ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

गणित र विज्ञान शिक्षकको खडेरी !

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

रोल्पा १७ भदौ ।
देविमन्दिर माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ५ रोल्पाले ५ भाद्र २०८१ म तेश्रो पटक शिक्षक पदपूर्तीका लागी विज्ञापन गर्यो । संघीय अनुदान कोटवाट तलव भत्ता पाउने गरी उसले त्यस अघि २ पटक विज्ञापन गरिसकेको थियो । गणित विषयमा वि.एड वा सो सरह शैक्षिक योग्यता भएका व्यक्तिहरूका लागी दर्खास्त आवह्वान गरिएपनि शुन्य दर्खास्त परेपछि विद्यालय व्यवस्थापन समितिले तेश्रो पटकका लागी विज्ञापन गरेको हो ।
कृष्ण माध्यमिक विद्यालय माडी गाउँपालिका १ घर्तीगाउँ रोल्पाले १२ भाद्र २०८१ मा विज्ञान शिक्षक पदपूर्तीका लागी तेश्रो पटक विज्ञापन ग¥यो । माडी गाउँपालिकावाट प्रदान गरिएको आधारभूत तह (६—८) विज्ञान विषयका लागी त्यस अघि उसले दुई पटक विज्ञापन गरी सकेको थियो । दुई पटक विज्ञापन गर्दा समेत शुन्य दर्खास्त परेपछि विद्यालय व्यवस्थापन समितिको निर्णय वमोजिम विद्यालयले तेश्रो पटकका लागी विज्ञापन गरेको हो ।
नमुना माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ५ कसलाले ५ भदौ २०८१ मा दोश्रो पटक विज्ञान शिक्षक पदपूर्तीका लागी विज्ञापन ग¥यो । मावि संघीय अनुदान शिक्षकमा लागी त्यस अघि उसले ७ भाद्र २०८१ मा विज्ञापन गरेको थियो । पहिलो पटक गरिएको विज्ञापनमा शुन्य दर्खास्त परेपछि विद्यालय व्यवस्थापन समितिको वैठकले पुनः दोश्रो पटक विज्ञापन गर्ने निर्णय गरेको थियो ।

शिक्षक व्यवस्थापनमा रोल्पाका सामुदायिक विद्यालयले भोग्दै आएका समस्याको नमूना हुन यी । विज्ञान र गणित विषय अध्यापन गर्ने शिक्षक नपाउदा यहाँका सामुदायिक विद्यालयहरूले पटक पटक विज्ञापन गर्नु पर्ने झंझट व्यहोर्दै आएका छन । अन्य विषय अध्यापन गराउने शिक्षकका लागी तिव्र प्रतिस्पर्धा भएपनि गणित र विज्ञान विषय अध्यापन गराउने शिक्षक भेट्टाउनै मुस्किल हुन्छ जिल्ला सदरमुकाममा रहेको विद्यालय वालकल्याण नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतवहादुर डाँगीले भने । जिल्लाका दुर्गम विद्यालय मात्र हैन सदरमुकामकै विद्यालयले पनि यो समस्या भोग्दै आएका छन डाँगीले भने ।

विद्यार्थी संख्या अनुसार दरवन्दी उपलव्ध नहुदा संघीय सरकार र स्थानीय सरकारहरूले शिक्षक व्यवस्थापन गर्ने आएका छन । संघीय सरकार र स्थानीय तहको अनुदानवाट तलव सुविधा पाउने त्यस्ता शिक्षक पदपूर्ती गर्दा यहाँका विद्यालयहरूले समस्या भोग्ने गरेका छन । लामो समय देखी गणित तथा विज्ञान विषयको शिक्षक अभाव हुदै आएको शैक्षिक क्षेत्रको जानकारहरू वताउछन । जिल्लामा त्यस्तो जनशक्ति निकै कम हुदा यस्तो समस्या भोग्नु परेको मावि लिपुवाङका प्रधानाध्यापक जीतकुमार शर्माको भनाई छ । आधारभूत तहका लागी पठनपाठन गराउन कम्तिमा प्लस टु तहको शैक्षिक योग्यता पुरा भई शिक्षक स्थायी अध्यापन अनुमती पत्र लिएको हुनु पर्छ । गणित विषयमा यो स्तरको जनशक्ति उत्पादन गर्ने गरी जिल्लामा थुप्रै प्लस टु भएपनि विज्ञान विषय अध्यापन गराउने प्लस टु संख्या २ वटा मात्रै छ । सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना मावि र त्रिवेणी गाउँपालिकामा रहेको जनजागृती नमूना माविले विज्ञापन विषयमा प्लस टु संचालन गरेका छन । ती विद्यालयहरूमा समेत विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको संख्या निकै न्यून हुने गरेको वताईन्छ ।

यो समस्यालाई हल गर्न रोल्पा नगरपालिकलो छात्रवृत्ती योजना समेत अघि सारेको छ । २०७५ साल देखी प्राविधिक छात्रवृत्ती दिँदै आएको रोल्पा नगरपालिकाले अघिल्लो वर्ष देखी छात्रवृत्तीको दायरालाई थप फराकिलो बनाउँदै अन्य विषयमा समेत छात्रवृत्ती उपलब्ध गराउने योजना अघि सारेको छ । नगरपालिकाले जिल्लामा गणित र विज्ञान अध्यापन गराउने शिक्षकको अभाव भएको भन्दै कक्षा ११ र १२ मा १० जनालाई ती विषय अध्ययन गर्न छात्रवृत्ती उपलव्ध गराउने भएको छ । यसका साथै उसले स्नातक तहमा समेत ६ जनालाई छात्रवृत्ती दिने कार्यक्रम अघि सारेको छ । स्नातक तहमा शिक्षा शास्त्र संकाय अन्तरगत विज्ञान र गणित विषय अध्ययन गरिरहेका नगरभित्रका भित्रका विद्यार्थीलाई सो छात्रवृत्ती उपलव्ध गराउने रोल्पा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कर्णवहादुर पुनमगरले जानकारी दिए । नगरपालिकाको छात्रवृत्तीले गणित र विज्ञान विषयमा जिल्लामा देखिदै आएको शिक्षक समस्या केही हद सम्म भएपनि कम हुने अपेक्षा गरेका छौं शिक्षा अधिकृत पुनमगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission