© २०२३
बाँके, ३० भदौ ।
बाँकेमा मोरिकुर जेनोमोटरिंग सर्वे शुरू गरिएको छ । लामो समयसम्म हात्तीपाईले रोग नियन्त्रण नभएपछि यो सर्वे शुरू गरिएको हो । मोलिकुर जेनोमोटरिंग सर्वे स्वास्थ्य शाखा विभाग तथा इपिथियोलोजी महाशाखाको नियमित कार्यक्रम हो । हात्तीपाइले रोग लामखुट्टेको प्रजिविबाट सर्छ र कति सर्छ भन्ने विभिन्न देशहरूमा यसको अध्ययन लामो समय सम्म भैसकेको छ तर नेपालमा यो धेरै समय पछि मात्र सर्वे शुरु गरिएको छ ।
हात्तीपाइले रोगको लामखुट्टेको कुन प्रजातिको लामखुट्टेले हाम्रो नेपालमा हात्तीपाइले रोग सर्छ प्रमाणित गर्नका लागि प्रमाणित भएका प्रजातिहरू मध्ये क्यूलेक्सि जातको क्यूनिकिफेसियस फेसियूटस जातको लामखुट्टेले नेपालमा हात्तीपाइले रोग सर्दै आएको अनुमान छ । अहिले बाँके र कैलाली जिल्लामा एडिज जातको प्रजातिहरूलाई संकलन गरिरहेको र पिसिआर परिक्षणको लागि काठमाण्डौँ पठाउने तयारी रहेको भेक्टर कन्ट्रोल अधिकृत दिपेन्द्र सिंह रावतले बताए ।
उनका अनुसार अन्य जातका पनि लामखुट्टे संकलन गरिनेछ । यो अभियान भद्रा ३ गते देखि बाँकेमा शुरू गरिएको छ । लामखुट्टे संकलन बाँकेको आठ पालिकामा ३० ओटा वडाहरूबाट संकलन गरिने छ । जस मध्ये केही वडाहरूमा संकलन कार्य भैरहेको छ । यो दुईबाट प्रक्रियाबाट स्याम्पस संकलन भैरहेको छ जसमा पहिलो माउठ स्पेरेटरबाट र अर्काे लाईट टेव प्रविधिबाट संकलन भैरहेको छ । जुन साँझा ६ बजेराख्ने र विहान ६ बजे लामखुट्टे निकाल्ने काम हुन्छ । माउठ स्पेरेटर विहान ६ बजे देखि करिव ८ बजेर ३० मिनेट सम्म संकलन गरिने अधिकृत रावलले बताए । कार्यक्रमको उद्देश्य आनुसार संकलन गर्ने र संकलन गरिसकेको लामखुट्टेलाई हरेक दिन प्रिजिंग गर्ने र सन्तुलन मिलाउनका लागि माईनस २० डिग्रीसेन्टीग्रेटमा राख्नु पर्ने हुन्छ ।
संकलन गरेको लामखुट्टे विभागबाट आएको टोली पिसिआर परिक्षणको लागि काठमाडौं लिएर जाने प्रक्रिया मिलाइएको छ । पिसिआर परिक्षण काठमाण्डौमा असम्भव भयो भने परिक्षणको लागि विदेशमा पठाउने समेत प्रक्रिया मिलाएको छ । अहिले भने संकलन गर्ने काम मात्र भैरहेको छ । बाँकेमा लामखुट्टेका प्रसस्त मात्रका प्रजातिहरू पाईएको छ तर पिसिआर परिक्षणबाट मात्र थाहा हुन्छ कुन जातिको लामखुट्टेमा हात्तीपाइले रोग सर्ने प्रजिवि रहेको छ कि छैन भनेर बाँकेमा हात्तीपाइले सम्बन्धित ३ प्रजातिका लाखुट्टे पाईएको छ । क्यूलेकसा क्यूकिफेरिटस र त्यसको सहायक मानसोनिया र एडिज रहेका छन । मानसोनिया र एडिज अन्य देशहरूमा हात्तीपाइले रोग सर्छ भने हाम्रो देशमा पनि यो प्रजातिको लामखुट्टेलाई जाँच गरेर हात्तीपाइले रोग सर्ने प्रजिवि छ कि छैन भन्ने उद्देश्यले लामखुट्टे संकलन गरिरहेको अधिकृत रावलले जानकारी गराए ।
यो अभियान एक महिना सम्म संकलन गर्ने हुन्छ । नेपाल सरकारले हात्तीपाइले रोग विरूद्भको आम औषधी सेवन कार्क्रम राखेको थियो र लक्ष्य अनुसार नतिजा आएन । सबै मानिसहरूले औषधी सेवन नगरेको कारणले अझैपनि केही मानिसहरूमा हात्तीपाइले रोग संक्रमण छ । लामखुट्टेहरूमा यसको प्रजिवि छन या छैनन्, यकिन गर्न सक्ने अवस्था छैन । अघि आउने पिडिहरूले हात्तीपाइले रागको समस्या नआवस भन्ने मुख्य उद्देश्य रहेको छ । लुम्बिनी प्रदेशमा हात्तीपाइले रोगको बिरामी बढी भएको र जसमध्य अरू जिल्लाको अनुपातमा बाँकेमा अझै बढी भएको कारणले बाँकेमा परिक्षण गर्नको लागि लामखुट्टे परिक्षणको लागि संकलन भैरहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए ।
खास गरी हात्तीपाइले रोगको प्रजिविहरू अझै छन । जुन मान्छेमा छ त्यो मान्छे र लामखुट्टेको रेसियो मिल्छकि मिल्दैन । लामखुट्टेको टोकाईबाट हात्तीपाईले रोग बाँकेमा अझै पनि कोहलपुर नगरपालिकाको राझेनाको जम्म जनसंख्याको ५.५ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा २.८ प्रतिशत संक्रमित मानिस रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल प्रसन दूर्गा देवि उपाध्यायले बताईन । बाँके जिल्लामा निर्धारण गरिसकेको मोरिकुर जेनोमोनिटरिंग गरिसकेपछि लामखुट्टेको प्रजिवि मानिसको शरीरमा छ कि छैन प्रमणित हुन्छ सँग सँगै मलेरिया र डेंगी सम्बन्धी परिक्षण हुने भएको छ ।