ट्रेंडिंग:

>> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

सिद्धबाबा सुरूङमाथि ‘ब्रेक थ्रु’ को आशा

१८ भाद्र २०८१, मंगलवार
१८ भाद्र २०८१, मंगलवार

निर्माण सुरु गरिएका ठूला आयोजना समयमै सम्पन्न नहुने नेपालको पुरानो रोग अझैपनि कायमै रहेको बेला सिद्धबाबा सुरूङ मार्गले ब्रेक थ्रु गर्ने सुन्दा त्यस क्षेत्रमा जोखिम मोलेरै यात्रा गर्ने हजारौं यात्रुलाई खुसी बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवलमा आईतबार अबको सय दिनभित्रै सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनेगरी काम भइरहेको बताउँदै गर्दा यात्रुमात्र होइन आम सर्वसाधारण नागरिकले खुसीको महसुस गरेका छन । ठूला आयोजना निर्माणमा ढिलासुस्ती हुन्छ भन्ने आमधारणालाई सिद्धबाबा सुरुङ मार्ग निर्माण योजनाले चिर्ने अपेक्षा गरिएको छ । बुटवल नारायणगढ सडक आयोजनाको काममा भैरहेको ढिलाईले चिन्ता उत्पन्न गरिरहेको बेला सिद्धबाबा सुरूङ मार्ग निर्माणले आम जनतामा पनि ब्रेक थु्र नै गरेको छ । मन्त्री दाहालको अभिब्यक्तिले निर्माणको क्षेत्रमा आशा उत्पन्न गरेको छ । सरकारले पुराना योजना सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गरेको मन्त्री दाहालको अभिब्यक्ति अव सत्य सावित हुनुपर्दछ । सरकारले पनि निर्माण व्यवसायीलाई तिर्नुपर्ने पुरानो बक्यौता तत्काल भुक्तानी गरेर निर्माणको क्षेत्रमा देखिएको अन्यौल चिर्ने प्रयास गर्नुपर्दछ । पछिल्लोसमय अर्थतन्त्र केही सकारात्मक हुँदै गएकोले सरकारले निर्माण व्यवसायीलाई एक महिनाभित्रैमा सवै भुक्तानी चुक्ता गर्ने प्रतिवद्धता गरेको छ । अव असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तीब्रता पाउने अपेक्षा गरिएको छ । आम जनताको अपेक्षा मुखरित बनोस् । मन्त्री दाहालले राजश्व संकलनमा कमी आएका कारण पुराना योजनाहरूको भुक्तानीमा केही समस्या भएको बताउँदै ती समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिवद्धताहरू आएसँगै एक महिनाभित्रै समस्याको हल हुने उल्लेख गरेका छन् । मन्त्री दाहालको भनाईले अव असोज महिनादेखि नेपालमा निर्माणको क्षेत्रले गति लिने विश्वास गरिएको छ ।

प्रारम्भिक चरणको निर्माणको काम सुरू हुँदै गर्दा गत बर्ष सिद्धबाबा सुरुङ मार्गको प्रवेशद्वार नै पहिरोले क्षतिग्रस्त बनाएपछि यसको भबिष्यलाई लिएर चिन्ता उत्पन्न भएको थियो । तर, निर्माण कम्पनीले समयमै काम सुरु गरेकोले सिद्धबाबा सुरुङ मार्गले गति लिने आशा सिर्जना भएको थियो । निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जसरी काम गरिरहेको छ, त्यो कामलाई अझै केही महिना यही रफ्तारमा अगाडी बढाउने हो भने निश्चितरूपमा सिद्धबाबा सुरुङ मार्गले ‘ब्रेक थु्र’ गर्नेमात्र छैन, अरू निर्माण कम्पनीलाई पनि समयमै काम सम्पन्न गर्नुपर्दछ भन्ने सन्देश जानेछ । बुटवलदेखि दोभानसम्मको करिव तीन किलोमिटर सडक बर्षौदेखि उच्च जोखिममा छ । हरेक बर्ष त्यहाँ मानवीय क्षति हुने गरेको छ । यस्तै नियती बर्षाैदेखि त्यस क्षेत्रमा यात्रा गर्नेहरूले भोग्दै आएका छन् । करिव डेढ किलोमिटर लामो सुरूङ मार्ग निर्माण सम्पन्न भएमा अत्यन्त जोखिम मानिएको सिद्धबाबा क्षेत्र सुरक्षित हुने आशा गरिएको छ । यो सडकबाट दैनिक झन्डै आठ हजार सवारी साधन आहोरोदोहोर गरिरहन्छन ।

यति धेरै सवारी साधनको आवतजावत हुने यस क्षेत्रको सडक जोखिमले भरिएको छ । यो सडकमा यात्रुले सास्तीमात्र पाएका छैनन, व्यवसायीले आफ्नो लगानी हत्केलामा जोखिम मोलेर चलाईरहेका छन । तसर्थ यो सुरूङ मार्ग राष्ट्रिय गौरवको आयोजनामात्र होइन, यस क्षेत्रका जनताका लागि जीवनबुटी पनि हो यो आयोजना । बुटवल नारायणगढ सडक खण्डको नियति हामीले बिगत पाँच बर्षदेखि भोगिरहेका छौं । सरकारले निर्माण पक्ष चाईना स्टेट कन्सट्रक्सनलाई पटकपटक ताकेता गर्दा पनि सडक निर्माणले गति लिन सकिरहेको छैन । यही बेला निर्माण कम्पनी नै भागेर गएको अवस्थामा सरकारले दिएको चेतावनीपछि फेरी फर्किएर आएको छ । कम्तिमा सिद्धबाबा सुरुङ मार्ग निर्माणको कामले यो बिबसता भोग्नुपरेको छैन । यो सुरुङ मार्गले तराईलाई पहाड र हिमालसंग समेत जोड्ने भएकोले यसको निर्माणको कामलाई लिएर साझा चिन्ता ब्यक्त भैरहँदा सय दिनमै यसको ब्रेक थ्रुको समाचार सार्वजनिक हुनु खुसीको कुरा हो । अव सरकारले समेत यो आयोजना छिटो सम्पन्न गर्न चासो र चिन्ता ब्यक्त गरेकोले निर्धारित समय अगावै सिद्धबाबा सुरुङबाट सवारी चल्ने आशा र विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?