ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

दाङमा फैलिदै स्क्रबटाइफस र डेंगु

२९ भाद्र २०८१, शनिबार
२९ भाद्र २०८१, शनिबार

लमही, २९ भदौ ।
दाङमा स्क्रब टाइफस र डेगुका बिरामी भेटिन थालेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ संक्रमण देखीने विरामीको संख्या बढ्दै गएको हो । २०८१ सालको पछिल्लो ५ महीनामा १ सय वढि विरामीहरूमा स्क्रब टाइफसको संक्रमण भेटिएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए । गएको बैशाखदेखी भदौ २७ गतेसम्ममा १ हजार ३ सय ८४ जना विरामीहरूले आफ्नो स्वास्थ्य परीक्षण गरेकोमा १ सय ५७ जनामा पोजेटिभ देखीएको भट्टराइले बताए ।

स्क्रब टाइफसका पोजेटिभ देखीएका ती बिरामीमा ज्वरो आउने, पसिना आउनेलगायतका लक्षण देखिने र बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने पनि हुन्छ । सुचना अधिकारी भट्टराइले दिएको जानकारी अनुसार २०८० साउनदेखी २०८१ असार मसान्तसम्ममा ३ हजार ९ सय ४२ जना विरामीमा परीक्षण गरीएकोमा ७ सय ३६ जनामा पोजेटिभ देखीएको थियो ।

त्यसै गरी डेंगु संक्रमित बढेका छन ।दाङमा दैनिक डेंगु संक्रमित बिरामीको संख्या बढेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने विरामीहरूको स्वास्थ्य परीक्षणकाक्रममा पछिल्ला समय डेंगु सङ्क्रमण ह्वात्तै बढेको देखिएको हो । प्रतिष्ठानका सुचना अधिकारी भट्टराइले गएको भदौ १ गतेदेखी १७ गतेसम्म १ हजार २ सय ९९ जनाको परीक्षण भएकोमा २९ जनामा डेंगु पोजेटिभ देखीएको जानकारी दिए । उनले भदौ १७ गतेदेखी २४ गतेसम्म १९ जनामा डेंगु पोजेटिभ देखीएको बताए । डेंगु पोजेटिभ देखीएका अधिकांश घोराहीका रहेका छन् । भट्टराइका अनुसार २०८० साउनदेखी २०८१ असार सम्म ७६ जनामा डेंगु पोजेटिभ देखीएको छ ।

डेंगु सङक्रमणका बिरामी बढ्न थालेपछि ‘लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौं’ अभियानलाई जिल्ला जनस्वास्थ्य कार्यालय दाङसहीत स्थानिय तह मातहतका स्वास्थ्य कार्यालय तीव्रता दिएका छन् । जिल्लाका सबै पालिकामा सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको कार्यालयहरूले जनाएको छ ।

डेंगु संक्रमितको संख्या बढ्दै जान थालेपछि सतर्कता अपनाउन स्वास्थ्य संस्थाहरूले आग्रह गरेका छन् । साथै टोल बस्तीमा पुगेर सरसफाइका साथै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ । प्रत्येक घरघरमा पानीका भाँडा छोपेर राख्ने, पानी जम्न नदिने, लामो बाहुला भएका कपडा लगाउने र सुत्दा झुलको प्रयोग गर्न सचेत गराइएको चिकित्सकहरू बताउँछन् । प्रतिष्ठानमा अस्पतालमा अउने बिरामीमध्ये अधिकांश झाडापखाला, ज्वरो, डेंगु र स्क्रब टाइस्क्रबफस हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?