ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

रूपन्देहीमा किन हुँदैन तस्करी नियन्त्रण ?

६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार

नेपालीहरूको सवैभन्दा ठूलो पर्व बडादशैं बिदा भैसकेको छ । बडादशैंको विदाईसंगै नेपालीहरूको अर्को दोश्रो ठूलो पर्व दिपावली अर्थात तिहार घर आँगनमै आईपुगेको छ । चाडपर्वकै बेलामा हरेक बर्ष नेपाल भारत सिमावर्ती क्षेत्रबाट तस्करी रफ्तारमा बढ्ने गरेको छ । त्यसो त बर्षैभरी तस्करीका घटना सुन्नमा आईरहन्छ तर दशैं र तिहारको समयमा धेरै तस्करीका कुरा बाहिर आउने गरेको छ । सोमबारमात्रै भारतबाट अवैधरूपमा तस्करी गरेर नेपाल भित्राईएको ठूलो परिमाणको चिनी रूपन्देहीको भैरहवाको गोदामबाट बरामद भएको छ । अवैध रूपमा दुईवटा घरको गोदाम बहालमा लिएर भण्डारण गरिएको चारसय ७१ बोरा चिनी बरामद हुनु तस्करी मौलाउनुको एक उदाहरण हो । त्यसअघि बडादशैंको पूर्व सन्ध्यामा रूपन्देहीमा ६२ लाख बराबरको कपडा बरामद भएको छ । यति ठूलो मात्राको तस्करीको सामान नियन्त्रणमा यही असोज २० गते राती रूपन्देहीको बुटवल महानगरपालिका १५ बाट अवैधरूपमा भन्सार छली गरी ल्याइएको लत्ता–कपडा विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरियाबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा ट्रकसहित उक्त अवैध कपडा बरामद गरेको हो । यो त एक उदाहरणमात्र हो । तस्करीमा सेटिङ नमिलेको कारण यो सामान समातियो । यो भन्दा धेरै तस्करी दैनिकरूपमा हुने गर्दछ । तस्करीमा ठूलो सेटिङ हुँदै आएको कुरा छर्लङ्ग छ । गोरु तस्करी समेत अहिले बढेको छ । यो समस्या लामो समयदेखि देखिदै आएको छ । धेरै घटनाक्रमले रूपन्देहीमा पछिल्लोसमय तस्करी बढेको देखाएको छ । केही महिना अघिमात्र चामलको बिलमा चिनी तस्करी भएको घटना बाहिर आएको थियो । तस्करीको जालो कुन रूपमा बढिरहेको छ भन्ने कुराको यो उदाहरण हो । भन्सारको मिलेमतोमा यस प्रकारका तस्करीका कुरा धेरै दवाएरै राखिन्छन । तर जुन बाहिर आउँछन त्यसमा धेरै चाहिँ ‘बार्गेनिङ’ नमिल्दाको परिणाम हो भन्न सकिन्छ । मूख्य राजमार्ग भन्दा पनि हुलाकी मार्गबाट हुने यस प्रकारका तस्करी नियन्त्रणमा भने प्रहरी प्रशासन असफल जस्तै देखिन्छ । प्रहरी प्रशासनकै मिलेमतोमा अधिकांश तस्करीका घटना बाहिर आउँछन । सरकारले तस्करी नियन्त्रण गरी राजस्व बढाउने कुरा गरेपनि सरकारका निकायहरू नै तस्करीमा लिप्तछन् । अर्कोतर्फ तस्करीबाट आएको नजराना माथिसम्म पु¥याउनुपर्ने बाध्यताका कारण जिल्लामा आएका हाकिमहरू नचाहेर पनि तस्करीलाई मलजल गर्न बाध्य हुनुपरेको अवस्था छ । तस्करी नियन्त्रण नहुँदा राजस्व संकलनमा ठूलो असर परेको छ ।

तस्करीका यस प्रकारका घटना घट्दो होइन, झनै बढिरहेको छ । जसका कारण नेपालको अर्थतन्त्र नजानिँदो तरिकाले प्रभावित बनिरहेको छ । विना भन्सार हुने यस प्रकारका तस्करीले सरकारको बार्षिक करोडौं राजस्व गुमीरहेको छ । सवैतिर प्रहरी प्रशासनको निगरानी हुँदापनि तस्करी किन नियन्त्रण हुन सकिरहेको छैन ? प्रश्न उत्पन्न भएको छ । यो विषयमा यसअघि गरिएका धेरै अनुसन्धान तथा खोजले यसमा भन्सार, प्रहरी र प्रशासनकै मिलेमतो देखाउने गरेको छ । त्यसैले यस्ता गतिविधिमा संलग्नको जालो चिर्नका लागि पनि सरकारले कडाभन्दा कडा कारबाही गर्नु जरुरी छ । प्रहरी प्रशासनले चाडपर्वको बेलामा गर्ने तस्करी नियन्त्रणको काम औपचारिकमात्रै हो । ५० लाखको तस्करीको सामान पक्राउ हुँदा ५० करोडको माल तस्करी भैसकेको कुरालाई नजरअन्दाज गर्न सकिदैन् । भन्सारमा घरायसी प्रयोगका लागि दुई चारसयको सामान लिएर आउने उपभोक्तालाई सास्ती दिएर रातीमा चोरबाटोबाट लाखौंको सामान पास गराउने काम भैरहेको छ । दिउँसोमा हुने भन्सार जाँच केवल देखावटी मात्र हो भन्दा अत्युक्ति हुँदैन । तस्करी सिमावर्ती क्षेत्रको परम्परा बनिसकेको छ । अवको दिनमा तस्करी नियन्त्रण गरि सरकारको राजस्व बढाउने काममा जिल्लास्थित प्रशासन र सुरक्षा निकायको गंभीर ध्यानाकर्षण हुनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?