© २०२३
नवलपुर, २ कात्तिक ।
पुर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भनामा घाँस काट्न गएका विनय त्रिवेणी गाउँपालिका–१ लक्ष्मीटाँडीका ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको हो ।
तीन्चुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए । छिमेकीसँग घाँस काट्न जाँदा बाघले आक्रमण गरेको सूचना पाएपछि खोजीका क्रममा थिङ्लाई मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक साहले जानकारी दिए ।