© २०२३
नवलपुर, १२ कात्तिक ।
नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने भएको छ । सीसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले चालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने एनपीआर क्यामेरा जडान गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार एउटा क्यामेराको मूल्य एक लाख २५ हजार रुपैयाँ पर्छ ।
उक्त रकम जिल्लाका पालिकाबाट प्राप्त हुने र कुन पालिकाले कति रुपियाँ दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलबाट तय हुने उनले जानकारी दिए ।
बाटो विस्तारका क्रममा रहेकाले अहिले नारायणघाट–बुटवल सडक खण्डमा राखिएका क्यामेराहरु हराएका र केही बिग्रेको अवस्थामा छन् । हाल दुम्कीबासमा एउटा मात्र सीसी क्यामेरा रहेको प्रहरीले जनाएको छ ।
यसअघि बाटो विस्तारको काम पूर्ण रुपमा सकिएपछि मात्र क्यामेरा जडान गर्ने भनिए पनि बाटो विस्तारको काम सम्पन्न हुन समय लाग्ने देखिएपछि सहर बजारमा सडक बनेको ठाउँमा क्यामेरा जडान गरिने भएको हो ।
हाल सडक विस्तार भएका ठाउँमा अत्यधिक गतिमा सवारी साधन चलाउने गरिएकाले त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले गति सीमित गर्न पनि चालकलाई आग्रह गरेको छ ।
प्रहरी नायव उपरीक्षक शाहले व्यक्तिगत प्रयोजनका लागि विभिन्न पसलमा राखेका क्यामेरामध्ये एउटा क्यामेरा सडकतर्फ फर्काएर राखी प्रहरीलाई सहयोग गर्न समेत आग्रह गरेका छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी