ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

समाजवादमा सबै दलको खाका तयार हुनुपर्छः विप्लव

१० कार्तिक २०८१, शनिबार
१० कार्तिक २०८१, शनिबार

प्यूठान, १० कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले नेपालका संविधानको पक्षमा रहेका दलले समाजवादको खाका तयार गर्नु पर्ने बताएका छन् । नेपालको संविधान २०७२ ले समाजवाद उन्मुख अर्थतन्त्र भनेपनि सिमान्तकृत समुदायको पक्षमा व्यवस्थाले नछोएको बताउँदै सबै पक्षलाई समेट्न समाजवादको खाका तयार गरी सविधान संशोधन गर्नु पर्नेमा जोड दिए ।

शुक्रबार जुम्रीमा आयोजित संयुक्त राजनीतिक दलित संघर्ष समिति प्यूठानद्वारा आयोजित सि जाती अर्थात समान जाति विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै विप्लवले दलित, महिला, श्रमिक वर्गको व्यवस्था र संविधानले गर्न नसकेको जिकिर गरे । ‘सामन्तवादी राजतन्त्र मात्रै फेरिएर गणतन्त्रको स्थापना भयो तर पूजीवाँदी अर्थतन्त्रले जनतालाई तल पारेर नेता तथा धनाढ्यहरुलाई हालीमुहाली गर्ने वातावरण तयार भयो’ विप्लवले भने,‘त्यसैको अन्त्यका लागि संविधानका पक्षधरहरुले समाजवादी अर्थतन्त्रको खाका तयार गरी व्यवस्थाका नकारात्मक पाटाहरुलाई सुधार गर्नुपर्छ ।’

व्यवस्थालाई नसुधारे जनताले भ्रष्टाचार, जातीय विभेद, श्रमिक वर्गको शोषणको विरुद्ध लडिरहने, राज्यले केही सम्बोधन गरी दोहन गरिरहने प्रवृत्तिको अन्त्य नहुने उनको भनाइ थियो ।

अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले सी जातीबारे जिज्ञासा राखेका थिए । विप्लवले जाति समानताका लागि सबै व्यक्तिहरुलाई समान जाति अर्थात सि जाति समुदायको विकास गरी सोही अनुसारको समाज विकासको खाका तयार गरी सी जातीको अवधारणा ल्याइएको समेत बताए । यसले जाति अनुसारका विभेदको अन्त्य गर्दै वैज्ञानिक सि समुदायको निर्माण हुने, सि समुदायको आफ्नै अर्थव्यवस्था निर्माण गरी वर्गीय उत्थान हुने अवधारणाको विकास गरेको उनको दावी छ । उनले सरकारसंग सि जातिको नागरिकता प्रदानका लागि कानुन संशोधनको माग गरिएको बताए ।

जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, दलका दलित सम्बन्धी जनवर्गीय संगठनका प्रतिनिधिहरु रहेको कार्यक्रममा समान जातीका लागि सबै बक्ताहरुले ऐक्यवद्धता जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?