ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि
जनमुक्तिलाई समर्थनसंगै सत्ता गठबन्धनमा असन्तुष्टी :

‘भोट र छोरी दिनु उस्तै हो, गठबन्धन भन्दैमा दिइन्न’

१० कार्तिक २०७९, बिहीबार
१० कार्तिक २०७९, बिहीबार

बुटवल,१० कात्तिक । सत्ता गठबन्धनमा आवद्ध दलहरुले राष्ट्रिय जनमुक्ति पार्टीलाई विगतमा जातीय क्षेत्रीय राजनीति गरेको आरोप लगाउंथे । हुन पनि जनमुक्ति र गठबन्धनमा रहेका दलहरुबीच राजनैतिक, वैचारिक विषयमा धेरै असमानता छन् । तर रुपन्देही–२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि वाध्य भएर जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्न पुगेका छन् ।
गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी भएपछि गठबन्धन बिखलबन्दमा परेको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट पार्टी उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन् । अब यहां २०६४, २०७० र २०७४ को चुनाव लगातार जितेका पौडेलसंग गठबन्धनको समर्थन पाएका थापाको प्रतिस्पर्धा हुने छ ।
गठबन्धनले जनमुक्तिका उम्मेदवारलाई समर्थन गरेलगत्तै कांग्रेस निकट मतदाताहरुले असन्तुष्टी व्यक्त गर्न थालेका छन् ।
सामाजिक सञ्जालमा कांग्रेस निकट एकजनाले लेखेका छन्–‘भोट भन्ने चिज रिस र आवेगमा आएर दिने होइन,न कुनै नेताहरूको उर्दिबाट दिने हो । भोट दिनु र छोरी दिनु उस्तै हो । छोरी दिंदा गलत ब्यक्तिलाई दिए छोरीले दुख पाउंछन् । भोट दिंदा गलत ब्यक्तिलाई दिए देशको मात्र होइन यस क्षेत्रको बिकास पनि खत्तम हुन्छ। यस क्षेत्रको बिकासको लागि सांसद भएर मात्र केही हुनेवाला छैन । सांसद मात्र भए तलब भत्ता हसुर्ला तर हामी र हाम्रो क्षेत्र धेरै पछाडि जानेछ । तेसैले हाम्रो एक भोटले मन्त्री मात्र होइन, प्रधानमन्त्री बन्न सक्ने तागत भएको रोजौं । हिजोका तिता मीठा सबै भुलेर अगाडि बढ्नु पर्छ। यस क्षेत्रका ब्यक्ति प्रधानमन्त्री बन्न सक्ने खुबी भएको हुदा हुदै कहा संसद मात्र हुनेलाई भोट दिने रु म त मर्न परे नि दिन्न । पार्टी जुनसुकै होस् मलाई केही फरक पर्दैन ।’
यो भनाईको सार फरक पार्टी भएपनि भविष्यमा प्रधानमन्त्री हुने संभावना बोकेका एमाले उम्मेदवार विष्णु पौडेललाई भोट दिन्छु भन्ने हो ।

कांग्रेसकै एक युवा नेता नाम उल्लेख नगर्ने शर्तमा रुपन्देही २ मा जनमुक्तिलाई समर्थन गर्नुको उद्देश्य त्यो पार्टीका उम्मेदवारलाई जिताउन नभई रुपन्देही ३ मा जनमुक्तिको भोट आफूलाई तान्न  गृहमन्त्री बालकृष्ण खांणले गरेको चलाखी मात्रै भएको बताउंछन् ।

कांग्रेसकै अर्का युवा कार्यकर्ता लक्ष्मण गौतम लेख्छन्– ‘अस्ती अस्ती रुख भन्दै हिंडियो,अनि कलम भन भने,अब घर भन भन्दैछन् । मंसिर–४ मा कता ठोक्ने हो कुन्नी ? बिजोग छ । राजनीति कि लाजनीति ?? ’
यी त केही उदाहरण प्रतिनिधि पात्र मात्र हुन् । शीर्ष नेताको कोपभाजनमा परिन्छ भनेर कांग्रेसका धेरै नेता कार्यकर्ताहरु रुपन्देही २ अरु दललाई सुम्पेकोमा सन्तुष्ट छैनन् ।
रुपन्देही ३ मा जनमुक्तिको २–३ हजार भोट भएकाले त्यो भोट आफ्नो पोल्टामा पार्न गृहमन्त्री बालकृष्ण खांणले रुपन्देही–२ मा जनमुक्तिलाई समर्थन गर्ने भूमिका खेलेको राजनीतिक वृत्तमा चर्चा छ ।
२०७४ को चुनावमा एमाले र माओवादी गठबन्धन भएका बेला रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टी तेस्रो शक्ति भएको थियो । उक्त चुनावमा राष्ट्रिय जनमुक्तिका रुकबहादुर पुनले ३६ सय मत पाएका थिए । पौडेलले कांग्रेसका उम्मेदवार युवराज गिरीलाई पराजित गरेका थिए । त्यतिखेर पौडेलले ४४ हजार ९ मत ल्याउँदा गिरीले २१ हजार ९४५ मत ल्याएका थिए ।
दुईपटक अर्थमन्त्री, जलस्रोत, रक्षासहित उपप्रधानमन्त्रीको जिम्मेवारी पूरा गरिसकेका पौडेलसँग प्रतिस्पर्धी बनेका थापाले रुपन्देही–२ का प्रदेश सभाका दुबै क्षेत्र तथा १, ३ र ५ नंं क्षेत्रको प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई समर्थन गर्ने शर्तमा आफूलाई गठबन्धनले समर्थन गरेको थापाले बताए । रुपन्देही २ का प्रदेश सभामा सत्ता गठबन्धनबाट कांग्रेसका दीर्घबहादुर केसी र माओवादीका वामदेव क्षेत्री तथा एमालेबाट लिला गिरी र भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् ।
रुपन्देही २ का दुबै प्रदेश सभा र प्रतिनिधि सभाका १,३ र ५ नंं क्षेत्रका गठबन्धनका उम्मेदवारलाई जनमुक्तिले गठबन्धनलाई मत दिने शर्तमा आफूलाई समर्थन भएको थापाले बताए ।
यो क्षेत्रमा जनमुक्तिका थापासंगै केही साना पार्टी र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् । यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार छन् ।
थापालाई गठबन्धनको साथ भएपनि विचार सिद्धान्तमा धेरै असमानता र गठबन्धन दलहरु भित्रैको असन्तुष्टी र जनमुक्तिको प्रतिस्पर्धी जस्तै मानिने मंगोल नेशनल अर्गनाइजेसनका दीपक थापा, रुपसिंह थापामगर पनि जनजाति उम्मेदवार भएकाले उनीहरुको मत बांडिने देखिन्छ । त्यसको फाइदा एमालेका पौडेललाई हुने छ ।
नेकपा एमाले रुपन्देही २ निर्वाचन परिचालन कमिटी संयोजक पुर्व सांसद नेत्र पन्थी सत्ता गठबन्धनबाट जो सुकै उम्मेदवार अघि सारेपनि एमालेको जित सुनिश्चित भएको बताउंछन् । ‘यो क्षेत्रमा गठबन्धनको सबैभन्दा ठूलो दलको उम्मेदवार भएको भएपनि एमालेलाई फरक पर्नेथिएन’–पन्थीले भने–‘जनमुक्तिका उम्मेदवारसंग हाम्रो पार्टीको प्रतिस्पर्धा नै हुंदैन,एमालेले यो क्षेत्रमा गरेका विकास निर्माणका दर्जनौ योजना हेरेर जनताले निर्णय गर्छन् ।’
रुपन्देहीलाई विकासमा देशकै रोल मोडेल बनाउने पौडेलसंग कसैको तुलना नहुने पन्थी बताउंछन् ।
आफू बलियो भएको क्षेत्र कमजोर दललाई छाडेको भन्दै कांग्रेसका नेता कार्यकर्ताहरु यहां असन्तुष्ट छन् । अर्कोतर्फ विभिन्न दल छाडेर एमाले प्रवेश गर्ने क्रम निरन्तर चलेको छ । यसले गर्दा एमालेका पौडेलको जितलाई रोक्न गठबन्धनको साथ पाएका जनमुक्तिका उम्मेदवारलाई सजिलो चांही छैन । बुटवल उपमहानगरको १ देखि १३, सैनामैनाको १ देखि ४ र तिलोत्तमाको १ देखि ६ नम्बर गरी २३ वटा वडा पर्ने रुपन्देही–२ मा प्रदेशसभा ९क० तर्फ ६४ हजार ४५२ र ९ख० तर्फ ६४ हजार २२५ जना गरी १ लाख २८ हजार ६७७ मतदाता रहेका छन् ।
रूपन्देही २ मा पर्ने बुटवल, सैनामैना र तिलोत्तमाका २३ वडामा स्थानीय तह चुनावमा वडाअध्यक्षहरुले पाएको मत अनुसार कांग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, एकीकृत समाजवादीको १ हजार ३८२ र जसपाको १८३ हो । यो क्षेत्रमा राप्रपाले नेकपा एमाले उम्मेदवारलाई समर्थन गरेकाले दुई पार्टीको मत जोड्दा ३८ हजार ८७९ हुन्छ । यहां जनमुक्तिले जनमुक्ति वडास्तरमा २ हजार ७० मत पाएको छ, जुन सत्तारुढ गठबन्धन तर्फ जोड्दा ३९ हजार ८२७ पुग्छ, जुन एमाले–राप्रपा गठबन्धन भन्दा करिब एक हजार बढी हो ।
तर स्थानीय चुनाव यता सत्ता गठबन्धनमा आवद्ध दलका केन्द्रीय,प्रदेश र जिल्ला स्तरका एक हजार बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका र प्रवेशको क्रम चलेकाले सत्ता गठबन्धनले कुनै हालतमा पौडेललाई चुनौति दिन नसक्ने एमाले रुपन्देही २ का संयोजक बाबुराम पन्थी बताउंछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?