© २०२३
नवलपुर, १२ असोज ।
पुर्वि नवलपरासीको पहाडि क्षेत्रमा पहिरोका कारण पहाडी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।
पहाडी क्षेत्रलाई जोड्ने मुख्य राजमार्गका रूपमा रहेको दलदले–धौवादी सडक खण्डको पाङग्रेमा बिहिलेखि लगातार परेको पानिका कारण ठुलो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
वर्षाका कारण सडक बिग्रिँदा नवलपुरका ग्रामीण सडकमा महिनौँसम्म सडक अवरुद्ध हुनुका साथै वर्षौं ठूला दुर्घटना हुने गरेका छन् । स्थानीय अमरसिंह बिकले पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण रहेकाले जोखिम मोलेर यात्रा गर्न बाध्य रहेको बताए । वर्षातको समयमा यस सडक भएर यात्रा गर्न असहज हुने गरेको बिकको भनाइ छ ।
सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ओसारपोसार गर्न साथै यस क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधन नियमित रुपमा आवतजावत गर्न कठिन भएको थियो । वर्षा हुने बितिकै पहिरो खस्दा प्रत्येक दिन यहाँका स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता छ । भित्तो काट्ने र ग्राभेल बिछ्याउने काम समेत चलिरहेकाले सानो पानी परेपछि सडक अवरुद्ध हुने गरेको छ ।
झण्डै डेढ दुई घण्टाको फरकमा गाडी छुट्ने कारणले गर्दा यात्रुको चाप बढी हुने र जीर्ण सडकका कारण यात्रुले कष्टपूर्णरुपमा ज्यानै जोखिममा राखेर यात्रा गर्नु परेको छ ।
सडक अवरुद्ध भएर सवारी चल्न नसक्दा यस क्षेत्रका देवचुली नगरपालिका देखि कुमसोत, पोखरी, राइकोट, बबक, रुचाङ्ग, नरम, डेडगाउँ, अर्खला, बुलिङ्गटार, धौबादी, डाडाझेरी, रकुवा, रुचाङ्ग, भारतीपुर, मिथुकरम लगायतका हजारौं नागरिक प्रभावित हुने गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी