ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

पाँच तलाको बन्दैछ प्यूठान अस्पताल

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

प्युठान, १० असोज ।
प्युठान अस्पतालको नयाँ सुविधा सम्पन्न भवनको निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको छ । विस्तृत परियोजना रिर्पोट अनुसार २९ करोड ३९ लाख ४८ हजार ३ सय ७८ रूपैयाँमा लाग्ने अनुमान गरिएको भवनको २१ करोड ३० लाख ५३ हजार ७ सय ६८ रूपैयाँको ठेक्का सम्झौता गरिएको छ ।
२०८३ जेठ ६ गते सम्पन्न गर्ने गरी ग्राण्ड डिजाइन कन्ट्रक्सन प्रा.लि. (नेपालगंज) ले ठेक्का लिएको शहरी बिकास तथा भवन कार्यालय दाङका इन्जिनियर मनोज नेपालीले जानकारी दिए । पर्याप्त भौतिक संरचनाको अभावमा सधै वेडको समस्या भइरहने प्यूठान अस्पतालमा सुबिधा सम्पन्न भवन निर्माण हुन लागेको हो । जमिनमुनि (अन्डर ग्राउण्ड) पार्किङ, लिफ्ट सहितको अपाङ्ग, बालमैत्रि, भूकम्प प्रतिरोधी ५ तले भवन निर्माण गर्न थालिएको उनले बताए ।

अस्पतालमा नयाँ सुबिधा सम्पन्न भवन निमास्ण पछि अस्पतालले दिने सेवामा सुधार हुने आशा रहेको स्थानीय नविन गौतमले बताए । ‘भौतिक पूर्वाधारको अभावमा बिरामीहरूलाई सास्ती छ’ उनले भने,‘ भवन निर्माणले सुधारको आशा देखाएको छ, यसलाई समयमै सम्पन्न गर्न सबै सरोकारवाला चनाखो हुनुपर्दछ ।’ जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर र भवन अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित भएको उनको भनाइ छ । कार्यालयका अनुसार हाल अस्पताल परिसरमा रहेका ८ वटा पूराना टहराहरू हटाएर सोही ठाउँमा ५५ हजार बर्गफिट क्षेत्रफलको ५ तल्ले भवन निर्माण हुने कार्यालयले जनाएको छ । हाल भवन निर्माण १५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर नेपालीले जानकारी दिए ।

एउटै भवनमा ५० शैया निर्माण भएपछि अन्य ११ वटा भवनहरूलाई आवास, क्यान्टिन, ओपिडी जाँच कक्षहरू निर्माणले विरामीलाई सहजता हुने विश्वास गरिएको छ । २०४३ सालदेखि १५ शैयाको सेवा दिन थालेको प्यूठान अस्पतालले हाल ५० शैय्याको सेवा प्रबाह गरिरहेको छ । ३१ रोपनी क्षेत्रफलका साना ठूला गरी १९ भवन संरचनाहरू रहेको अस्पतालमा पर्याप्त ठाउँ नहुँदा एकै कोठाबाट दुई विशेषज्ञले सेवा दिँदा विरामीले सांस्ती खेप्दै आएका छन् । बिभिन्न रोगका विशेषज्ञ चिकित्सक सहितको सेवा रहेको प्यूठान अस्पतालमा नयाँ भवन निर्माण भएपछि सघन (मेजर) सर्जन, आइसीयु, एनआइसीयु, भेन्टीलेटर, एचडियु, सीटी स्क्यान, डाइलाइसीस सेवा बिस्तारका लागि सहज हुने अस्पतालका निमित्त मेडिकल सुपरिडेन्डेन्ट राजेन्द्र पौडेलले बताए । साथै प्रर्याप्त पार्किङ, इमर्जेन्सी वाडको बिस्तार, बिशेषज्ञ अनुसारको बिभाग रहने छ । सेवा विस्तारसंगै विरामि रिफर गर्नुपर्ने बाध्यता पनि हट्ने उनको भनाई छ ।

प्यूठान अस्पतालमा, हार्ड जोर्नी तथा नसारोग, महिला तथा स्त्रीरोग, छालारोग, मनोरोग, फिजिसीयन, इन्टरनल मेडिसीन, रेडियोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट लगायतका बिशेषज्ञ सेवाहरू उपलब्ध रहेको प्यूठान अस्पतालका सूचना अधिकारी बिजय चन्दले जानकारी दिए । साथै २४ सै घण्टा आकस्मिक र प्रयोगशाला सेवा, ओपिडी, फार्मेसी, प्रसुती, ओसिएमसी सेवा प्रदान हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission