ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

‘कोट’ का एक्ला पुजारी

३ कार्तिक २०८१, शनिबार
३ कार्तिक २०८१, शनिबार

प्यूठान, ०३ कार्तिक ।
दर्जनौ कोट तथा शक्तिपीठहरू रहेको प्यूठानमा जातीय विभेद खेप्ने घटनाहरू घटिरहेका हुन्छन् । सामाजिक अपराधको रूपमा रहेको जातीय विभेदको सिकार कोटहरूको पुजाबाट पनि दलित समुदायले नभोगेको होइन । तर प्यूठानकै यस्तो ठाउँ छ जहाँ दलित मुख्य पुजारी र गैर दलित सहायक पुजारी भएर मन्दिरको पुजा विधि धानिदैं आएको छ ।
प्यूठानको ऐरावती गाउँपालिका– ३ जावुनेदह स्थित आलमदेवी भगवतीको मन्दिरमा मुख्य पुजारी कामी अर्थात दलित समुदायका छन् भने सहायकमा ब्राम्हण र घर्तिमगरले करिव ७ दशक देखि आलमदेवीको पुजापाठ गर्दै आएका छन् ।
अहिले पनि देशका कतिपय ठाउँमा दलितहरूलाई अछुत भन्दै मन्दिर दर्शनमा रोक लगाईन्छ । पानी र खानेकुरा छोएको निहुँमा हुने कुटपिट र दुव्र्यवहारका नमिठा समाचार आइरहन्छन । तर यहा अन्य जातजातिका मानिसहरू आस्थापूर्वक पूजाआजाका लागि जाने गरेका छन् । दर्शनार्थीहरूले दलित पुजारीले दिएको फूल, प्रसाद र टीका खुसीले ग्रहण गर्छन ।

आशीर्वाद लिन्छन् । दलित र गैरदलित पुजारी मिलेर पुजाको विधि पु¥याउँछन् । जहाँ कुनै जातीय भेदभाव र छुवाछूत छैन ।
मन्दिरका मुख्य पुजारी रहेका रबिन सुनारले दलित भनेर आफूलाई आजसम्म कसैले पनि नराम्रो व्यवहार नगरेको बताए । उनले भने,‘मलाई सबैले पुजारी भनेर सम्मान गर्नुभएको छ । सबैले मेरै हातबाट टीका–प्रसादी ग्रहण गर्नुहुन्छ ।’
यो मन्दिरमा दशैंको प्रत्येक कोजाग्रत पूर्णीमाको दिन ठुलो मेला लाग्ने गर्दछ । यस मन्दिरमा २०१७ साल देखि नियमित दलित मुख्य पुजारी भएर पुजा गर्दै आएको पुजा व्यवस्थापन समितिका सल्लाहकार लिलामणी सुनारले जानकारी दिए ।
उनका अनुसार यहाँ कोजाग्रत पूर्णीमाको दिन बिहानै देखि होम गरी पुजाआजा गरिन्छ । दिउसो परेवा उडाउनुका साथै बोका, राँगाको बलि दिने गरिन्छ । यसरी आलमदेवीको पुजा गरेर देवीलाई खुशी पारेपछि तरबार (सराय) नाच्ने चलन रहेको सुनारले बताए ।
यो कोटमा पहिलेदेखी नै कामीहरूले देवता निकाल्ने र राख्ने चलन छ । दसैंमा सराय खेल्ने तथा चवर (चौरी गाईको पुच्छर) नचाउने गर्दछन ।
२०१७ सालभन्दा अगाडि तुलबहादुर कामी पुजारी रहेको देखिन्छ । त्यस यता डोरबहादुर कामी पुजारी थिए । २०७७ सालमा उनको निधनपछि छोरा रबिन सुनारले मुख्य पुजारीको काम गर्दै आएका छन् । कामी मुख्य पुजारी भए पनि बाहुन र मगर जातीबाट सहायक पुजारी छन् । हाल सालिकराम शर्मा र डम्बरबहादुर घर्ती मगर सहायक पुजारी छन् । पहिले त्यो कोटमा कुन जातिले राज्य गर्दथे भन्ने एकिन जानकारी छैन ।
प्युठानका ३८ ओटा कोटमध्ये कामी अर्थात दलित समुदायको पुजारी भएको यो मात्र एउटा कोट हो ।
ऐरावती गाउँपालिका–३ का वडाअध्यक्ष पदम जि.सी.ले गाउँका सबैले दलित पुजारीलाई माया र सम्मान गर्ने गरेको बताए । उनले भने,‘यो धार्मिक सहिष्णुताको नमूना मन्दिर हो, यहाँ दलित र गैर दलितबीच कुनै पनि विभेद हुँदैन ।’
आलमदेवी मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । जिल्लाका विभिन्न ठाउँबाट यो मदिर दर्शन गर्न आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?