© २०२३
नवलपुर, २४ भदौ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काम ढिलासुस्ती भएको भन्दै गैँडाकोटका स्थानीयले सोमबार सडकमा चक्काजाम गरेका छन् । सडक विस्तार तथा मर्मतमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको र दिनहु हैरानी खेप्न परेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
गैँडाकोट २ पुलचोक नजिक इलाका प्रहरी कार्यालय गैँडाकोट अगाडि स्थानीयले करिब १ घण्टा चक्काजाम गरेका हुन् । उनीहरुले चाडपर्व नजिकिंदा समेत सडक मर्मतमा कुनै चासो नदिएको उल्लेख गर्दै टायर बालेर समेत बिरोध गर्दै सडक अवरुद्ध गरेका थिए । छिटो काम गर्न दबाब दिनका लागि सडक अवरुद्ध गरिएको स्थानीयहरुले बताएका छन् । उनीहरुले बिहान ११ बजेदेखि १ घण्टा चक्काजाम गरेका हुन् ।
सडकमा हिँड्ने मात्रै नभई पसल बस्नेहरुलाई पनि असर गरिरहेकोले बाध्यताले चक्काजाम गर्नुपरेको गैडाकोटका ब्यवसायी नारायण गौडेलले बताए । लामो समयसम्म पनि व्यवसायीको अगाडि ठूला ठूला खाल्डो खनेर अलपत्र पारेको गौडेलको भनाई छ ।
सडककै कारण व्यापार पनि ठप्प भएको डेङ्गु जस्ता रोगव्याधी निम्त्याएकोले मर्मत गर्न दवाव दिन आन्दोलन गर्नुपरेको स्थानीय संजिव तिवारीले बताए ।
निर्माण पक्षलाई पटक पटक आग्रह गर्दा पनि अटेर गरेका कारण सडकमा उत्रनु परेको गैँडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश सापकोटाले बताएका छन् ।
इलाका प्रहरी कार्यालय गैँडाकोटमा प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक निर्माण पक्षलाई बोलाएर छलफल गराउने आश्वासन दिएपछि अवरुद्ध सडक स्थानीयले खोलेका थिए । यसअघि गत वर्षको भदौ २० गते पनि यहाँ स्थानीयले चक्काजाम गरेका थिए । गैँडाकोटका अन्य क्षेत्रमा पनि सडक मर्मत तथा काममा भएको ढिलासुस्तीको विरोधमा स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् ।
सामान्य पानी पर्दा पनि यहाँ अन्य क्षेत्रको पानी समेत बगेर आउने भएकोले हिलाम्य हुने गरेको छ भने घाम लाग्दा धुलाम्य हुने गरेको छ । हिलो हुँदा पनि सडक मर्मत नगर्ने तथा घाम लाग्दा पानी समेत नहाल्ने गरेको स्थानीयले बताउँदै आएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी