ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

एउटैलाई भ्याईनभ्याई, जनतालाई सास्ती

११ भाद्र २०७५, सोमबार
११ भाद्र २०७५, सोमबार

घोराही उपमहानगरपालिका–६ स्थित मावि जजरागाउँमा रिक्त रहेको माध्यमिक तहको शिक्षक दरबन्दी स्थानीय तहसँग माग गरेको एक वर्ष पुग्यो ।तर विद्यालयले अहिले सम्म शिक्षक पाउन सकेको छैन ।२०६६ सालमा माध्यमिक तहको स्विकृति लिएर कक्षा सञ्चालन गर्दै आएको विद्यालयले अहिले सम्म निजी स्रोतमा शिक्षक राखेर अध्यापन गराउँदै आएको छ । विद्यालयको आम्दानीको स्रोत नभएकोले भर्ना तथा मासिक शुल्क उठाएरै विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अर्जुन अधिकारीले बताए । “पहिले जिल्ला शिक्षा कार्यालयसँग माग गरियो, अहिले स्थानीय सरकारसँग माग्दा पनि पाइएको छैन” अधिकारीले भने ।

घोराही उपमहानगरपालिकाका नगर शिक्षा शाखाका अधिकृत नारायण पौडेलका अनुसार सरकारी दरबन्दी अनुसार कर्मचारी नभएकोले काम गर्न सकिएको छैन । नेपाल सरकारले उपमहानगरपालिकामा शिक्षाका लागि एक जना उप सचिव, तीन जना विद्यालय निरीक्षक र ५ जना प्राविधिक सहायक रहने व्यवस्था गरेको छ ।
तर पौडेलका अनुसार सो उप महानगरपालिकामा एक जना अधिकृत बाहेक अन्य कर्मचारी छैनन् । “शाखामा भएको एक जना कर्मचारीले के के काम गर्न सक्छ ? लेखाको हिसाब, दरबन्दी मिलान, नगरपालीका स्तरीय परीक्षाको तयारी, कम्प्युटर प्रणालीवाट परीक्षाफल प्रकाशन आदि काम एक्लो कर्मचारीवाट हुन सक्दैन” पौडेलले भने ।
त्यस्तै सो उप महानगरपालिकाको स्वास्थ्य शाखामा पनि एकजना कर्मचारी मात्रै छन् । दरवन्दी अनुसार कर्मचारी नहुँदा नियमित काममा पनि समस्या भएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले बताए । त्यसैगरी कृषि शाखामा पनि एक जना मात्रै उप सचिवको व्यवस्था सरकारले गरेको छ । नगर कृषि शाखा प्रमुख भरतमणी पोख्रेलले भने– “कृषि शाखामा भएको एक जना कर्मचारीले के के काम हेर्न सक्छ र काम प्रभावकारी होला तपाई आफै अनुमान लगाउन सक्नुहुन्छ” । उनका अनुसार कृषि क्षेत्रमा माछा, बागवानी, पुष्प लगायतका बिषयका लागि एक जना मात्रै कर्मचारी दरवन्दीमा रहेकोले जनताको काम प्रभावकारी रूपमा गर्न सकिएको छैन । सो उप महानगरपालीकाको ५ नं वडा माछापालनको पकेट एरीया हो । माछा सम्बन्धी ज्ञान भएको कर्मचारी नहुँदा किसानलाई समस्या भएको छ, पोख्रेलले भने । त्यस्तै उप महानगरपालिकामा अन्य प्राविधिक कर्मचारी, नगर प्रहरीको व्यवस्था नहुँदा पनि स्थानीय सरकारको काम प्रभावकारी रूपमा सञ्चालन गर्न समस्या भैरहेको नगर प्रमुख नरुलाल चौधरीले बताए ।
दाङको बंगलाचुली गाँउपालीकाको गाउँ शिक्षा शाखामा अहिले सम्म कर्मचारी खटाईएको छैन । स्थानीय तहको निर्वाचन भएको एक वर्ष वितिसक्दा पनि कर्मचारी नखटाईदा शिक्षा शाखाबाट हुनुपर्ने जति काम गर्न नसकिएको गाउँपालीकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेले बताए । गाउँपालीका भित्र रहेका ४१ सामुदायीक विद्यालयको अनुगमन, त्यहाँ कार्यरत शिक्षकहरूको तलव, पाठ्पुस्तक खरीद लगायतका काम कार्यकारी तथा जनप्रतिनिधिहरूबाट हुदै आएको पौडेलले जानकारी दिए । पच्चिस हजार भन्दा कम जनसंख्या भएको बँगलाचुली गाँउँपालीकामा १ जना प्राथमिक सहायकको मात्र दरवन्दी रहेको छ । तर त्यहि दरबन्दीको कर्मचारी पनि गाँउपालीकाले पाउन सकेको छैन । शिक्षाका काममा समन्वय गर्नको लागि स्रोतव्यक्तिले सहयोग गरीरहेको पौडेले जानकारी दिए । सो गाउँपालीकाको स्वास्थ्य शाखामा पनि कर्मचारी छैनन् । स्वास्थ्य चौकीका लागि चाहिने औषधि खरीद गर्ने, वितरण गर्ने, र कर्मचारीलाई तलव खुवाउने लगाएतका सबै काम कार्यकारी अधिकृतले नै गरीरहेको गाँउपालीका अध्यक्ष भक्तवहादुर वलीले जानकारी दिए । “अहिले गाँउपालीकामा एक जना कार्यकारी अधिकृत, एक जना लेखापाल, र एक जना खरीदार गरी जम्मा तीन जना कर्मचारीहरूले सवै शाखाहरूको काम गरिरहेका छन्” अध्यक्ष वलीले भने ।
दाङका १० वटा उप महानगरपालीका, नगरपालीका र गाँउपालीका मध्ये घोराही उप महानगरपालीका, लमही नगरपालीका, शान्तिनगर गाउँपालीका, दंगिशरण गाँउपालीका र तुलसीपुर उप महानगरपालीका गरि ५ वटाका शिक्षा शाखाहरूमा एक एक जना कर्मचारी खटिएका छन् । राप्ति गाउँपालीका, गढवा गाउँपालीका, राजपुर गाउँपालीका, बंगलाचुली गाँउपालीका र बबई गाउँपालीकाको गाँउ शिक्षा शाखामा एक जना पनि कर्मचारी छैनन् । तर यी गाँउपालीकामा शिक्षा सम्बन्धी कामको समन्वय स्रोत व्यक्तिले लागिरहेका छन् । कर्मचारीहरू नहुँदा नागरीकले सहज रूपमा सेवा पाएका छैनन् । जिल्लामा पर्याप्त कर्मचारी नहुँदा र केन्द्रले थप कर्मचारी नपठाउँदा स्थानीय तहको काम प्रभावकारी हुन नसकेको हो । स्थानीय तहका जनप्रतिनिधिहरूले अपुग कर्मचारी जिल्ला समन्वय समितिसंग माग गरेपनि केन्द्रले कर्मचारी पठाएको छैन । राजपुर गाउँपालिकाका वडा नंं १, २ र ३ को काम एउटै सचिवले हेर्दै आएका छन् । साविक बेला गाविस अन्तर्गत रहेका तीन वडाको सम्पुर्ण काम आफुले विगत असार महिनादेखि हेदै आएको सचिव मेघसिंङ पछाईले जानकारी दिए । अन्य वडामा सचिव नहुदा दैनिक प्रशासनिक काम तथा आर्थिक काममा समस्या हुने गरेको छ । “पञ्जीकरणका काम प्राविधिकहरूले गर्ने गरेपनि आर्थिक विषयमा समस्या हुने गरेको छ” वडा सचिव पछाईले भने । एउटा सचिवले तीन वडाहरू हेर्नुपर्ने बाध्यता भएका कारण जनताहरूको काममा कुनै अप्ठेरो नहोस भनेर आफु नभएको अवस्थामा पनि वडामा सचिवले गर्ने सम्पुर्ण कामको जिम्मेवारी वडाका प्राविधिक तथा लेखापालहरूलाई दिने गरेको पछाईले जानकारी दिए । जनताको काम छिटो र छरितो होस् भन्नका लागि प्राविधिकहरूलाई पनि सचिवले गर्ने काम गर्न लगाएको उनले बताए । राजपुर गाउँपालिकामा ८ वटा वडा रहेका छन् । त्यहाँ दुई जना मात्र सचिव छन् । वडा सचिव नभएका वडाहरूमा लेखापाल तथा प्राविधिकहरूले सचिवको काम गर्ने गरेको राजपुर गाँउपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिए । राजपुर गाँउपालिकामा अहिले सम्म थप कर्मचारी आएका छैनन । पहिले गाविस हुँदाका सचिवहरू नै वडा सचिवको स्तरमा छन् भने अहिले बनेका नयाँ वडाका लागि सरकारले सचिवको व्यवस्था गर्न नसकेको केसीले बताए । “स्थानीय तहमा जनप्रतिनिधि आएदेखि सचिव लगाएतका अन्य प्राविधिक कर्मचारी ल्याउने प्रयास गरेपनि सकिएको छैन” गाउँपालिका अध्यक्ष केसीले भने ।
त्यस्तै गढवा गाउँपालिकामा रहेका आठ वडा मध्ये अहिले दुई वटा वडामा मात्र सचिवहरू छन् । बाँकी छ वटा वडाहरूमा लेखापाल तथा प्राविधिकहरूले वडा सचिवको काम गर्ने गरेका छन् । गढवा गाविस हँुदासम्म लेखापालको काम गर्दै आएका कुलराज कुमाल गाउँपालिका भएसँगै वडा सचिवको काम गर्दै आएका छन् । गढवा गाउँपालिका वडा नं.२ को जिम्मेवारी तोकिएपनि सचिव अभावका कारण आफुले वडा नंं १ को समेत प्रशासनिक काम गर्दै आएको कुमालले बताए । “वडा सचिवका रूपमा मैले दैनिक प्रशासनिक कार्यदेखि मालपोत बुझ्ने लगाएका कामहरू गर्ने गरेको छु, लामोसमयदेखि यहि क्षेत्रमा काम गरेका कारण मलाई काममा समस्या भएको छैन तर कर्मचारी नहुँदा विदा बस्न समेत पाईएको छैन” कुमालले भने । पञ्जीकरण, सिफारिस, नाता प्रमाणिकरण, उद्योग दर्ता लगाएतका काम सजिलै भएपनि आर्थिक कारेवार गर्दा भने समस्या हुने बताए । वडामा विकास निर्माणका कामहरूसँगै पेश्की निकासा गर्न सचिवै चाहिने भएकोले आफूहरूलाई काम गर्न समस्या हुने गरेको कुमालले बताए । गाउँपालिकामा वडा सचिव नहुदा विकास निर्माण र दैनिक प्रशासनिक काम गर्न कठिनाई हुदै आएको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरले जानकारी दिए । वडामा सचिवहरू नहुदा योजना निर्माणदेखि आर्थिक पक्षको काम गर्न समस्या देखिने गरेको गाउँपालिकाका अध्यक्ष अहिरले बताए । “आफ्नो गाउँपालिकाका वडाहरू सचिव बिहिन भएकाले सचिवहरू उपलव्ध गराईदिन जिल्ला समन्वय समितिलाई अनुरोध गरिरहेको छु तर सुनुवाई भएको छैन” अहिरले भने ।
जिल्ला समन्वय समितिका अनुसार अहिले जिल्लाका ३० वटा वडाहरू सचिव विहिन छन् । जिल्लामा भएका केही कर्मचारीहरूलाई व्यवस्थापन गरेपनि अधिकांस स्थानीय सरकारमा समस्या देखिएको जिल्ला समन्वय अधिकारी कृष्ण गौतमले बताए । घोराही र तुलसीपुर उप महानगरपालिका बाहेक लमही नगरपालीका र सबै गाउँपालीकाहरूका कर्मचारी अभाव देखिएको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?