ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

न्यायिक समितिलाई सम्झाउँदैमा ठिक्क

१२ भाद्र २०७५, मंगलवार
१२ भाद्र २०७५, मंगलवार

रूपन्देहीको कञ्चन गाउँपालिकाकी उपाध्यक्ष गोमा तरामु मगर न्यायिक समितिकी संयोजक हुन् । उनको काम धेरैजसो गाउँपालिकामा आयो मेलमिलाप समितिका मुद्दा हेर्देमा ठिक्क छ । अन्य काम भन्दा पनि बढि स्थानीयहरूको मुद्दा मामिलामा नै अधिकांस समय बित्ने गरेको उनी बताउँछन् । स्थानीयतह सञ्चालन कार्यविधि अनुसार उप प्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान रहेको छ । गाउँपालिकामा रहेको न्यायिक समितिमा मुद्दाहरू आउने क्रम बढेको छ । उनी भन्छिन्–‘अन्य काम भन्दा पनि समितिको काम सम्झाउँदै बुझाउँदैमा दिन जान्छ ।’ कतिपय मुद्दा गाउँपालिकाको अधिकार क्षेत्र संग सम्बन्धीत नभएको कारण प्रहरी/प्रशासनमा समेत सिफारिस गरिएको उनको भनाई छ । गत आर्थिक बर्षममा कुल ५१ वटा मुद्दा दर्ता भएकोमा गाउँपालिकाको १७ वटा मुद्दाको मेलमिलाप गरी सकेको छ भने ३ वटा मुद्दा गाउँपालिकामा अझै छन् । यस्तै ४ वटा मुद्दा दर्ता गरेपनि क्षेत्राधिकार बाहिरको भएको कारण वाँकी रहेको छ भने भने अन्य मुद्दा प्रक्रियामा रहेका छन् ।
उपाध्यक्ष तरामु भन्छिन्–‘अधिकांस मुद्दाहरू खासगरी साँध मिचेको, झै झगडा लगायतका विषयहरू हुने गरेका छन् । ’ उनी भन्छिन्–‘कतिपय त बहुविवाहको पनि मुद्दा आउने गरेको छ ।’ मेलमिलाप केन्द्रमा अधिकांस मुद्दाहरू मिलाएर सम्झौता गरी पठाउने गरिएको छ ।
सकारात्मक सन्देश प्रवाह भएको गाउँपालिका भएको कारण कतिपय मुद्दा मामिलामा प्रहरीकोमा जानुपर्ने बाध्यता टरेको छ । गाउँपालिका स्थापना नहुँदा सम्म स–सानो मुद्दा वा मनमुटाव भएमा पनि प्रहरीकोमा जानुपर्ने बाध्यता अहिले टरेको उपाध्यक्ष तरामुको भनाई रहेको छ । उनी भन्छिन्–‘गाउँपालिका स्थापना भएपछि यहाँ नै मुद्दा मामिला मिलापत्र हुने भएको कारण सहज भएको छ । ’ न्यायिक समितिले पनि २२ वटा मुद्दा मिलाएको गाउँपालिका उपाध्यक्ष तरामुको भनाई रहेको छ ।
जरिवाना समेत नलिने गरिएको कारणा मुद्दा मामिाला गर्ने व्याक्तिहरू पनि खुसी रहेका उनको भनाई रहेको छ । धेरै जसो मुद्दा मामिला मेलमिलाप बाट नै टुङ्गीने गरेका छन् भने केही बचेका न्यायिक समितिमा जाने गरेको छ । न्यायिक समितिमा जाने मुद्दाहरूलाई वकिल राखेर परामर्स लिई सोही प्रकृतिको कार्य अगाडी बढाइएको छ ।
यस्तै रूपन्देहीको देवदह नगरपालिकाकी उपाध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग न्यायिक समितिको स्थापना पछि धेरै सहज भएको बताउँछिन । स–सानो काममा पनि प्रहरीको धाई रहनुपर्ने वातावरणको अन्त्य भएको जानकारी दिँदै उनले यसबाट सबै जना खुसी रहेको बताउँछिन् । उनका अनुसार हाल सम्म ७६ वटा मुद्दा समितिमा दर्ता हुन आएका छन् । जुन गत बर्षको तथ्यांक हो । जसमा २२ वटा फछ्र्याैट भैसकेका छन् । १५ वटा मुद्दा वडा स्तरबाट नै समाधान गरिएको छ । देवदहमा गाउँपालिकामा सिधै आउने भन्दा पनि वडा स्तरबाट नै मुद्दाको प्रकृति हेरेर समाधान गरिने गरेको उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक विद्या लक्ष्मी गुरुङ्गले जानकारी दिइन् । उनका अनुसार ४ वटा मुद्दा अदालतमा समेत गएका छन् भने ५ वटा म्याद तामेलीमा रहेका छ । खासगरी न्यायिक समितिमा साँध मिचेका, झै झगडा, हेला गरेको लगायतका मुद्दाहरू आउने गरेका छन् ।

तस्वीर :गोमा तरामु मगर, उपाध्यक्ष कञ्चन गाउँपालिका रुपन्देही ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?