ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

गीतले रमाइलो तीज पर्व

२१ भाद्र २०८१, शुक्रबार
२१ भाद्र २०८१, शुक्रबार

दिदी र बैनी भेट भएको बेलामा
रस र रङ्ग गरम् बरिलै २
आइसालको तिजमा के हुने हो था छैन
अइलेको तिजमा नाचम् बरिलै २
तिज नआई तिज गीत गाइन्न र तिज गीत नगाई तिज पर्व मनाइन्न । तीज गीतले नै तिज पर्व रमाइलो बन्दै आएको छ । हिन्दुमहिलाहरूले मनाउने यो पर्वसामान्यतया भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ। तिजमा शिव र पार्वतीको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गरिन्छ। नेपाली हिन्दु महिलाहरूद्वारा स्वतन्त्ररूपमा मनाइने तिज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने नेपाली रहेका ठाउँ नेपालबाहिर पनि त्यत्तिकै हर्षोल्लासका साथ मनाइन्छ।सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको पूजाआजा र उपासना गर्ने भाद्र शुक्ल तृतीयाको दिनलाई तिज र हरितालिका पनि भनिन्छ । तृतीया तिथिमा मनाइने हुनाले तिज भनिएको हो ।

तिज पौराणिक कालदेखि चलिआएको मानिन्छ । पुराणहरूका अनुसार हिमालय पर्वतले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन दिएको पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन वनमा गएर शिवजीको कठोर तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको लामो समय भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नखाईकन निराहार व्रत बसिन्। पार्वतीको यस्तो कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी वर दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि यस दिनलाई तिज पर्वका रूपमा मनाइँदै आएको मानिन्छ ।
तिज पर्वलाई भव्यतापूर्वक मनाउन तिज आउनुभन्दा अगाडि नै छोरीचेलीलाई लिन तिनका घरमा गएर ल्याइन्छ । लिन जानेमा बाबु, दाजु या भाइ हुने गर्छन् । वर्षाको बेला र बाटोको विकटताले गर्दा छोरीचेली एक्लै माइतआउजाउ गर्नु कठिन भएकाले लिन जाने चलन थियो । विवाह भएर टाढा पुगेका दिदीबहिनीबिच भेट गराएर यस पर्वले उनीहरूको मन हलुका पार्न र सुख दुखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । यसले गर्दा महिलाको क्षमतामा ऊर्जा थप्ने काम गर्छ ।त्यति बेलासञ्चार सुविधाथिएन ।त्यसैले लिन र पु¥याउन जानु आवश्यक हुन्थ्यो । अब भने फोन या मेसेन्जरका मध्यमबाट बोलाएमात्र पनि पुग्छ ।

तिजमा खाइने अडिलो वा दरिलो भोजनलाई दर भनिन्छ । सामान्यतया दर भाद्र शुक्ल तृतीयाको अघिल्लो बेलुका खाइन्छ । कतै कतै श्रीकृष्णजन्माष्टमीको अघिल्लो दिन पनि दर खाने खुवाउने चलन छ । यसलाई भने छोटी दर भन्ने गरिन्छ । छोरीचेलीलाई घरमा ल्याएपछिमिठा मिठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गर्ने चलन सकारात्मक छ । दरमा ठाउँअनुसार खिर, ढकने, सेलरोटी, केरा,दही आदि खाना, फलफूल खाने गरिन्छ । ठाउँअनुसार दरमा माछा, मासुका परिकार पनि हुने गरेका छन् । दरो हुने गरी अडिलो खाना खाइने हुनाले यस्तो भोजनलाई दर भनिएको हो । पाएसम्म अनदीको लट्टे, तिलको छोप हालिएको करेलाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नखाई व्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलाको तरकारी खाने गरिन्छ । भोलिपल्ट दिनभर भोकै व्रत गर्नुपर्ने हुनाले अघिल्लो बेलुकाको खाना अडिलो खाने प्रचलन भएको हुनसक्छ ।

तिजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता महिलाहरूसुयोग्य वरको आशा राखी व्रत बस्छन्। व्रतको समयमा महिलाहरूले तिजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई दान दक्षिणा गर्ने चलन छ। यस दिन पानी पनि नखाई व्रत बस्नुपर्ने मान्यता रहेको छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवलाई पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।

तिजभर महिलाहरू रातै हुन्छन् । रातो टिका, रातो कपडा, रातो चुरा, पोते आदि लगाउँछन् । चाडपर्वका सन्दर्भमा रातो रङसौभाग्य र खुसीको प्रतीक मानिन्छ । महिलाहरू यस दिन राता लुगा, गरगहना र झपक्क चुरा, पोतेलगाएर नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै व्रत बस्छन् ।

पतिको दीर्घायुको कामना, योग्य पति (वर) प्राप्तिको कामना र पारिवारिक सुख र शान्तिको कामना आदितिज पर्वका विभिन्न प्रयोजन छन् ।अव त मनोरञ्जन र महिला स्वतन्त्रता पनि थपिएकोछ । तिजको व्रत बस्नाले विवाहित महिलाले सौभाग्य वा अविवाहितले इच्छित वर पाउने भन्ने लोकविश्वास छ । तिजमा आफ्ना अधिकार तथा वेदना समेटिएका गीत गाउँछन् । यस दिनलाई महिलाहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्छन् । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मिठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व हो ।

बाबा लिन आउनुहुन्छ भनी कुरेँ आँगन
यो चेलीको जिन्नगीमा घामै लागेन ।
नेपाली महिलाको महान् पर्व तिजका अवसरमा परम्परादेखि गाइँदै आएका गीतलाई तिज गीत र तिजेगीत पनि भनिन्छ । तिज गीत नेपालमा र नेपालबाहिर जहाँजहाँ नेपाली बस्ती छन्, त्यहाँत्यहाँ पनि रमाइलो गरी गाइन्छ । तिज गीतको आफ्नै प्रकारको कथ्यविषय, लय, भाका र शैली छ । खास कथ्यविषय, लय, भाका र शैलीका केही परम्परित गीत छन् भने बाँकी तत्यस्तै कथ्यविषय, लय, भाका र शैलीमा तत्काल जुराउँदै गाउँदै गरिन्छ ।

सामान्यतयातिज गीतश्रीकृष्णजन्माष्टमीदेखि ऋषिपञ्चमीसम्म गाइन्छ । माइत जाँदाको उमङ्ग र जान नपाउँदाको व्यथाका साथै विभिन्न समसामयिक सामाजिक सन्दर्भ, महिलामाथिको शोषण, दमन, उत्पीडन, सासूका अत्याचार, गरिबी, अभाव, इच्छा, आकाङ्क्षा, बालविवाह, अनमेल विवाह, दाइजो प्रथा र तत्जन्य दुष्परिणति, बोक्रे आडम्बर, पतिका दुव्र्यवहारको आलोचना, माइतीप्रेम आदि तिज गीतका मुख्य वण्र्यविषय हुन् । दाजुभाइ, बाआमाप्रतिको माया सद्भाव, तिनले देखाएको गलत व्यवहारको आलोचना, जन्मस्थलप्रतिको सम्झना पनि तिज गीतकोविषय बनेको पाइन्छ । केही उदाहरण ः
तिजैका बेलीमा बाबा लिन आएका
अँधेरी खोलीले लग्यो बरिलै ।
यहाँ बाढी, पहिरो र बाटोको विकटता व्यक्त भएको छ ।
तिज आयो भन्छन् सबै माइत जान्छन्
हामी चेली अभाकिनी कसका माइत जाम् ?
यहाँ तिजमा माइत जान नपाएकी चेलीको दर्द व्यक्त भएको छ ।
लैनो भैँसी दुहेर बजारमा लानु छ
अमिलाको चानासंँग भात खानु छ ।
यहाँ चेलीको श्रममा अरूले मस्ती गर्ने र चेलीले अभावको सास्ती बेहोर्नुपर्ने आर्थिक अवस्था व्यक्त भएको छ ।
हातै लाउने रैयाँ चुरी साहुकहाँ बन्धक
किन आउँछस् पापी चाड मनै रुवाउन ?
यहाँ गहनागुरियाबिना तिज मनाउनु पर्दाका चेलीको वेदना व्यक्त भएको छ ।
रम र झम तिजै आयो भन्चन्,
सिरैमा छइन सिरफूला ।
सिरैको सिरफूला भाग्य भए लामला,
दिदी बैनी भेट हुन काँ पाम्ला ?
कतिमा राम्रो बाबाको आँगनी,
छिर्करी मारी नाचम्ला ।
छिर्करी मारी नाचनी चेलीको,
सिरैमा छइन सिरफूला ।
सिरमा लाउनी सिरफूला भाग्य भए लाम्ला,
दिदी बैनी सँगै नाच्न काँ पाम्ला ?
यहाँ दिदी बहिनीका बिचको मायाप्रेमप्रकट भएको छ ।
वर्ष दिनको तिजैमा बाबा लिन आएका
हाम्री बज्यै पापिनीले लुकाइन् सिरफूल
दैलो पोत्ने सिरफूल, भाँडा माझ्ने सिरफूल
अराई–सिकाई राखे बज्यै त्यही सिरफूल ।
यहाँ गहनागुरिया लुकाउने सासूप्रति घोचपेच गरिएको छ ।
पारि पाखा सेतै भयो सिमलुको भुवाले
छोराजति परदेश गए भन्छन् बुवाले
दाजुभाइलाई उई रमाइलो मोटरको लाइन
हामीचेली भइन्जेल गर चइन ।
यहाँ छोरा र छोरीका बिचमा हुने गरेको विभेदको आलोचना छ ।
छोरालाई दिनदिनै मास्टरको काखमा
हामीलाई दाउरा–घाँस वन पाखामा
पढ्न जाने बेलामा जानुप¥यो मेलामा
विकास गर्ने बेलामा घरको झेलामा
दिदीबैनी घर जान्छन् रित्तो झोला बोकेर
दाजुभाइ अंश लाउँछन् किलो ठोकेर ।
यहाँ पनि छोरा र छोरीका बिचमा हुने गरेको विभेदको आलोचना व्यक्त भएको छ ।
कुवाको पानी आफैँ भर बज्यै
मेरो त कम्मर खायो बरिलै
ठेकीको दही आफैँ मथ बज्यै
मेरो त कम्मर खायो बरिलै
ढिकी र जाँतो आफैँ गर बज्यै
अब त लोकतन्त्र आयो बरिलै
यहाँ लोकतन्त्र आएपछि अन्यायको प्रतिरोध हुन थालेको विचार व्यक्त भएको छ ।
यी गीत फरक फरक ताल, लय र भाकामा गाइन्छन् । लोकले लय, ताल, सुर र गायन तथा नृत्यको व्याकरण पढेका हुँदैनन्, तर तिनमा स्वस्फूर्त प्राकृतिक व्याकरणले काम गरेको हुन्छ । अरूले सिक्नुपर्छ ।
(बाँकी पृष्ठ ३ मा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?