ट्रेंडिंग:

>> सवारी प्रदूषण नियन्त्रण गर्न नेपालले लागू गर्‍यो युरो ५ र ६ मापदण्ड >> रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख  >> डेंगु नियन्त्रण प्रभावकारी बनाउनु पर्छ: सांसद पौडेल >> टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन >> बालेन र प्रशासकीय अधिकृतबीचको द्वन्द्वले बजेट अन्योलमा >> अर्थमन्त्री पौडेलको संसदमा स्पष्टोक्ति: ‘टेक एन्ड पे’ हटाइयो >> शिवराजको १ अर्ब ३४ करोडको बजेट: शिक्षा र विकासलाई प्राथमिकता >> प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जना विरुद्ध अदालतमा मुद्दा >> रोटरी बुटवलद्धारा ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण >> यूएईमा अब नेपाली श्रमिकको तलब १ हजार दिरामभन्दा कम नहुने >> अवहेलना मुद्दामा विशेष अदालतको अहिलेसम्मकै ठूलो इजलास गठन >> भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय >> प्रधानमन्त्री कार्यालयमा चौरसियाविरुद्ध अनुसन्धानको माग >> सरकारी गाडीको रहस्यमय दुर्घटना : पूर्व प्रशासकीय अधिकृतलाई छोडेर फर्किदा के भयो ? >> नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक >> कोरोना संक्रमित महिलाको विराटनगरमा निधन >> देशमा ११.६ प्रतिशत बेरोजगारी रहेको मन्त्री भण्डारीको खुलासा >> भिजिट भिसा प्रकरण: समितिलाई ९ वटा कार्यादेश तोकियो >> उच्चस्तरीय छानबिन समिति बनाएकोमा माओवादीले दियो सरकारलाई धन्यवाद >> ट्रम्पद्वारा इरान–इजरायल युद्धविरामको घोषणा >> सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घट्यो >> रास्वपा सांसद गृहमन्त्रीको सम्बोधन सुन्न तयार >> एसीसी पुरुष यू–१६ मा नेपालको लगातार दोस्रो जित, जापान ९ विकेटले पराजित >> शुभम् खनालको घातक बलिङमा जापान ८० रनमा अलआउट >> भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति गठन >> सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति >> बालुवाटारमा सत्तारूढ दलको बैठक जारी >> हरियालीबाट समृद्धितर्फः बाँकेमा चक्ला वनको प्रेरणादायी यात्रा >> ‘हिंसा र विभेदमुक्त बाणगंगा बनाउने योजना’ >> दोस्रो स्मृति कपको संयुक्त उपाधि वडा नं. २ र ९ लाई  >> समावेशी शिक्षा कार्यान्वयनमै चुनौति >> पालिकाहरूको नीति कार्यक्रम र बजेट >> आत्मनिर्भरताको उज्यालोले  खुसी थप्दै विजयनगर >> बजेटको साइड इफेक्टः प्रदेश मन्त्रीलाई काँग्रेसको जिल्ला निषेध  >> जमुनहा–हर्रे डाँडा सडक: पक्की सडकमा ‘टालोले टालटुल’ >> मनसुनी वायुको प्रभाव देशभर, यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना >> एसीसी पुरुष यू–१६ इस्ट जोन कप: आज नेपाल र जापान भिड्दै >> विभेदकारी बजेट, उपेक्षित सांसदहरूः सरकार हाम्रा योजना खोई ? >> एनसिसि क्याडेटलाई प्रेरणादायी प्रवचन >> बुटवल उपमहानगरको बजेट ३ अर्ब ३६ करोड >> लुम्बिनी बजेट : भौतिक पूर्वाधार मन्त्री ढकालले पारे आफ्नै वडामा ६ करोड >> पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर >> कर्णालीको बजेट विवादमा >> चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी असार १५ देखि बन्द हुने >> जसपाले सरकारलाई समर्थन फिर्ता लिन सक्ने तयारी >> साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा >> सेयर बजार ४ अंकले बढ्यो >> राष्ट्रिय योजना आयोग उपाध्यक्ष र बेलायती राजदूतबीच भेटवार्ता >> भारतका पूर्व उपराष्ट्रपति नायडूसँग रास्वपाका सांसदद्वयको भेट >> नेपालमा ओमिक्रोनका पाँच नयाँ सब-भेरिएन्ट पुष्टि

आज महाअष्टमी र महानवमी पर्व मनाइँदै

२५ आश्विन २०८१, शुक्रबार
२५ आश्विन २०८१, शुक्रबार

काठमाडौँ ।

बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

तिथिअनुसार बडादसैँको अष्टमी र नवमी पर्व आज एकैदिन परेको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।

पौराणिक कथाअनुसार महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन्। त्यो शब्द भगवतीलाई मन परेनछ।

अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख छ। महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो।

दोस्रो दिन असोज १८ गते शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन असोज १९ गते शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन चौथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन पनि सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजा आराधना गरिएको हो।

यस वर्ष नवरात्रको छैटौँ दिन परेको आश्विन शुक्ल पञ्चमीका अवसरमा मङ्गलबार स्कन्दमाताको पूजा आराधना गरिएको थियो। आश्विन शुक्ल षष्ठीका दिन बुधबार कात्यायनी देवीको पूजा आराधना गरियो। आश्विन शुक्ल सप्तमीका दिन बिहीबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो। यसै दिन दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो।

आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन्।

दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ। नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ।

त्यसैगरी आजै महानवमी पर्व पनि मनाइँदै। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई बिशेष महत्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ।

यसैबीच हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ। मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काउने प्रचलन छ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?