ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

नेपाल सर्प महोत्सव तथा अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवस

महोत्सवमा सर्पका प्रजातीबारे चिनाउने, सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी, सर्पको उद्घार कसरी गर्ने, औजारहरुको प्रयोग, सर्प सम्बन्धि विज्ञ, नेचर गाईड, रेस्कुयरहरुबाट आवश्यक जानकारी दिईनेछ ।
३० भाद्र २०८१, आइतबार
३० भाद्र २०८१, आइतबार

बुटवल, ३० भदौ । ‘मानव र सर्प बीच सहअस्तित्व प्रवर्द्धन’ नारासहित रुपन्देहीमा दोस्रो नेपाल सर्प महोत्सव तथा अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवस हुने भएको छ । तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाको सहयोगमा शंकरनगर बन बाटिका तथा अनुसन्धान केन्द्र परिसरमा अन्तराष्ट्रिय सर्पदंश दिवस पारेर यसपटक असोज असोज १ र २ गते रुपन्देहीमा वृहत सचेतनामुलक कार्यक्रम गर्न लागेको आईतबार पत्रकार सम्मेलन गरि महोत्सवका संयोजक तथा सर्पविशेषज्ञ कमल देवकोटाले बताए । पहिलो संस्करण जुलाई १६ अर्थात विश्व सर्प दिवसमा कावासोतीमा गरिएको भन्दै उनले सात प्रदेशकै सर्पको जोखिम रहेको जिल्लाहरुमा कार्यक्रम गर्ने लक्ष्य रहेको बताए । नेपालमा ८४ प्रजातीका सर्पहरु भेटिएका छन जसको केवल २० प्रतिशतमात्र विषालु सर्प छन । अन्य बन्यजन्तुहरुको तुलनामा सर्पदंशकै कारण मानव मृत्यु धेरै भएपनि सचेतनाका कार्यक्रम भने थोरै हुने गरेको दाबी गर्दै उनले अन्तरास्ट्रिय स्तरमा दाताको कमी औल्याए । विगत एक दशकदेखि केही अभिन्ताहरुको साथमा उद्घार, सचेतना र जागरणको अभियान चलाउदा धेरै सिकाई भएको उनले बताए । ‘समाजमा सर्पबारे धेरै गलत धारणा छन ।’— उनले भने ।

एक तथ्याकले नेपालमा २०२२ मा ४० हजार जनालाई सर्पले टोकेको र ३ हजारको मृत्यु भएको तथ्याक अनुसन्धानमा देखिएको छ । सर्पको टोकाई र विषभन्दा पनि टोकेपछि गरिने घरायसी उपचारको क्रममा केही गलत क्रियाकलापका कारण मृत्यु हुने गरेको उनको तर्क छ । ‘हामीले महोत्सवमा सर्पका प्रजातीबारे चिनाउने, सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी, सर्पको उद्घार कसरी गर्ने, औजारहरुको प्रयोग, सर्प सम्बन्धि विज्ञ, नेचर गाईड, रेस्कुयरहरुबाट आवश्यक जानकारी दिने छौ ।’—उनले भने । करेत सर्प साईलेन्स किलरको रुपमा चिनिन्छ । रातीको समयमा क्रियाशिल हुन्छ । लक्षण ढिला देखिने हुदा उपचारमा कठिनाई हुन्छ । रसेल भाईपरबारे जानकारी दिने समेत उनले बताए । गतवर्ष गरिएको कार्यक्रमबाट सिकाइको रुपमा थारुहरुको सास्कृतिक नाचमा बन्यजन्तुहरुलाई लखेट्न लाठीका विभिन्न हाउभाउबाट नृत्य गरिने कुरा ज्ञान भएको उनले बताए । गतवर्ष ४ हजार विद्यालयका विद्यार्थीसहित ५ हजार जनाले अवलोकन गरेको उनले बताए ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढि सर्पका बारेमा चिकित्सकहरुलाई तालिम दिएको प्रदेश पर्दछ । तर पनि उपचारको क्रममा विशेषज्ञ चिकित्सकहरु उपलब्ध नहुने समस्याका कारण धेरै घटनाहरु हुने उनले बतए । नेपालमा एक दर्जनभन्दा बढि विज्ञ चिकित्सक नरहेको हुदा पनि देशभर सेवा दिन सक्ने अवस्था नरहेको उनले बताए । ‘अस्पतालहरुमा तालिम प्राप्त विशेषज्ञ नहुदा पनि उपचारमा समस्या रहेको छ ।’—उनले भने । सर्पमा पनि पछिल्लोसमय राजगोमन बचाउने अभियानलाई बढी जोड दिएको उनले बताए ।

कार्यक्रममा शंकरनगर बन बाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले बन्यजन्तुको संरक्षणमा आफुहरु स्वतस्र्फुत खटिएको बताए । विभिन्न स्थानबाट बन्यजन्तुहरु उद्धार गरि केन्द्रमा ल्याईदिने र त्यसको संरक्षण केन्द्रबाट गरिरहेको भएपनि कानुनी जटिलता आएको उनले बताए । यसको जिम्मेवार निकाय डिभिजन बन कार्यालय मुख्य हो तर श्रोत साधनको अभावमा भेटिएको बन्यजन्तुहरु यहा ल्याउने गरेको उनले बताए ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले विगत लामोसमयदेखी घाईते बन्यजन्तुको संरक्षणमा रहदा धेरै सिकाई भएको भन्दै पछिल्लोसमय सर्प उद्धारका लागि धेरै फोनहरु आउने गरेको बताए । सर्पलाई बचाउनुपर्छ भन्ने धेरैसम्म सन्देश दिन सफल भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?