© २०२३
प्युठान, ०७ असोज ।
जिल्लामा पाँच आर्थिक वर्षको अवधिमा १ सय ५ जनाको सडक दुर्घटनमा परी ज्यान गएको छ । ५ वर्षको अवधिमा भएका १ सय २६ वटा दू्र्घटनाका घटनामा परी सो संख्याको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय, देविस्थानको तथ्याङ्क छ । आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०८०/०८१ को अवधिमा १ सय २६ दूर्घटनामा परी १ सय ५ जनाको मृत्यु, सामान्य र गम्भिर प्रकृतिको गरी २ सय ६४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख प्रहरी निरीक्षक शरद के.सी.ले जानकारी दिए ।
मृत्यु हुनेमा सबै भन्दा धेरै पुरुषको सङ्ख्या ६६ जना रहेको छ । महिला २० जना, १४ बालक र ५ बालिकाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्क छ । सबै भन्दा बढी २०७९/०८० मा सबै भन्दा बढी २९ जनाले ज्यान गुमाएका छन् ३३ वटा दुर्घटनामा ३८ वटा यातायातका साधनहरू दूर्घटनामा परेको के.सी.ले जानकारी दिए । ५ वर्षको अवधिमा ४९ वटा मोटरसाइकल, ३३ वटा जीप/कार, १९ वटा बस, १८ वटा ट्याक्टर, ९ वटा टिपर, ६ वटा टेम्पो, ३ वटा डोजर तथा स्काभेटर, २ वटा माइक्रो, २ वटा साना सवारी, एउटा ट्रक गरी १ सय ४२ वटा यातायातका साधन दूर्घटनामा परेका हुन् ।
जिल्ला २०४५ सालमा पूर्व–पश्चिम राजमार्गसंग जोडिएको थियो । भिंग्री–स्वर्गद्वारी सडक २०६४ सालमा निर्माण भएको हो । हाल जिल्लाका सबै गाउँ बस्तीहरू सडक सञ्जालमा जोडिएका छन् । चालकको लापरबाही, सडकको दूरवस्था, पूराना सवारी साधनको प्रयोगले जिल्लामा दूर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए । ‘पहिले स्वर्गद्वारी जाने सडकमा बढी दूर्घटना हुन्थ्यो भने पछिल्लो समयमा ग्रामीण सडकमा दूर्घटना बढी छ’ थापाले भने,‘क्षमता भन्दा बढी यात्रु, सडकको समस्या, गाडीको इञ्जिन लामो समय जाँच नगर्ने गरेको पाइएको छ ।’ मुख्यतः सडकको अवस्था र यातायातका साधन पक्षको लापरबाही मुख्य समस्या देखिन्छ ।
जिल्लाको मुख्य सडक तथा मुख्य सडकमा जोडिने सडकहरू खुलेको दशकौं वित्दापनि स्तरोन्नति नहुँदा नागरिकहरू ज्यान गुमाउनु परेको छ । सडक सुरक्षाका लागि सडक मर्मत, ट्राफिक सेफ्टी, खाल्डाखुल्डी पुर्ने लगायतका कार्य नगर्दा यातायात आवतजावत गर्न कठिनाई भइरहेको ३३ वर्ष देखि यातायात चालकको रूपमा काम गर्दै आएका विनोद बसेलको गुनासो छ । ‘कम अनुभवका चालकहरूले स्तरहीन सडकमा गाडी चलाउनु नै समस्या हो’ बसेलले भने । दूर्घटना न्यूनीकरणका लागि सडकको सुधारसंगै अनुभवी चालकहरूले चलाउने गरे मात्रै पनि कम हुने उनको धारणा छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी