ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

चारलेन सडकमा खाल्डै खाल्डा

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

नेपालगन्जमा पप्पु निर्माण सेवाले निर्माण गरेको चारलेन सडक हस्तान्तरण नहुँदै खाल्डैखाल्डोमा परिणत भएका छन् । जमुनाहदेखि राँझाचोकसम्म पिच उध्रिएर साठठ्ीवटा साना ठूला खाल्डा बनेका छन् । सडक खाल्डोमा परिणत भएपछि दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् । सवारीसाधन चलाउनै मुस्किल भएको छ ।पप्पु जेभीले ५७ करोड रूपैयाँमा राँझा–जमुनाहा सडकखण्ड कालोपत्रे गर्ने ठेक्का लिएको थियो । एक वर्ष अघि नै काम सकिएको भन्दै पप्पुले अहिले सडक निर्माणको काम रोकेको छ ।  नत काम सुरु भएको नत हस्तान्तरण नै । सडक हस्तान्तरण नहुँदै सडक खाल्डाखुल्डीमय बनेपछि आवतजावतमा समस्या भएको छ । दैनिक सडकमा सवारीसाधन फस्ने गरेका छन् । ठेकेदारले गुणस्तरहिन काम गरेर हस्तान्तरण नगरेपछि नेपालगन्ज उपमहानगरपालिकाले खाल्डा पुर्ने काम सुरु गरेको छ । सवारी दुर्घटनाको जोखिम देखिपछि बुधवारदेखि साठ्ीवटा खाल्डा पुर्न सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक मेयर प्रमोद रिजालले जानकारी दिएका छन् । ‘ठेकेदार कम्पनीले चासौ दिएनन् । सडकभरी खाल्डा हुँदा सवारी दुर्घटना बढेपछि हामीले खाल्डो पुर्ने काम सुरु गरेका हौं ।’—रिजालले भने । उनले खर्च भएको ईस्टिमेट गरे ठेकेदार कम्पनीलाई नै त्यसको खर्च भराउने सकिने पनि बताए ।
गुणस्तरहीन सडक बनाएको भन्दै पप्पु निर्माण सेवा यसअघि जरिवाना असुली गरिसकिएको छ । नेपालगन्जको जमुनाहा–राँझा सडक खण्ड निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन जेभीले समयमा काम पूरा नगर्नुका साथै न्यून गुणस्तरको काम गरेकाले एसियाली विकास बैंक (एडीबी) ले सो निर्माण कम्पनीबाट ५ करोड ५० लाख रूपैयाँ जरिवाना असुल गरेको हो । सो सडकको काम पूरा गर्ने समय गत वर्ष जुलाई महिनामै सकिए पनि अझै उक्त सडक निर्माण पूरा हुनसकेको छैन । न्यूनगुणस्तरको सडक निर्माण गरिएकाले ठाउँ–ठाउँका सडकमा खाल्डा–खुल्डी परेका छन् भने अधिकांशस्थानको कालोपत्रेसमेत उप्किंदै गएको छ । सो सडक निर्माणको ढिलासुस्ती र गुणस्तरियताको विषयलाई लिएर गतवर्ष नेपालगन्जवासीले आन्दोलनसमेत गरेका थिए । तर, पनि सो सडकमा कुनै सुधार गरिएन । निर्माण कम्पनीले औपचारिक रूपमा अझै सो सडकलाई सडक डिभिजन कार्यालयलाई हस्तान्तरण नगरेका कारण खाल्डा–खुल्डी भएको र टुटफुट भएको स्थानमा मर्मत सम्भार गर्न समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ । जनताको माग र आवश्यकतालाई ध्यानमा राखेर अन्य बजेटबाटै सो सडकको सामान्य मर्मत सम्भार भने गराउँदै आएको सो कार्यालयको भनाइ छ । सडक निर्माणको समय गतवर्ष नै सकिए पनि अझै धेरै ठाउँमा रेलिंग लगाइएको छैन भने कतिपय स्थानमा डिभाइडरसमेत राखिएको छैन । विभिन्न स्थानका नाला पनि अधुरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?