© २०२३
प्यूठान, १९ असोज ।
वित्तिय संस्थाहरुले समाजमा आतङ्क मच्चाएको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टी(बहुमत)ले कारबाही गर्ने चेतावनी दिएको छ । शनिबार जुम्रीमा भएको वित्तिय आतङका विरुद्धका कार्यक्रम घोषणा गर्न पत्रकार भेटघाट कार्यक्रम गर्दै सो कुरा बताएको हो ।
नेकपा(बहुमत)को व्युरो सदस्य सेरु नकबक (सजक)ले व्याजदरमा एक अंकमा र स्थिर हुनु पर्ने, कुनै पनि चलअचल सम्पत्ति लिलाम गर्न नपाइने, विगतमा भएका लिलाम खारेज गर्नुपर्ने मूख्य माग रहेको जानकारी दिए । ‘पिरामिडको पिँधमा भएका जनतालाई वित्तिय संस्थाले डुवाएका छन्’ सजकले भने,‘ वित्तिय सुशासनमा सशक्तिकरण नगरी ऋण परिचालन नगर्दा जनताको विचल्ली भएको छ ।’जनताको निक्षेपमा कर्पोरेट हाउसले रजाइ गर्ने र राज्यले जनतालाई रुवाएर रमिते बन्ने प्रवृत्ति देखा परेको उनको आरोप छ ।
बहुमतले यहि कात्र्तिक १ गतेको अल्टिमेटम (समयसीमा) दिएको छ । सजकले समय सीमामा बहुमतको अनुरोधात्मक निर्देशन नमाने कारबाही गर्ने चेतावनी समेत दिए ।
बहुमतले जिल्ला प्रशासन कार्यालय र वित्तिय संस्थाका कार्यालयहरुमा आफ्ना माग सहितको अनुरोधात्मक निर्देशन पत्र पठाएको जनाएको छ । उसले प्रशासनलाई समाजमा सुशासन कायम गर्न गुणस्तरीय उपभोग्य बस्तु, कालोबजारी नियन्त्रण, दुषित मनसायका चेक तथा तमसुक खारेज, सरकारी कर्मचारीलाई अनिवार्य स्वेदशी उत्पादन प्रयोग गर्ने नीति, मदिरापान र जुवातास जस्ता सामाजिक हिंसामा कडाई गर्नुपर्ने माग राखेर लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ज्ञापन पत्र बुझाइएको समेत जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी