© २०२३
तिलोत्तमा नगरपालिकाका ६ जना वडाअध्यक्षले आफनो पारिश्रमिक भत्ताको सबै र एक जनाले आशिंक सामाजिक क्षेत्रमा लगाउने भएका छन् । पारिश्रमिक भत्ता नबुझदा आफनो वडामा त्यसले कुनै प्रभाव नपार्ने भएकाले उनीहरूले पारिश्रमिक भत्ता सबै बुझ्ने तर त्यो रकम आफनै वडाको सामाजिक क्षेत्रमा लगाउने घोषणा गरेका छन् ।
तिलोत्तमा नगरपालिकाको वडा नम्वर ३ का अध्यक्ष टंक प्रसाद तिवारी, ५ का अध्यक्ष चेतनारायण भण्डारी, ७ का अध्यक्ष दुर्गा प्रसाद पाण्डे, ९ का अध्यक्ष नारायण न्यौपाने, १० का अध्यक्ष व्यासमुनि चौधरी, १५ का अध्यक्ष खेमराज गुरुगंले भत्ता पारिश्रमिक सबै र वडानम्वर १७ का अध्यक्ष दान बहादुर चौधरीले प्राप्त रकमको कम्तिमा २० प्रतिशत सामाजिक क्षेत्रमा लगाउने भएका छन ।
वडानम्वर ७ का पाण्डे र ९ का न्यौपानेले शिक्षा क्षेत्रमा लगाउने घोषणा गरेपनि अन्यले सामाजिक क्षेत्रमा लगाउने तर कुनमा भन्ने अझै निश्चित गरेका छैनन ।
पाण्डेले आफ्नो वडाका कक्षा ११ र १२ पढ्ने गरीव छात्राको शुल्क तिरीदिने र नया साइकल किनीदिने घोषणा गरेका छन । वडाका कक्षा १० उत्र्रिण भएका कुनै छात्रा पनि पैसाका कारणले पढन पाइन भन्ने बनाउँदिन पाण्डेले भने । न्यौपानेले वडामा रहेका ३ वटा सामुदायिक बिद्यालयको पूर्वाधार बिकास र पढाईको स्तरउन्नतीका लागि खर्च गर्ने बताए । ५ वर्षमा साढे लाखको हाराहारीमा तलब भत्ता आउने रहेछ त्यसमा अझै साढे २ लाख जति व्यक्तिगत कमाई थपेर २० लाख रूपैया बिद्यालयहरूलाई एकमुष्ठ दिन्छु न्यौपानेले भने ।
वडा नम्वर ३ का अध्यक्ष टंक तिवारीले यही क्षेत्रमा खर्च गर्छु नभने पनि वडाका जनप्रतिनिधिहरू र अन्य सबैसंग सल्लाह गरेर कुनै सामाजिक क्षेत्रमा रकम लगाउने बताए । हाम्रोमा एउटा मात्र सरकारी बिद्यालय छ अन्य सरकारी कार्यालय कुनै पनि छैनन सबै साथीहरूसंग सल्लाह गर्छु तर यो रकम अन्यत्र लगाउँदिन तिवारीले भने ।
वडा नम्वर ५ का अध्यक्ष भण्डारीले पारिश्रमिक भत्ता बुझदिन भन्दै हल्ला नगरेपनि अहिले पनि सामाजिक क्षेत्रमा केही रकम लगानी गरेको र अव सबै रकम सामाजिक क्षेत्रमा नै लगाउने बताए । उनले भने–‘सबैले एउटै क्षेत्रमा लगाउनु पर्छ भन्ने छैन साथीहरूसंग सल्लाह गरेर कुनै क्षेत्रमा लगाउँछु ।’
त्यस्तै वडा नम्वर १० अध्यक्ष चौधरीले सरकारी रकम अहिलेसम्म नलिई राजनीति गरेको व्यक्तिले यो ५ वर्ष पनि आफुले पाउने रकम जनताकै लागि खर्च गर्ने बताए । सम्पत्ति बेरेरै राजनीति गरीयो धेरै असहाय टुहुरा वालबालिका छन गाउमा अपागं छन कुनै क्षेत्रमा खर्च गर्छु चौधरीले भने ।
वडाअध्यक्ष निर्वाचित भएदेखि नै कोटीहवाको नेपाल अभिनास आश्रममा प्रत्येक शुक्रवार खाना खुवाउने गरेको, वडाका अशक्तहरूलाई पाँच पाँच सय भत्ता दिने गरेको बताउँदै वडा नम्वर १५ का अध्यक्ष गुरुगंले अवपनि पारिश्रमिक भत्ताको सबै रकम सामाजिक क्षेत्रमा लगाउने बताए । उनले भने मैले निर्वाचनका समयमा नै अनाथलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको थिए त्यसलाई कार्यान्वयन गरीरहेको छु ।
वडा अध्यक्षको पदवहाली गर्दा नै आफनो पारिश्रमिक र भत्ताको कम्तमिा २० प्रतिशत सामाजिक क्षेत्रमा लगाउने घोषणा गरेका वडा नम्वर १७ का अध्यक्ष दान बहादुर चौधरीले १० प्रतिशत गरीव जेहेन्दार बिद्यार्थीको छात्रबृत्ति र १० प्रतिशत अपागंहरूको सहयोगमा खर्च गरेको बताए । चौधरीले बाकी रकमको सम्वन्धमा अहिले नै घोषणा नगरेपनि आवश्यकता अनुसार खर्च गर्ने बताए । आफुले पाउने पारिश्रमिक भत्ता सामुदायिक बिद्यालयका बालबालिकाको छात्रबृत्तिमा खर्च गर्ने गत वर्ष नै घोषणा गरेका तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिका भित्रका ४४ सामुदायिक बिद्यालयका एक एक जना बिद्यार्थीलाई पहिलो वर्षको छात्रबृत्ति रकम बितरण गरिसकेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी