ट्रेंडिंग:

>> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी >> स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भूभागको मौसम बदली >> लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न >> राईनो संरक्षण गोल्डकप फुटबल : फाईनलमा नेपाल एपिएफ र नमोबुद्ध भिड्ने >> नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने >> सल्यानमा मिनीट्रक दुर्घटना: तीन जनाको मृत्यु, ८ जना घाइते >> भाइटीकाको शुभ साइत सार्वजनिक >> उपाधिका लागि गुड मर्निङ र दोभान भिड्ने >> निमार्ण ब्यवसायीहरुलाई सिध्याएर देश बन्ने सोच राख्नु गलत हो । — वरिष्ठ उपाध्यक्ष लामा >> कटहरिया नगरपालिकामा पुनः तालाबन्दी >> आइपिएल टिम लखनउले केएल राहुललाई रिटेन नगर्ने ! >> प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरण >> नेप्से २७ अंकले बढ्यो, ५ अर्बको कारोबार >> भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट छ- गृहमन्त्री लेखक

प्युठानमा दुई घर भत्किए, ग्रामीण सडक सबै अवरुद्ध

१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

प्युठान, १२ असोज ।

प्युठानमा पानी चुहिएर २ घर भत्किएका छन् । गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक गरी दुई घर भत्किएको प्रहरी कार्यालयले जनाएको छ ।
बिहिबारदेखि निरन्तर आएको वर्षाका कारण घर चुहिएर भत्किएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिए । उनका अनुसार गौमुखी गाउँपालिका–३ कोरबाङका विष्णु सेन र स्वर्गद्वारी नगरपालिका–३ धापधाराका तेज बहादुर नेपालीको कच्ची घरमा पानी चुहिएर भत्किएको हो । पीडितहरुलाई उद्धार गरी आफन्तको घरमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय भिंग्रीको प्रहरी ड्यूटी बस्ने पोष्ट, पर्खाल र भरिएका हतियारहरु खाली गर्ने ठाउँ समेत भत्किएको छ ।

बर्षाका कारण पहिरो जाने, लेदो झर्ने हुँदा प्युठानको मुख्य सडक भालुबाङ–प्युठान सडक बाहेकका सडकहरु अवरुद्ध भएका छन् । लामो प्रयास पछि भालुबाङ–प्युठान सडक खण्डमा पर्ने गर्जेनी, सिमलचौर, खहरे लगायतका ठाउँबाट अवरोध खोलिएको हो । प्युठान–तिराम–घोराही सहित जिल्लाका बजारलाई जोड्ने सबै सडकहरु अवरुद्ध भएको सूचना अधिकारी के.सी.को भनाइ छ ।

जिल्ला भर नरोकिएकोले क्षति विवरण आउन सकेको छैन् । हाल उपलब्ध जानकारी अनुसार प्युठान नगरपालिका–१ खैरा स्थित झिमरुक मत्स्यपालन तथा एकिकृत कृषि फर्ममा बाढी पसी माछा बगाउँदा ५ लाँखको क्षती भएको छ ।

फर्ममा बढी पानी परेपछि ५ वटा पोखरीमा रहेको सबै माछा बगाएको फर्मका सञ्चालक भोज बहादुर बस्नेतले जानकारी दिए । सञ्चालक बस्नेतका अनुसार ५ वटा पोखरीमा रहेको सबै माछा बगाउँदा करिब ५ लाख बराबरको क्षति पु¥याएको हो । ५६ रोपनी क्षेत्रफलमा १० वटा पोखरी मध्ये ५ वटा पोखरी भत्काइदिएको छ । फर्ममा क्षति पु¥याइ दिएको भन्दै बस्नेतले नगरपालिकाको विपद व्यवस्थापनले समन्वय गरिदिन आग्रह गरेका छन् ।

सडक अवरुद्ध र वर्षा चलिरहेका कारण जिल्लामा क्षति विवरण आउन सकेको छैन । वर्षा रोकिएपछि वर्षाले गरेको क्षति गरेको विवरण आउने सूचना अधिकारीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?