ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

नवलपुर, २८ भदौ ।

पूर्वी नवलपरासीको कावासोतीमा रहेको जिल्ला सरकारी वकिलको कार्यालयका सरकारी वकिल हरि घिमिरेले घुस खाएको भन्दै कावासोतीमा प्रदर्शन गरिएको छ ।

विहिबार नवलपुर जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय अगाडि पीडितहरुले प्रदर्शन गरेका हुन् । पीडितहरुले सरकारी वकिल हरि घिमिरेले पीडकसँग २९ लाख रुपैयाँ घुस खाएर पीडकको पक्षमा लागेर कृते जालसाजी मुद्दाको फाइल अगाडि नबढाएको आरोप लगाएका छन् ।

पीडित रामप्रसाद महतोले पीडक अमृतमाया भुसालसँग आर्थिक लेनदेन गरेर सरकारी वकिल हरि घिमिरेले मुद्दा नै ढिसमिस पारेको आरोप लगाएका छन् ।

पीडितहरुले सरकारी वकिल हरि घिमिरे विरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले पैसासँग न्यायालय नसाट्न चेतावनी दिएका थिए । अदालत मार्गको चौताराबाट नवलपुर जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर हुँदै पुन नवलपुर जिल्ला अदालतसम्म पुगेर नवलपुर जिल्ला अदालत अगाडि कोण सभा गरेका थिए ।

कृते, जालसाजी मुद्दाका आरोपित कावासोती निवासी अमृत भुलले नवलपुरमा २७ जनालाई मिटरब्याजमा पैसा लिएर कृते गरी जग्गा हडपेको, सम्बन्धित पीडितको नक्कली हस्ताक्षर गरेर बैंकको रकम बैंकका कर्मचारीसँग मिलेर झिकेको जस्ता आरोपमा प्रहरीले २३ दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । अमृत भुसालको मुद्दामा सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता नै नगरेका कारण भुसाललाई २३ दिनको दिन छाड्नु परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलको भनाई छ ।

भुसालले विगत १० बर्षदेखि मिटरब्याजमा पैसा लगाउने र १० लाख रकम दिएकोसँग १ करोडको सम्पत्ति हडप्ने गरेको पीडित पक्षले आरोप लगाएका छन् । कावासोतीमा रहेको मिटरब्याजी पीडित संघर्ष समिति, युवा दस्ता नवलपुरको टोलीले नवलपुर जिल्ला अदालत र जिल्ला सरकारकारको कार्यालय अगाडि प्रदर्शन तथा नाराबाजी गरेका हुन् ।

नाराबाजी पछि आयोजित कोण सभामा बोल्दै मिटरब्याजी पीडित किसान संघर्ष समिति नवलपुरका अध्यज्ञक्ष हेमराज दाहालले आर्थिक लेनदेनमा परेर मुद्दालाई कमजोर बनाएको आरोप लगाए । न्यायालयमाथि आमनागरिकको विश्वास नै उठ्ने गरी सरकारी वकिल र न्यायाधिशहरुले नै पीडकसँग घुस खाएर पीडितलाई न्याय दिनुको सट्टा झन पीडा दिने गरेको दाहालको भनाई छ ।

त्यसैगरी युवा दस्ता नवलपुरका अध्यक्ष दीपक वस्नेतले पैसासँग न्याय साटेर पीडितलाई झन पीडा दिने सरकारी वकिल हरि घिमिरे लगायतलाई कारवाही नगरिएर जनस्तरबाटै कारवाही गर्ने चेतावनी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?