© २०२३
बुटवल,२९ भदौ ।
अध्ययन पुरा गरेकी थापालाई सबै विदेश जाँदा रहर नलागेको पनि होईन तर विदेश भन्दा परिवारसँगै बसेर स्वदेशमै केही गर्नुपर्छ भन्ने सोंचले स्वदेशमै राख्यो । पहिलेको कुरा सम्झिदै उनले भनिन्, पहिले साथीको अटो भर्दा समेत मैले नर्स बन्ने भनेर लेख्ने गरेकी थिए । मलाई यहि पेशाले तानेर होला ।
सानैबाट बिरामीको स्याहारसुसार गर्ने रहरले दिप्ती थापा नर्स बनिन् । अध्ययनसँगै अगाडी बढ्दै जाँदा जहिले पनि स्वास्थ्य क्षेत्र उनको प्राथमिकतामा थियो । अहिले उनी सम्झीन्छिन्, पहिले साथीको अटो भर्दा समेत मैले नर्स बन्ने भनेर लेख्ने गरेकी थिए । मलाई यहि पेशाले तानेर होला । र पो म रमाउन सकेकी छु ।
उनी भन्छिन–‘हामीलाई नर्सहरू रिसाउँछन् राम्रो बोल्दैनन् भन्ने आरोप छ तर यो बेला समय र परिस्थितिका कारण हुने कुरा हो हामीलाई पनि बिरामीलाई माया गरौं भन्ने हुन्छ तर कहिलेकाहीँ हामीले राम्रो गर्दागर्दै पनि नराम्रो हुन जान्छ त्यो हाम्रो पनि चाहना हुँदैन । सकेसम्म हामीले जे गर्ने भनेर सेवामा जोडिएका हुन्छौं त्यो भन्दा राम्रो गरौं भन्ने लागिरहेको हुन्छ । म बिरामीको सवालमा अत्यन्त संवेदनशिल छु, उनीहरूको भावनालाई बुझन सक्छु भन्ने विश्वास छ त्यसैले ने मलाई यो पेशमा टिकाई राखेको छ ।’
गुल्मीको तम्घासमा जन्मेकी थापाको अध्ययन बुटवलको भलवारीमा भएको हो । सन्जिवनी नर्सिङ्ग कलेजबाट अध्ययन पुरा गरेकी थापालाई सबै विदेश जाँदा रहर नलागेको पनि होईन तर पनि विदेश भन्दा स्वदेशमै केहि गर्न सक्नु पर्छ परिवारसँगै बसेर भन्ने सोचले अहिले उनलाई स्वदेशमे राखेको हो ।
६ वर्षदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा काम गरिरहेकी थापा कामले आत्म सन्तुष्टि दिएको बताउँछिन् । उनी भन्छिन्, स्वास्थ्थ मानिसको महत्वपुर्ण पक्ष हो र म त्यसको साक्षी बनेकी छु । यो पेशामा रमाउन पनि बानी पर्नुपर्छ । आदत बस्नु पर्छ । अनि मात्र मज्जा लाग्छ । जुन अहिले मैले लिईरहेकी छु । सबै मानिसहरूले आफूले सानैमा देखेको सपनालाई पुरा गर्न सक्दैनन । तर मैले जे सोचे त्यहि काम गरिरहेकी छु । परिवारको पुरा सहयोगमा बाबा आमाले कहिल्यै पनि मेरो रोजाईलाई गलत भन्नु भएन । अध्ययनमा साथ दिएकै कारण पढाई सकाए ।
विहे पछि श्रीमान र सासु सुसुराले सहयोग छ । बुहारी नर्स भन्दा गर्व गर्नुहुन्छ । र, म पेशामा रमाउन पाएको छु । मलाई जागिर भन्दा पनि काम गर्ने आदतले नै यसरी रमाउन उत्प्रेरित गरिरहेको छ । अहिले लुम्बिनी प्रादेशिक अस्पतालको लैगिक हिंसा निवारण (ओसिएमसी) मा कार्यरत छु । यहाँ धेरै जसो हिंसामा परेका बिरामीहरू आउँछन् । उनीहरूको दुख र सुखको साथी बन्नु उनीहरूको बाहिर र भित्री मनको घाउ निको नहँुदा सम्म साथी बन्नु मेरो काम हो । उनीहरूका सबे कुरा सनेर सहि दिशा बाटो देखाउनु कर्तव्य बनेको छ । उनीहरूका हरेक पिडामा मलम बन्नु पाि सौभाग्य हो । कति यसरी यहाँबाट उपचार लिएर गएकाहरूले आफूले गरेका प्रगती सुनाउनु हुन्छ । त्यसले पनि खुशी मिल्छ ।
अहिले त यो फाटमा काम गरिरहँदा धेरै महिलाहरू हिंसामा परेर आउछन् उनीहरू कहि खुल्न चाहेका हँुदैनन तर यहाँ आएर आफना सबै कुरा सुनाएर आफूलाई हुलुङ्गो महसुस गर्नुहुन्छ त्यस्तो सुन्दा पनि साच्चै राम्रो ठाउँमा काम गरेको छु । मनले साेंचेको र हरेक दिन गरिरहेको काम मिलेको छ जस्तो अनुभुती हुन्छ ।
सानैबाट नर्स बन्ने सपना बोकेकी थापालाई शुरुमा अत्यन्त संवेदशील आफनो स्वाभावका कारण नसिङ्ग पेशामा रमाउन सक्दिन कि भन्ने डर थियो । सानोतिनो चोटलाई पनि सहन र हेर्न नसक्ने मेरो बानीले गर्दा पढाई सके पनि फिल्डमा काम गर्न सहज हुँदैन होला भन्ने शंका तर पनि काम गर्दै जाँदा र जिम्मेवारीले च्यापेपछि सबै काम सामान्य लाग्ने अनुभव छ उनी सँग ।
एक छोरीकी आमा थापाले आफुले रोजेका कामका कारण आफुसँगै परिवार पनि खुशी रहेको बताईन । उनले समाजमा हुने हरेका हिंसालाई अस्पतालमा बसेर नजिकबाट हेर्दा कहिलेकाही समाज र आफन्तको नाम मात्र बोकेका मानिस देख्दा दिक्क लागेको बताईन । उनी भन्छिन् यो ओसिएमसीमा धेरै घटनाहरू आफनै आफन्तबाट बलात्कृत भएका साना साना छोरीहरूलाई सम्झाउदा बुझाउँदा अत्यन्त पिडा हुने बताईन । शुरुमा केही नबताए पनि उपचारसँगै उनीहरूले आफूलाई साथी र अभिभावक जस्तै मानेर धेरै कुराहरू सुनाउने गरेको बताईन ।
उनले आजभोली त यसरी कुरा गर्दै गरिरहेको अनुभवले धेरै बिरामीहरूले नबोले पनि उनीहरूको हिंसाको प्रकृति आफुलाई अनुमान हुने गरेको बताउँछिन् । कतिपय वडाका उपचार गराईरहेका महिलाहरू घरायसी हिंसाको कारण अस्पताल आएर पनि आफन्तको बदनाम हुन्छ भनेर लुकाउन खोज्नुहुन्छ तर मैले केहि समय कुरा गर्ने अवसर भयो धने हिंसा भएको हो होईन अनुमान लगाउन सक्छु कति त त्यस्ता घटना छन् हामीले उपचार र परामर्श गर्दा मात्रै बिरामी खुल्नुहुन्छ । त्यस पछि हामीले श्रीमान श्रीमतीलाई नै सँगै राखेर परामर्श गरेर घर पठाएपछि परिवार राम्रो भएका कथा पनि छन् त्यस्तो सुन्दा आनन्द लाग्छ ।
यो स्वास्थ्य भन्ने कुरा सबैका लागि महत्वपुर्ण भएर पनि होला जागिर र अस्पताल बाहिर गाँउटोलमा पनि सबैले सम्मानका दृष्टिकोणबाट हेर्नु हुन्छ त्यसले पनि मेरो आत्म सम्मान बढे जस्तो महसुस हुन्छ । यति मात्र होईन जब रुदै र दुख बोकेर आएको बिरामी खुशी हँुदै निको भएर फर्किदा जति खुशी हुन्छ त्यो भन्दा बढी म खुशी हुन्छ । यहि खुशी र आनन्द छ र त मलाई विदेश मोह लागेन । यहि रमाउन सके । रमाउन सके जहाँ पनि खुशी मिल्छ भन्ने भावना बोकेकी नर्स थापाले विदेश होईन स्वदेशमै रमाउन र आफनै देशमा काम गर्न सके सुख सुविधा सबै मिल्ने कुरामा आफू आशाबादी रहेको बताउँछिन । जागिर, आम्दानीको हिसाब गरेर जोडिएको पेशामा अहिले मनको आनन्द मिसिन थालेको महसुस हुन थालेको छ । यस्तै मिठासले नै काममा उर्जा थपिनुले अझे कामप्रति जिम्मेवार बनाएको छ ।
स्वास्थ्य पेशा नै यस्तो हो जहाँ एउटा बिरामीलाई निको बनाएर पठाउन हरेक कोसिस गरिन्छ सफल हुदा मन आनदित हुन्छ । कहिलेकाहीँ आफूले साेंचे जस्तो नहुन पनि सक्छ । तर प्रयास सधै जारी हुुन्छ । उनी भन्छिन हामीलाई नर्सहरू रिसाउँछन् राम्रो बोल्दैनन भन्ने आरोप छ तर यो बेला समय र परिस्थितका कारण हुने कुरा हो हामीलाई पनि बिरामीलाई माया गरौ भन्ने हुन्छ तर कहिलेकाहीँ हामीले राम्रो गर्दा गर्दे पनि नराम्रो हुन जान्छ त्यो हाम्रो पनि चाहना हुदैन । सकेसम्म हामीले जे गर्ने भनेर सेवामा जोडिएका हुन्छौं त्यो भन्दा राम्रो गरो भन्ने लागिरहेको हुन्छ । म बिरामीको सवालमा अत्यन्त संवेदनशील छु, उनीहरूको भावनालाई बुझ्न सक्छु भन्ने विश्वास छ त्यसैले ने मलाई यो पेशामा टिकाई राखेको छ ।