© २०२३
प्यूठान, ३१ भदौ ।
सुरक्षित मातृत्वका लागि सरकारले पूर्ण संस्थागत सुत्केरीमा जोड दिए पनि शुन्य हुन सकेन । वर्षेनी जिल्लाका सयौं महिलाहरू घरमै सुत्केरी हुने अवस्था हट्न सकेको छैन । भौगोलिक विकटता र सामाजिक रूपमा चेतनाको अभावमा गर्भवती महिलाहरू असुरक्षित बच्चा जन्माउन बाध्य छन् ।
आर्थिक वर्ष २०८०/८१ मा एक सय ११ जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । नौ वटा स्थानीय तह रहेको जिल्लामा माण्डवी गाउँपालिकाका बाहेक अन्य पालिकामा पूर्ण संस्थागत हुन सकेको छैन । जिल्लाका ६४ वटा वडा मध्ये २७ वटा वडा पूर्ण संस्थागत सुत्केरी भएको वडाको रूपमा घोषणा हुँदा ३७ वटा वडामा भने घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिए । ‘भौगोलिक विकटता, परिवारको चेतनाको अभाव रहेको पाइन्छ’ खड्काले भने,‘यो नै पूर्ण संस्थागत सुत्केरी गराउने कुराको प्रमुख चुनौती देखिन्छ ।’ यातायातको पहुँचको अभावका कारण पनि संस्थामा आइनपुग्दै बच्चा जन्माउनेहरू रहेको उनको भनाइ छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आ.व. २०८०/८१ को जिल्लाभरबाट ३ हजार २ सय ८७ जना स्वास्थ्य संस्था सुत्केरी भए भने १ सय ११ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका छन् । २०७९/८० मा जिल्लाभर ३ हजार ८ सय ९२ जना महिला संस्थागत सुत्केरी भएका छन् । १ सय ८२ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएको कार्यालयले जनाएको छ । जिल्लामा पूर्ण संस्थागत सुत्केरीका लागि वर्षेनी लाखौं रकम खर्चिने गरिएको छ । तर स्वर्गद्वारी नगरपालिकामा घर मै सुत्केरी हुने महिलाको संख्या गत वर्षको तुलनामा बढेको पाइएको छ ।
स्वर्गद्वारी नगरपालिकाको एउटा वडामा मात्र पूर्ण संस्थागत सुत्केरी भएको हो । नौ वटा वडा रहेको पालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ३८ गर्भवती महिलाले घरमै बच्चा जन्माएका छन् । ३ सय २७ गर्भवती महिलामध्ये २ सय ८९ जना स्वास्थ्य संस्थामा सुत्केरी भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिए । स्वर्गद्वारीमा अघिल्लो आर्थिक वर्षमा ५ जना मात्रै घरमा सुत्केरी भएका थिए ।
नौवहिनी गाउँपालिकामा ९ प्रतिशत र सरुमारानी गाउँपालिकामा ६ दशमलव प्रतिशत गर्भवती महिला स्वास्थ्य संस्था बाहिरै सुत्केरी भएका छन् । नौवहिनी गाउँपालिकाकी अनमी निरीक्षक यशोदा वैद्यका अनुसार ३ सय ८४ जना गर्भवती महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । ३८ जना महिला स्वास्थ्य संस्था बाहिरै सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७९÷०८० मा ९९ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका थिए । ८ वटा वडा रहेको नौवहिनी गाउँपालिकामा ७ र ८ नम्बर वडामा जिरो होम डेलिभरी भएको वैद्यले बताइन ।
सरुमारानी गाउँपालिकामा १ सय ७१ जना गर्भवती मध्ये ११ जना मल्लरानी गाउँपालिकामा १ सय १९ जना मध्ये ४ जना, झिमरुक गाउँपालिकामा १ सय ७ जना गर्भवती महिला रहेकोमा २ जना, ऐरावती गाउँपालिकामा १ सय ५९ जना गर्भवती महिलामध्ये २ जना, र गौमुखी गाउँपालिकामा ३ सय २५ जना गर्भवती महिला ४ जना महिला स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका हुन् ।
त्यसैगरी प्युठान नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थामा १ हजार ५ सय ९९ जना महिला संस्थागत सुत्केरी हुँदा १२ जना महिला घरमै सुत्केरी भएका छन् । प्युठान अस्पताल प्यूठान नगरपालिकाभित्रै रहेकाले नगरपालिकाभित्र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङख्या धेरै देखिएको हो ।
संस्थागत सुत्केरी हुने महिलाहरू सुत्केरी हुँदा सुरक्षिक भएको महशुस हुने बताउछन् । मल्लरानी गाउँपालिका–३ मुन्डाडाकी बालिका खत्रीले सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा पुगेपछि सुत्केरी हुँदा ज्यानको तलमाथी हुने त्रास हट्ने बताइन् । ‘गर्भवती अवस्थामा सुत्केरी हुँदा कसो हुने होला भन्ने चिन्ता थियो’ खत्रीले भनिन्‘स्वास्थ्य संस्थामा पुगेपछि ढुक्क भयो ।’
जिल्लामा पूर्ण संस्थागत सुत्केरीका लागि गोष्ठी, तालिम तथा बैठकहरूमा वर्षेनी खर्च गरेपनि प्रभावकारी रूपमा सचेतीकरणका कार्यक्रमहरू नहुँदा महिलाहरू जोखिमपूर्ण सुत्केरी हुन बाध्यछन् । गर्भअवस्थामा संस्थागत सुत्केरी हुँदा जोखिम कम हुने जानकारी पाएका महिला परिवारमा भएको चेतनाको अभावमा घरमै सुत्केरी हुन बाध्य पार्ने हुँदा त्रासमा सुत्केरी हुनु पर्ने बाध्यता छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी