ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

बिपदले छिनेको दशैंको रौनक

२१ आश्विन २०८१, सोमबार
२१ आश्विन २०८१, सोमबार

असोज ११ र १२ गते परेको भीषण बर्षापछि गएको बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २ सय ४० माथि पुगेको छ । दशैंको पूर्व सन्ध्यामा भएको प्राकृतिक विपदका कारण यतिबेला दशैंको रौनक गुमेको छ । देश बिपदमा परेको अवस्थामा यो बर्षको दशैं त्यसैपनि खल्लो हुने देखिएको छ । सरकारले १४ बढी पालिकालाई बिपद प्रभावित पालिका घोषणा गरेको छ । बाढी प्रभावितहरू घर फर्किने अवस्था छैन । महेन्द्र राजमार्ग मात्रै होइन देशका अधिकांश मार्गमा सडक संचालनको अवस्था छैन । दशैं मान्न घर फर्किने जुन उल्लास विगतमा हुन्थ्यो, त्यो अहिले कतै देखिएको छैन । सवैतिर उही निरासा छ । विदेशबाट फर्किएकाहरू पनि आर्थिक अभाव र तनावकै कुरा गर्छन । सायद महंगी बढेकोले हुनसक्छ, बजारमा खरिददारीको रौनक पनि छैन । मुलुकको आर्थिक विकास र सम्मृद्धिको आधारमाथि तुषारापात भैरहेको छ । देश आर्थिक हिसावले जर्जर छ । ठिक यही बेला यो बर्षको दशैंलाई बिपदले चुर्लुम्मै निलेको छ । सरकारले देशका विभिन्न स्थानमा संचालन गरेको दशैं सस्तो पसलमा उपभोक्ताको कुनै भीड छैन । उपभोक्ताको चहलपहल बजारमा समेत छैन । जसका कारण मुलुकमा दशैं आएपनि दशैंको रौनक छैन । यो बर्षको दशैं उजाड उजाड हुने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । दशैंलाई रौनकमय बनाउन आवश्यक आर्थिक पाटो कमजोर हुँदा त्यसको असर सम्पूर्ण क्षेत्रमा परिरहेको छ । त्यसमाथि बिपद थपिँदा गाउँ सहर सवैतिर उही सन्नाटा, बिपदका दुःखद खबर र नैराश्यता मात्रै छ । दशैं मान्न घर फर्किनेहरू सकुशल घर फर्किने अवस्था छैन । बुटवल नारायणगढ सडक र काठमाण्डौं नारायणगढ सडकको अवस्था देख्दा यात्रुहरू घर फर्किनुभन्दा यो बर्ष बरु दशैं नमान्ने निर्णयमा पुग्नुपर्ने अवस्था छ । कतिबेला सडक भासिने हो वा सडकमाथिबाट पहिरो आएर च्याप्ने हो कुनै निश्चित छैन । मुलुकको अवस्था बाढी पहिरोका कारण विकराल बनिरहँदा दशैंले रौनक ल्याउन नसक्नु स्वाभाविक हो ।

दशैंको पूर्व सन्ध्यामा अर्थशास्त्रीहरूले पछिल्लो समय गरेको तर्कले आम जनताको ध्यान तानेको छ । जबसम्म मुलुकको आर्थिक अवस्थामा सुधार वा परिवर्तन हुँदैन, तबसम्म देशको अवयवहरू चलायमान हुन सक्दैन । अर्थशास्त्रीहरूको यो तर्कमाथि प्रश्न उठाउने अवस्था छैन । निश्चितरूपमा देशको आर्थिक अवस्था अहिले भनेजस्तो गरि सुधारको दिशामा गैरहेको छैन । केही समय पहिले देशमा आर्थिक पुनर्जागरणको युग सुरु भएको हो कि भन्ने भान परेको थियो तर बाढी पहिरोको बिपदको ताण्डबले ती सवै सपनामा परिणत भए । अव सडक र पूर्वाधार पुनर्निर्माणमा २५ अर्ब बढी रूपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ । यो मुलुकको आर्थिक अवस्था सुधारमा अर्को दरार हो । अर्कोतर्फ राजनीतिक अस्थिरतासँगै फेरबदल हुने सरकारको नेतृत्वले सरकारको नीति तथा कार्यक्रममा मात्र प्रभाव नपारी यसले हाम्रो समग्र आर्थिक, सामाजिक तथा अन्तर्राष्ट्रिय नीतिहरूमा प्रभाव पार्दै आएको सर्वविदीत छ । जसले मुलुकको समग्र विकास प्रक्रिया तथा सेवा प्रवाहलाई जनमुखी, मितव्ययी र प्रभावकारी बनाउने विषयमा चुनौती थपेको छ । सत्ता र शक्तिका लागि मुलुकलाई अस्थिरतामा धकेलिरहने हाम्रो वर्षौंदेखिको राजनीतिक परम्पराले नागरिकको राजनीतिप्रतिको विश्वास टुटाउँदै लगेको छ । जसका कारण मुलुकमा सांस्कृतिक बिचलनको अवस्था आउने गरेको अहिलेको दशंैको अवस्थाले पनि चरितार्थ गरिदिएको छ । जेहोस यो बर्षको दशैं हाम्रो घर आँगनमा आईपुगेको छ । सकि नसकि भएपनि आफ्नो घर जाने र दशैंमा मान्यजनको हातको टिका थाप्ने परम्परा बचाउने जिम्मेवारी बाढी पहिरोको दुःख, पीडा र बेदनाको बीचमा हामी नेपालीमाथि आईपरेको छ । बिपत्तिको बीचमा पनि आफ्नो संस्कृति र परम्परा धान्नेतर्फ हामी सवैको ऐक्यबद्धता भने आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 100%

admission