ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

प्यूठानका ३६ जना कुपोषित बालबालिका

२९ भाद्र २०८१, शनिबार
२९ भाद्र २०८१, शनिबार

प्युठान, २९ भदौ ।
पोषणपुक्त खानपानको अभावले जिल्लामा अझै दर्जनौं बालबालिका कुपोषणको सिकारमा छन् । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका ६४ वडामध्ये १८ वडामा गरेको समुदायमा कुपोषित बालबालिका खोज पड्ताल कार्याक्रमबाट ३६ गम्भिर, मध्यम २ सय ५१ जना कुपोषित बालबालिका फेला परेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार पर्याप्त खाना तथा पोषक तत्वको कमी, रोग तथा संक्रमण, पोषण सम्बन्धी ज्ञानको कमिका कारण कुपोषण हुने गर्दछ । त्यहि समस्याका कारण जिल्लाका १८ वडाका २ सय ८७ बालबालिकामा कुपोषण भेटिएको स्वास्थ्य कार्यालय प्युठानका पोषण फोकल पर्सन जनस्वास्थ्य निरीक्षक राजुकुमार खड्काले जानकारी दिए । ४ हजार ५ सय ८७ बालबालिकामा गरिएको परीक्षणमा उक्त संख्यामा कुपोषणको समस्या भेटिएको हो । २०८० फागुन, चैत्र र २०८१ को जेष्ठ महिनामा गरिएको परीक्षणबाट ३६ जनामा अति सिघ्र कुपोषण र २ सय ५१ जना बालबालिकामा मध्यम खालको कुपोषण देखिएको खड्काले बताए । यो परीक्षण गरिएका संख्याको ६ दशमलव २५ प्रतिशत हो ।

स्वास्थ्य कार्यालयले बजेट अभाव देखाएर अन्य वडामा परीक्षणको लागि पुग्न सकेको छैन । जिल्लाका ९ स्थानीय तहसंगको समन्वयमा दुई/दुई वडामा पुगेर परीक्षण गरेको कार्यालयले जनायो । ‘थोरै वजेटले केही वडामा गयौं’ खड्काले भने, ‘यो वर्ष त्यही बजेट पनि आएन । कार्यक्रम नै छैन् ।’ उनका अनुसार कुपोषणले रोगसंग लड्ने क्षमतामा कमि, शारीरिक तथा मानसिक बिकाशमा बाधा, अकाल मृत्यु जस्ता समस्याहरू निम्त्यिाउछ । कार्यालयका अनुसार सबैभन्दा बढी स्वर्गद्वारी नगरपालिकामा गम्भिर कुपोषित बालबालिका भेटिएका छन् । स्र्वद्धारी नगरपालिकामा ७ जना,प्युठान नगरपालिकामा ४ जना, ऐरावती गाउँपालिका ६ जना, झिमरुक गाउँपालिकामा ५ जना, नौबहिनी र सरुमारानी गाउँपालिकामा ४/४, माण्डवी र गौमुखी गाउँपालिकामा ३/३ जना बालबालिकामा अतिसिघ्र कुपोषणको समस्या देखिएको हो । मल्लरानी गाउँपालिकामा अतिसिघ्र कुपोषण हुने बालबालिकाको संख्या शुन्य छ । एक वर्ष देखि ५ वर्ष मुनीका बालबालिकामा कुपोषणको परीक्षण गरिएको हो ।

जिल्लामा देखिएका कुपोषित विरामीको खानपानमा विविधता नहुने, बालबालिको स्यहार सुस्याहारमा कर्मी, बालविवाह, उमेर नपुगी बच्चा जन्माउँदा तौल कम हुने समस्या, ६ महिना नपुगी सबै खानेकुरा खुवाउने, बजारीया जंकफुड खान दिँदा समस्या देखिएको खड्काको भनाइ छ । भेटिएका कुपोषित बालबालिकामा मध्ये सिघ्र कुपोषण समस्या भएका बालबालिकालाई स्वास्थ्य संस्थामा भर्नागरी उपचार, मध्यम खालको कुपोषण भएका बालबालिकालाई बाल विटा खुवाइएको छ । सबैभन्दा बढी ७ जना कुपोषित बालबालिका भएको स्वर्गद्वारी नगरपालिकामा एक जना कुपोषित बालकको मृत्यु भएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर के.सी.ले जानकारी दिए ।
नगरपालिकाले २ वर्षमा २४ पटक कुपोषणको परीक्षणका लागि बालबालिकाको तौल ल्याउँदै आएको छ । शरीरलाई आवश्यक सन्तुलित आहार लामो समयसम्म नपाउनाले हुने विकृत अवस्था लाई नै कुपोषण भनिने केसीले बताए । कुपोषणले बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित पार्ने केसी बताउँछन् । शारीरिक विकासका दृष्टिकोणले बालबालिकाको मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्ममा भैसकेको हुन्छ । मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको सही विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रो हुनु आवश्यक मानिने स्वास्थ्यकर्मीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?