ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

बन्ला त बुटवलमा फर्निचर ग्राम ?

२५ कार्तिक २०८१, आईतवार
२५ कार्तिक २०८१, आईतवार

बुटवल, २५ कार्तिक ।
बुटवलका अहिले विभिन्न स्थानमा छरिएर रहेका फर्निचर उद्योगहरू छन् । कतिपय उद्योगहरू स्थानीयहरूले प्रदूषण फैलाएको भन्दै पटक–पटक बन्द गर्नको लागि समेत आग्रह गर्दै आएका छन् । फर्निचरबाट निस्कने चर्को आवाजको कारण वातावारणमा प्रतिकूल असर परेको भन्दै आवाधी धेरै भएको स्थानबाट सार्नको लागि स्थानीयले पटक पटक आग्रह गर्दै आएका छन् । यसरी स्थानीयहरूको मागलाई समेत सम्बोधन गर्ने गरी व्यवसायीहरूले भने व्यवस्थित फर्निचर ग्राम माग गरेका छन् ।
बुटवलको मोतिपुर औद्योगीक क्षेत्रमा व्यवसायीहरूले छुट्टै फर्निचर ग्राम हुनुपर्ने माग गरेका हुन । फर्निचर उद्योग संघ रूपन्देहीको २५ औं साधारण सभामा बोल्दै व्यवसायीहरूले स्वदेशी उत्पादनलाई प्रयोगमा जोड ल्याउनको लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कार्यविधि बनाएर लागू गर्नुपर्ने बताए ।

संघका अध्यक्ष तेजप्रसाद पराजुलीले बुटवलमा व्यवस्थित फर्निचर ग्रामको आवश्यकता तत्काल रहेको बताए । उनले सोही अनुसार स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले औद्योगीक क्षेत्रमा जग्गा दिनुपर्ने माग समेत गरे । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले व्यवसायिक हकका लागि संगठित संस्थाहरूले आफ्नो दायित्व र जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न आग्रह गरेकी छन् ।

उपमहानगर सधै निजी क्षेत्रलाई साथमा लिएर जान तयार रहेको बताउँदै नेपाली उत्पादन र त्यसको गुणस्तरमा भने कुनै सम्झौता गर्न नसकिने उनको भनाइ थियो । उनले फर्निचर व्यवसायीले गरेको आग्रह अनुसार दर्ता नभएका व्यवसायीको कडाईका लागि अनुगमनको अधिकार दिएको र त्यसले सकारात्मक प्रभाव परेको बताउँदै व्यवसायी आफैले अवैध तरिकाले भारतीय कामदार राख्न नहुने सुझाव दिइन् ।

उनले नेपाली काठ प्रयोग गर्ने अधिकार स्थानीय तहलाई नभएको, बनका धेरै आवश्यक काठ खेर गएकोप्रति सबै सचेत हुनुपर्ने र संघीय सरकारको ध्यानकर्षण गराउनुपर्ने बताइन् ।संघका पूर्वअध्यक्ष तथा रूपन्देही उद्योग संघका पूर्वअध्यक्ष बोनिन पियाले व्यवसायीका समस्या लामो समयदेखि उठान गरेपनि समाधान नभएको बताए । साधारण सभामा फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय अधयक्ष युवराज पौडेल, माधवकुमार पौडेल, रूपन्देही उद्योग संघका उपाध्यक्ष जीवकान्त काफ्ले, कोषाध्यक्ष कासिराम पोखरेल, महासचिव खिमबहादुर खड्का, उपाध्यक्ष नेत्र रुचाललगायतले व्यवसायीका समस्याका बारेमा समस्या उठान गरेका थिए ।

लुम्बिनी प्रदेशको औद्योगिक तथा व्यवसायिक हवको रूपमा विकसित भईरहेको रूपन्देही र यस वरिपरिका क्षेत्रहरूमा छरिएर संचालन भईरहेका फर्निचर उद्योगीहरूलाई पाटेर होईन जुटेर अस्वस्थ प्रतिष्पर्धा होईन स्वच्छ प्रतिष्पर्धाचाट उद्योग संचालन संघका महसाचिव खिम बहादुर खड्काले बताए । वि.सं. २०५६ सालमा स्थापना भएको फर्निभर उद्योग संघ रूपन्देही विभिन्न २५ औं साधारणसभा मनाएको हो । फर्निचर उद्योगमा कार्यरत दक्ष कर्मचारी विशेष गरी भारतीय भएको अवस्थामा धेरै जसो उद्योगहरू बन्द अवस्थामा रहेको महासचिव खड्काको भनाई छ ।

बिना दर्ता सन्चालित उद्योगीहरूलाई दर्ता भई करको दायरामा आउन सकेका छैनन । घरेलु तथा साना उद्योग कार्यलयमा ९२३ फर्निचर उद्योग दर्ता छन । त्यसै गरी रूपन्देहीका १६ बटै पालिकामा ४४० उद्योग दर्ता छन दर्ता भएपनि यस सस्थामा २१५ जना उधोगी मात्रै आवद्ध छन् । रूपन्देही भरी फर्निचर उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा करिब १५ हजार जनाले रोजगारी पाएका छन । अझै पनि हामीले दक्ष जनशक्ति पाउन सकेका छैनौ प्रत्येक दिन १३ सय युवाहरू विदेश पलाएन भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?