© २०२३
नवलपुर, ११ कात्तिक ।
नवलपुरको मध्यविन्दु –२ कोल्हुवामा जारि राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामाको आइतबार भएको पहिलो सेमिफाईनल खेलमा देशभक्त फुटबल क्लवलाई १–० ले हराउँदै नेपाल ए पि एफ क्लव फाइनल प्रवेश गरेको छ ।
नेपाल ए पि एफ क्लवलाई फाईनल प्रवेश गराउन खेलको पहिलो हाफको ३४ औ मिनेटमा क्लवका तर्फबाट युवराज खड्काले पहिलो गोल गरेका थिए । नेपाल ए पि एफका टिम कप्तान समेत रहेका युवराज खड्काले गरेको गोल नै दोस्रो क्वाटरको निर्णायक गोल बन्न पुग्यो ।
आजको खेलमा नेपाल ए पि एफ का युवराज खड्का म्यान अफ द म्याच घोषित भए । मेन अफ द म्याच खड्काले नगद रु ५ हजार प्राप्त गरेका थिए ।
राईनो संरक्षण गोल्कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल अन्तर्गत कार्तिक १२ गते नमोबुद्ध र नेपाल पुलिस स्पोर्ट क्लव भिड्ने भएका छन ।
सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप विजेताले नगद रु ४ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । फाईनल खेल कार्तिक १४ गते राईनो रङ्गशाला, कोल्हुवामा हुने छ ।