ट्रेंडिंग:

>> पाल्पाको सत्यवतीमा यो बर्ष ४ दिन मेला लाग्ने >> एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने >> महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात >> उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई दियो जिम्मेवारी >> अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी >> दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ >> अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ट्याक्टर दुर्घटनामा एकको मृत्यु >> महर्षि आगमनको स्वर्ण महोत्सव >> बेलडाँडा मारुनी नाच प्रथम >> झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु >> कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीको राजीनामा >> अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत >> आज सुनचाँदीको मुल्य कति छ ? >> स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख >> अमेरिकी राष्ट्रपतिको नतिजा आउने क्रम जारी, ट्रम्पको अग्रता कायमै >> पाँच किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ >> महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै >> आइपिएलको मेगा अक्सनका लागि १५७४ खेलाडी, नेपाली खेलाडीले गराएनन् दर्ता >> लापत्ता सन्तान: वृद्धाश्रम पुगेकी आमाको कथा >> अमेरिकी राष्ट्रपति चुनावको मतगणना सुरु, ट्रम्पको अग्रता >> लुम्बिनीमा १४ सय ४५ लाई डेंगी संक्रमण >> प्रतिशोधजन्य घटना नियन्त्रण गर >> स्क्राबल खेल, सिद्धबाबा स्कुल र रेसुङ्गाको घुमघाम >> आउँदा अम्बा, फर्किदा नुन तेल >> बटौलीलाई ‘पहाडी स्वाद’ >> छठको दोस्रो दिन आज ‘खरना’ >> पश्चिमी र स्थानीय वायुको प्रभाव : यस्तो रहनेछ आजको मौसम >> मित्रमिलन सहकारी ठगी आरोपमा उपाध्यक्ष लम्साल पक्राउ >> दीपक मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन >> घाइतेहरुलाई मुख्यमन्त्रीको ढाडस्–‘उपचारमा कुनै कमी हुन दिंदैनौं’ >> दाङको पर्यटकीयस्थल घोरदौरामा पर्यटकको संख्यामा वृद्धि >> नेतृत्वबिहीन हुँदा कर्णालीका संसदीय समिति निष्क्रिय >> रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश >> देशभर २८ हजारभन्दा धेरै जनामा डेंगी संक्रमण, ६ जिल्ला उच्च जोखिममा >> रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने >> मिथिलाञ्चलमा छठको रौनक,आजबाट विधिवत रुपमा छठपर्व मनाइदैं >> ऐतिहासिक डल्ले सरायँ मेलाः थापडाँडा उत्कृष्ट >> राष्ट्रपति चुनावमा ठुलो मुद्धा बनेको आप्रवासी बिना कस्तो देखिएला अमेरिका ? >> सबैको मन जोड्ने सेतु छठ पर्व >> पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्री आचार्यको चिन भ्रमण स्वीकृत गर्ने मन्त्रीपरिषदको निर्णय >> आजदेखि सरकारी कार्यालयको नयाँ समयावधि: १० बजेदेखि ४ बजेसम्म >> तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा कमी >> तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो >> रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, पोखरापछि भैरहवा ल्याइने >> छठ पर्व आजदेखि विधिपूर्वक सुरु >> अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै >> खिल्जी दुर्घटनाः घाईतेहरुको उपचारमा कुनै कमी हुने छैनः मुख्यमन्त्री

भीम अस्पतालमा पित्त थैलीको अपरेशन सुरु

९ कार्तिक २०८१, शुक्रबार
९ कार्तिक २०८१, शुक्रबार

भैरहवा, ९ कात्तिक ।

रुपन्देहीको जिल्ला अस्पताल भैरहवाको भीम अस्पतालमा पित्तथैलीको शल्यक्रिया (अपरेशन) सुरु भएको छ । अस्पतालमा भर्ना भएकी एक महिलाको सोमबार पित्तथैली पत्थरीको सफल शल्यक्रिया भएको भीम अस्पतालले जनाएको छ ।

रुपन्देहीकी ४२ वर्षीया सधिया खातुनको पित्तथैलीको पत्थरीको शल्यक्रिया भीम अस्पतालमा कार्यरत जनरल सर्जन डा. उत्सव कार्की र जनरल सर्जन डाक्टर राजिव ढकालले गरेका छन् ।

भीम अस्पतालमा पहिलो पटक पित्त थैलीको सफल शल्यक्रिया भएको डाक्टरद्वय कार्की र ढकालको भनाइ छ ।

‘बिरामीले बारम्बार पेटको दाहिने भागमा दुःख्ने समस्या भएको बताएपछि चेकजाँच गरियो डाक्टर कार्कीले भने । चेकजाँच गर्ने क्रममा पित्तथैलीमा पत्थरी (ढुंगा) भेट्टायौं’ उनले भने,‘त्यसपछि शल्यक्रिया गरियो ।’

अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले पित्तथैलीको शल्यक्रिया भीम अस्पतालमा पहिलोपटक भएको बताइन् । उनले शल्यक्रिया भएको दोस्रो दिनमा बिरामीलाई डिस्चार्ज गरिएको जानकारी दिइन् । यो भीम अस्पतालको लागि गौरवको कुरा हो’ उनले भनिन्, ‘आजसम्म पनि यति पुरानो अस्पतालमा यो शल्यक्रिया भएको थिएन । डा.उत्सव कार्की नेतृत्वको टीमलाई बधाई दिन चाहन्छु ।’

अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले पित्तथैलीमा ढुंगा जम्मा भए यो अपरेशन गरिने बताए । उनले भीम अस्पतालको इतिहासमा पहिलोपटक यो शल्यक्रिया गरिएको बताए । ‘अब यो शल्यक्रिया सेवाले निरन्तर रुपमा सञ्चालन हुन्छ’ उनले भने, ‘दुरबिन विधिबाट शल्यक्रिया गर्नका लागि अस्पताल विकास समितिबाट पहल गर्छौं ।’

शुक्रबार अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा र अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले बिरामीलाई पुषपगुच्छा दिएर शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बधाई ज्ञापन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?