सेवा आश्रम वुटवलमा व्यवस्थापन गरिएको रोल्पा नगरपालिकाका उपप्रमुख गीत आचार्यले जानकारी दिईन । उनीहरुको व्यवस्थापन गरे वापत आश्रमलाई नगरपालिकाले १ लाख ५० हजार उपलव्ध गराएको थियो ।
मनसिक सन्तुलन गुमाएर घर छाडेपछि उनीहरुलाई आफन्त तथा परिवारले समेत वेवास्ता गरेका थिए । घर छाडेर लामो समय देखी सदरमुकाम लिवाङ वजारमा सडक मानवको रुपमा जीवन विताउदै आइरहेका उनीहरु खाने, वस्ने तथा सरसफाई जस्ता सामान्य कुरावाट समेत वंचित रहदै आएका थिए ।
नगरपालिकाले हेरचाह र पालनपोषण गर्ने आफन्तको अभावमा कुपोषणको संक्रमणमा परेका २ बालकहरुलाई समेत व्यवस्थापन गरेको छ । रोल्पा नगरपालिका वडा नं. ४ का दाजुभाई उनीहरुको पालनपोषण, रेखदेख सहित पढाउने गरि नितेन मेमोरियल स्कूल काठमाण्डौमा भर्ना गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । विद्यालय संग समन्वय गरि त्यहाँ सम्म उनीहरुलाई पु¥याउने काममा नगरपालिकाले सहयोग गरेको थियो ।
नगरपालिकालाई सडक मानव रहित वनाउने मेरो चूनावी प्रतिवद्धता अनुसार काम गरेको रोल्पा नगरपालिकाका उपप्रमुख गिता आचार्यको भनाई छ । “निर्वाचित भएर आएपछि नगरपालिकालाई सडक मानव मुक्त वनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गरेको हुँ” नगर उपप्रमुख आचार्यले भनिन । “अहिले रोल्पा नगरपालिका तथा सदरमुकाम लिवाङमा वेवारिसे जीवन यापन गरिरहेका सडक मानव छैनन”आचार्यले भनिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?