ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

ब्रिटिस ग्रामर स्कुलमा नमूना संसदीय अभ्यास

१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

रुपन्देही, १ असोज ।

विश्वमै शैक्षिक क्षेत्रको पर्यायवाचीका रुपमा परिचित ब्रिटिस एजुकेशन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमी) मा नमुना प्रतिनिधि सभा बैठक सम्पन्न भएको छ ।

संघ, प्रदेश तथा स्थानीय तहको सभा कसरी सञ्चालन हुन्छ र त्यहाँ कार्यविभाजन, नीति नियम, आचार संहिता, मर्यादा के कसरी व्यवस्थित गरिएको हुन्छ भन्ने देखाउने उद्देश्यले संघीय प्रतिनिधि सभाको नमुना बैठक सम्पन्न गरिएको हो ।

बैठकमा सरकार पक्षका दल र तिनका सांसद, विपक्षी दलका सांसदको बसाइ, संसदले उठाएका प्रश्न र तिनको सम्बन्धित मन्त्रालयका मन्त्रीमा सवालजवाफ तथा समग्रमा प्रधानमन्त्रीको सम्बोधनलाई समेत बैठकमा प्रस्तुत गरिएको थियो। बैठककमा राष्ट्रपतिको भूमिकामा प्रज्वल लिम्बू रहेका थिए भने बैठकको सञ्चालन सभामुख अशुमन ढकालले गरेको विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले बताए ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरुले शिक्षा , परराष्ट्र, वन तथा वातावरण, अर्थ, उद्योग, कृषि, महिला तथा बालबालिका, गृह लगायतका मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नहरु गम्भीरताका साथ उठाएका थिए भने सोसँग सम्बन्धित विषयको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएका थिए ।

समग्र विषयमा प्रधानमन्त्री अन्जना न्यौपानेले देशको अहिलेसम्मको अवस्था र अब जगाउन सकिने आशाका बारेमा प्रतिनिधि सभाका सदस्यलाई आश्वस्त पार्ने गरी जवाफ दिएको कार्यक्रम संयोजक महेन्द्र पौड्याल र सह संयोजक राधिका शर्माले जानकारी दिए ।

मोफसलमा एक मात्रै प्रोग्रेसिभ शिक्षण पद्धति सञ्चालन गरेको ब्रिटिश ग्रामर स्कुलले नेपाली भाषामा सामाजिक विषय विद्यार्थीले कठिन मानिरहेको अवस्थामा यसरी व्यावहारिक रुपमा सिकाइ गर्दा पठनपाठन सहज, सरल हुने र यसको समग्र छाप विद्यार्थीको मस्तिष्कमा पर्ने गर्दछ । देशको संसद चलाउने प्रक्रिया, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री तथा सरकारी र प्रतिपक्ष दलका कार्य, संसद र सांसदहरूको भूमिका कोरा किताबी ज्ञानमा मात्रै नअल्झाइ र प्रयोगात्मक रुपमै प्रस्तुत गर्नु सम्पूर्ण विद्यालय, नागरिक समाज लगायत सबैको दायित्व भएको हुँदा यो महत्वपूर्ण कार्यक्रम गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

विद्यार्थीहरूले सिक्ने थलोको रूपमा रहेको विद्यालयलाई थप अतिरिक्त क्रियाकलापसहित अगाडि बढाउँदा थप रचनात्मक क्रियाकलापमा विद्यार्थीको रुचि विस्तार हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission