ट्रेंडिंग:

>> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

गनाह–स्वर्गद्वारी सडक तीन वर्षमा २५ जनाको मृत्यु

२० भाद्र २०८१, बिहीबार
२० भाद्र २०८१, बिहीबार

प्युठान, २० भदौ ।
प्युठानको सरुमारानी–१ गनाह देखि स्वर्गद्वारीसम्म तीन वर्षमा २५ जनाको सडक दुर्घटनमा परी ज्यान गएको छ । नेपालको विभिन्न भूभाग र भारतीय पर्यटकहरूका आवागमन हुने मुख्य सडकमा पछिल्ला तीन आर्थिक वर्षमा २५ जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ ।

तथ्यांक अनुसार ३३ वटा दुर्घटनाहरू घटेका छन् । गनाह देखि स्वर्गद्वारीसम्म सडकमा आर्थिक बर्ष २०७८÷०७९ देखि २०८०/०८१ सम्म ३ बर्षको अवधिमा ३३ वटा सवारी साधन दुर्घटनाका घटना, २५ जनाको मृत्यु र ४७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी निरीक्षक शरद के.सी.ले जानकारी दिए ।

तथ्यांक अनुसार दूर्घटनामा परी ११ पूरुष, ६ महिला, ८ बालकको ज्यान गएको हो । त्यसैगरी दूर्घटनामा गम्भिर घाइते हुनेको संख्या ४७ रहेको छ भने सामान्य घाइते पनि ४७ कै संख्यामा रहेको तथ्यांक रहेको छ । दूर्घटना हुने साधनहरू मध्ये सबै भन्दा बढी मोटर साइकल रहेका छन् । १९ वटा मोटरसाइकल, ७ वटा जीप, ५ वटा बस, २ वटा माइक्रोबस, २ ट्याक्टर र १ वटा टेम्पो गरी दूघटनामा पर्ने साधनको सङ्ख्या ३७ रहेको छ ।

भालुवाङ–प्युठान सडक २०४५ साल र भिंग्री–स्वर्गद्वारी सडक २०६४ सालमा निर्माण भएका हुन् । तर सडक सुधार प्रभावकारी नहुँदा सर्वसाधारण यात्रामा हैरानी व्यहोर्न बाध्य छन् । फराकिलो र गुणस्तरीय सडक नहुँदा दुर्घटना हुने गरेको छ ।

गतबर्ष जेठ २९ गते यहि सडकमा स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा कार दुर्घटना हुँदा ८ जनाको ज्यान गयो । त्यसपछि यो सडक सुधारको विषयमा सम्बन्धित सरोकारवालापक्षहरूको चासो बढेको छ । गतबर्ष मात्रै सडक डिभिजन कार्यालय प्युठानको पहलमा सडक बोर्ड मार्फत ११ करोड बजेटको व्यवस्था गरेर सडक सुरक्षाको लागि भिंगृदेखि स्वर्गद्वारीको खण्डमा खर्च गरिएको सडक डिभिजन कार्यालय प्यूठानका सूचना अधिकारी राजेन्द्र कार्की जानकारीले दिए । टेण्डरमार्फत गरिएको उक्त बजेटवाट सडक सुरक्षाका लागि सडक मर्मत, ट्राफिक सेफ्टी, खाल्डाखुल्डी पुर्ने लगायतका कार्य भएको छ । तर सडकमा पहिरोले पुरिएर र भत्किएर पुनः समस्या भएका छन् ।

सडक डिभिजनसँगै सडक पूर्वाधार विकास कार्यालयमार्फत गत वर्ष ३ करोड ५४ लाख खर्च गरेको छ । उक्त रकमबाट यो सडक क्षेत्र अन्तरगत घडेरी र रुमालेमा पहिरो नियन्त्रण, ४ सय मिटर सडक सुरक्षा व्यारियर निर्माण र सडक मर्मतको काम भएको कार्यालय प्रमुख चन्द्र शाहले बताए । विभिन्न निकायबाट करोडौँ रकम खर्च भएपनि कम बजेट र दिगो योजनाको अभावमा यो सडकको समस्या दिगो रूपमा समाधान हुन अझै सकेको छैन । उता चकचके देखि गनाह खण्डमा पनि सडक फराकिलो बनाउने काममा सरकारको करोडौं रकम खर्चेपनि समस्या झन बल्झिएको छ । गर्जेनी, खहरे लगायतका ठाउँहरूमा पानी प¥यो की पहिरो झर्ने समस्याले रोल्पा, प्युठान, गुल्मी र स्वर्गद्वारी आउने पर्यटकहरूले समस्या झेल्दै आएका छन् । दाङको घोराही र भालुवाङ देखि स्वर्गद्वारी पुग्न सकिन्छ ।

बढी सङ्ख्यामा पर्यटकहरूले यात्रा भालुवाङ–चकचकेबाट गर्ने गर्दछन् । पछिल्लो समयमा महेन्द्र राजमार्ग जोड्ने भालुवाङ–प्युठान सडकमा समस्या देखिएको छ । सडक समस्याका कारण पर्यटक घटेको स्थानीय विष्णु खनालले बताए । ‘स्वर्गद्वारी आउने दर्शनार्थीको मुख्य समस्या सडक देखिएको छ’ खनालले भने,‘सुधारका लागि प्रभावकारी काम भएन ।’ प्युठानको भालुवाङ–प्युठान सडक पटक–पटक बन्द हुँदा पर्यटकहरू अलपत्र पर्ने समस्या झेल्दै आएका छन् । बाटो पार गरी भिंग्रीबाट माथि उक्लने क्रममा पुनः साँघुरो सडक, बिग्रेको सडकका कारण गाडीबाट उक्लेर धकेल्ने, त्रसित हुनु पर्ने समस्या भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?