ट्रेंडिंग:

>> नेपाल सम्वत ११४५ को पूर्वसन्ध्यामा मोटरसाईकल रयाली >> ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु >> जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिनाको जेल सजाय >> एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन >> कमला ह्यारिसको र्यालीमा प्रसिद्ध गायिका लोपेज पनि सहभागी >> नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा >> बंगलादेशमा हसिनाको दल अवामी लिगको केन्द्रीय कार्यलय तोडफोडपछि आगजनी >> दुखाई कम गर्ने पेनकिलरले बढाउदैछन् दुख ! >> स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो >> भैरहवा उडान गर्ने सर्तमा थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा >> किन मनाइन्छ तिहार ? >> लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १६०२ मेगावाट, २५३ मेगावाट भारतर्फ निर्यात >> हङकङ सिक्सेसमा आज नेपालले इङल्याण्डविरुद्ध खेल्दै >> माैसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> आज तिहारको कुनै पर्व छैन: पञ्चाङ्ग निर्णायक समिति >> प्रजापति र कुमाल समुदायलाई माटाका सामग्री बनाउन र बेच्न भ्याईनभ्याई >> शिक्षण पेसासँगै फूल खेतीमा रमाउँदै >> सर्भरमा समस्या आउँदा डिस्चार्ज भएका बिरामी अस्पतालमै  >> देवकोटा जयन्ती तथा प्रतिभा संगम कार्यक्रम >> फोहोर बोक्ने ट्रक चढेर ट्रम्पको चुनावी र्याली >> नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ- प्रचण्ड >> आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ? >> कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुना मुक्त >> नेपाल सम्वत ११४५ को स्वागतमा बुटवलमा विविध कार्यक्रम हुने >> अवैध लागूऔषध सहित पाँच जना पक्राउ >> मुम्बई इण्डियन्सले रिटेन गर्यो पाँच खेलाडी >> बंगलादेशविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाको क्लीन स्वीप >> तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ? >> साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ >> विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुदै >> रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने >> साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा >> उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण >> स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो >> अर्जुन कपुरले गरे मलाइकासँग ब्रेकअपको पुष्टि >> सरकारी अस्पतालमा बालबालिका जन्मिनासाथ अपांगतासहित चार स्वास्थ्य परीक्षण अनिवार्य >> निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको आरोपबाट सफाई >> उज्यालो र झिलिमिली बत्तीको चाड तिहार >> प्लाष्टिक माला : नगरमा बन्द, गाउँमा खुला >> सुनको मुल्यमा आजपनि नयाँ किर्तिमान, तोलाको एक लाख ७१ हजार >> म्यानमारका संस्कृतिमन्त्री लुम्बिनी भ्रमणमा >> हिरो मोटरसाईकल किन्दा ५ लाख उपहार >> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै

अनुगमनसँगै महड्डी नियन्त्रण गर

२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार

जब जब नेपालीहरूको महत्वपूर्ण चाड दशैं र तिहार नजिक आउँछन, बजारमा महंगीको भयावह अवस्था सुरु हुन्छ । त्यो हरेक बर्ष निरन्तर हुन्छ । यो बर्षपनि त्यही भएको छ । उपभोक्ता किनमेलका लागि बजार जान सक्ने अवस्था छैन । तरकारीदेखि दैनिक खाद्यान्नमा महंगीले सिमा नाघेको छ । पछिल्लोसमय उपभोग्य बस्तुको मूल्यमा चमत्कारीकरूपमा बृद्धि भएको छ । बजारमा उपभोक्ता जानै नसक्ने अवस्था आएपछि सरकारी संयन्त्रले बजार अनुगमन सुरु गरेका छन् । सवैलाई थााहा भएकै कुरा हो – यस्ता अनुगमन मौसमी हुन । केवल औपचारिकताका लागि गरिने अनुगमनबाट जनतालाई कुनै प्रकारको राहत हुने अवस्था छैन् । जहिलेपनि र जहाँपनि उपभोक्ता नै ठगिने अवस्था कायमै छ । अहिले रूपन्देहीका पालिकाहरूले बजार अनुगमनको बाढी नै ल्याएका छन । पालिकाहरूले गर्ने अनुगमन प्रभावकारी भएन भन्दा पनि महंगी नियन्त्रणतर्फ पालिकाहरूको ध्यान गएको छैन ।

केवल अनुगमन गर्ने, सामानको मिति हेर्ने र मिति सकिएको भए मिति सकिएको छ भनेर पसलेलाई जानकारी दिने बाहेक अनुगमनले परिणाम दिन सकेको छैन् । बजार अनुगमन गर्दैमा मूल्य कम हुने होइन् । अर्कोतर्फ यही बेला वाणिज्य विभागले बजार अनुगमन गर्न थालेको समाचार आउने गर्दछ । जेहोस बर्षमा एकपटक भएपनि बाणिज्य विभाग र पालिकाहरूले बजार अनुगमन गर्ने गरेका छन र अनुगमनको औपचारिकता पूरा गर्दै आएका छन् । बजारमा अहिले म्याद नाघेका, मूल्य सूचि उल्लेख नभएका तथा मिसावट भएका खाद्य सामाग्रीको बिगबिगीले सिमा नाघेको छ । बुटवल उपमहानगरपालिकाले गरेको अनुगमनमा उपभोक्ताको स्वास्थ्यमाथि हानी पु¥याउने गरी सामाग्रीहरूको खुलारूपमा विक्री वितरण भैरहेको भेटिएको छ । सरकार भने उपभोक्ता अधिकारमाथि गंभीरूपमा खेलवाड हुँदा पनि मूकदर्शक बनिरहेको छ । अनुगमन हुँदा पनि सुधारको अवस्था देखिएको छैन् । बरु बजारमा झनै बिकृति बढेको छ । उदाहरणकै रूपमा गत सातामात्रै बुटवलका मासु पसलमा गरिएको अनुगमनमा दुर्गन्धित मासु फेला प¥यो । अधिकांश मासु पसल फोहर र खसीको भनेर अरू प्रकारका मासु विक्री गर्ने गरेको पाइयो । बुटवल उपमहानगरपालिकाले गरेको अनुगमनमा उपभोक्तामाथि गंभीर खेलवाड भएको देखिएको छ । त्यसो त नेपालमा खाद्यवस्तुमा धेरै–थोरै मिसावट हुनु र म्याद गुज्रिएका वस्तु पाइनु नौलो कुरा होइन् ।

जहाँबाट भएपनि उपभोक्तामाथि शोषण, दमन र उत्पीडनका काम भैरहेका छन् । यतिसम्मकी नाम चलेका कम्पनीबाट उत्पादित वस्तु तथा सामग्रीको अवस्था पनि त्यही छ । विक्री नहुँदा गोदाममा थन्किएका बस्तुको रिपेकेजिङ गर्ने र अर्को मिति राखेर बजारमा पठाउने काम रोखिएको छैन् । प्याकेटमा बन्द खाद्यबस्तुको समस्या सवैभन्दा बढी छ । अनुगमनका क्रममा पानी, दुध, दुग्धजन्य पदार्थ, माछा–मासु, चामल, दाल, खाने तेल, पास्ता, दालमोठ, भुजिया, चाउचाउ, बिस्कुट, चक्लेट, मिठाइ र मिठाइजन्य पदार्थ, चियापत्ती, कफी, पेय पदार्थ, मदिरासहित विभिन्न प्रकारका ड्राइफुड खानयोग्य नभएको, मिसावटको मात्रा अधिक रहेको, गुणस्तरको नामोनिसान नरहेको पाइनुले वास्तवमा उपभोक्ताको स्वास्थ्यमाथि हरेक क्षेत्रबाट प्रहार भैरहेको बुझ्न सकिन्छ । अर्को विडम्वना के छ भने कतिपय अवस्थामा अनुगमन टोलीले पूर्वसूचना दिएका आधारमा समेत विक्रेताले त्यस्ता वस्तु गायव गरेको समेत तथ्य प्रमाणित भएको छ । अतः अनुगमन प्रभावकारी हुन नसकेको अवस्थामा मूल्य सूचिको बिषयमा पनि अनुगमनकर्ताले ध्यान दिनु जरुरी छ । उपभोक्ता चर्को महंगीबाट आक्रान्त छन् । बढी मूल्य लिएर सामान विक्री भैरहेको छ तर त्यसतर्फ अनुगमनकर्ताको ध्यान गएको छैन । केवल पुरानो मिति हेरेरमात्र अनुगमन हुँदैन । यो बिषयमा सम्वन्धित निकायले चासो दिनु जरुरी छ । उपभोक्तालाई राहत दिने हो भने अहिले अनुगमनसंगै अस्वाभाविक रूपमा बृद्धि गरिएको उपभोग्य बस्तुको मूल्य नियन्त्रणको काम गरियोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?