© २०२३
संसारका सभ्यता नदी किनारबाट नै आरम्भ भएको पाइन्छ । नदीलाई मानवले जीवनको आधारस्थल बनाएका छन् । सृष्टिको आदिकालदेखि नै नदीको विशेष महत्व र चर्चा गरेको पाइन्छ । अध्यात्मको केन्द्रका रूपमा नदीले मुख्य भूमिका उत्तिकै छ । नदीसँगै मानव जीवनको पनि आधारस्थल तय भएको कुरा इतिहास र वर्तमानले दर्शाएका छन् । सिन्धु घाँटीको सभ्यता सिन्धु नदीको किनारबाट आरम्भ भएको हो । आजको हिन्दू सभ्यता पनि यही सिन्धु नदीको किनारबाट आरम्भ भएको मानिन्छ । त्यसैगरी मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ । नदीद्वारा विकसित मिश्रको सभ्यता, यलो नदीले विकसित गरेको चीनको सभ्यता, युफ्रेटस र टिग्रिस नदीले बनाएको मेसोपोटासियाको सभ्यता, सिन्ध नदीले बनाएको भारतीय सभ्यता नदी । यसैगरी संसारका कैयौँ महत्वपूर्ण सहरहरू नदी किनारामा अवस्थित छन् । अस्ट्रियाको भियना (डेन्युबनदी), इराकको बग्दाद (टिग्रिस), इटालीको रोम (टिवर), रूसको मस्को (मस्कभर), जर्मनीको कोलन (राइन), इजिप्टको अलिकाइरो (नाइल), चीनको सङ्घाई (याङ्त्जी), भारतको नयाँदिल्ली (यमुना) अस्टे«लियाको सिड्नी (डारलिङ्ग) आदि ।
नेपालमा पनि ठूला साना नदी किनारामा अनगिन्ती बस्ती तथा सहरहरू रहेका छन् ।हिमाल, पहाडा, भित्रीमधेश होस् या तराइ नै । नदी किनारामा रहेका केही नेपाली बस्तीहरूमा सिञ्जा नदी (सिञ्जा उपत्यका, जुम्ला), बबई (बर्दिया), रोहिणी (कपिलवस्तु÷रूपन्देही), तिनाउ (बुटवल), मादी (दमौली), त्रिशूली (देवीघाट), नारायणी÷सप्तगण्डकी (चितवन), बागमती (काठमाडौँ, ललितपुर), सुनसरी (इनरुवा) राप्ती (दाङ) । यसैगरी पछिल्लो समय नदीका किनारमा सानाबजार र गाउँ पनि विकास भइरहेका छन् । नदी छेउमा समथर जमिन रहदा बस्तीको विकास नदीकै किनारमा जोड गरेको देखिन्छ । खेतीयोग्यजमिनलाई खेतीमै छाडेर खेती नहुने उच्च ठाउँमा बस्ती बस्ने पुरानो परम्परा अहिले हट्दै गएको छ । यो नयाँ विकासको मोडेलले खेती योग्य जमिन मासिदै पनि छ ।
पछिल्ला वर्षहरूका प्राकृतिक विपत्ती हेर्ने हो भने सिन्धुपाल्चोकको मेलम्चीमा निम्तिएको विपत्ती होस् या यो वर्षकै सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेमा हिमताल विष्फोटबाट आएको विपत्ती । नदी र खोला किनारका बस्तीमै क्षति पु¥याएको छ । थामे जलाधारमा रहेका विभिन्न ५ हिमतालहरूको सेटलाईट तस्बिर तथा घट्ना अगाडि र पछिको भूबनोटमा आएको परिवर्तनको अध्ययन गर्दा माथिल्लो हिमताल १ को प्राकृतिक बाँधभन्दा तलबाट हिमताल २ (हाल विष्फोट भएको हिमताल) हुँदै थामेसम्मको क्षेत्रमा उल्लेख्य भू–हलचल भएको देखिएको छ । हिमताल १ को प्राकृतिक बाँधभन्दा तल र हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा अचानक आएको भू–परिवर्तन नै हिमताल २ विष्फोटनको मुख्य कारण रहेको र त्यसले बाढीको रूप लिदाखोला छेउका बस्तीमा क्षतिपुगेको छ ।
नीतिगत रूपमा हेर्ने हो भने शहरी विकास मन्त्रालय केन्द्रीय तहको नीतिनिर्माण गर्ने निकाय हो । मन्त्रालयले पूर्वाधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दर शहर तथा वस्तीहरू निर्माणलाई दीर्घकालीन सोचको रूपमा राखेको छ । व्यवस्थित, सफा, पूर्वाधार तथा सेवा सुविधायुक्त, सुन्दर शहर तथा वस्तीहरूको विकास गर्ने, सबैका लागि सुरक्षित र किफायती आवास व्यवस्था गर्ने र सुरक्षित, सुविधायुक्त र आकर्षक भवनहरू निर्माण गर्ने गराउनमा मन्त्रालयको नीतिगत भूमिका रहेको छ । त्यसैगरी स्थानीय तहको पनि भूमीबर्गीकरण गर्नेदेखि नक्शापास र त्यस अनुसार काम भए नभएको हेर्ने जिम्मेवारी छ । यो जिम्मेवारीलाई अब नदी र खोला छेउमा बस्ती बसाउदा र पूर्वाधारको विकास गर्दा विपत्तिको जोखिमलाई पूर्व आंकलन गर्न जरुरी देखिएको छ । यो कुरामा ध्यान नदिइ नदी छेउ र डुवान क्षेत्रमा वस्ती विकास हुँदा धनको क्षती त हुन्छ नै मानिसको ज्यानको जोखिम पनि उत्तिकै रहन्छ । शुक्रवार र शनिवारमा नेपालमा भएको वर्षाले ल्याएको विपत्तीयसको जिउँदो उदाहरण हो । यो कुरामा तीन तहकै सरकारको ध्यान पुगोस् ।