ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

परीक्षामा शिक्षक नै अनुत्तिर्ण !

१६ भाद्र २०८१, आईतवार
१६ भाद्र २०८१, आईतवार

प्युठान, १६ भदौ ।
माण्डवी गाउँपालिकाले बुधबार निम्न माध्यमिक तहको गणित शिक्षकको परीक्षा लियो । अनुदान कोटामा दरखास्त माग गरिएको थियो । तीन जनाको मात्र दरखास्त प¥यो । ती मध्ये दुई जना परीक्षामा सहभागी भए । ती दुबै जना लिखित परीक्षामा असफल भए । उत्तीर्ण हुन नसकेपछि माण्डवी गाउँपालिकालाई पुनः विज्ञापन गर्ने बाध्यता आइपरेको छ ।
माण्डवी गाउँपालिका–३ नयाँगाउँ स्थित माण्डवी माध्यमिक विद्यालयका लागि विषयगत शिक्षकको लागि आवेदन गरी परीक्षा लिएकोमा दुबै जना पास हुन नसकेको माण्डवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिइन ।
गणित मात्रै होइन जिल्लाका विभिन्न विद्यालयहरूलाई आवश्यक पर्ने विज्ञान विषयका शिक्षकहरू समेत पाउन मुस्किल पर्ने गरेको छ । २०८० चैत्रदेखि विज्ञान विषयको शिक्षक माण्डबी ४ सल्लीकर्ख स्थित यज्ञश्वरी आधारभूत विद्यालयले पान नसकेको विद्यालयले जनाएको छ । जसले गर्दा ८७ जना विद्यार्थीको पठपाठनमा समस्या देखिएको प्रधानाध्यापक चुमान सिंह गाहाले बताए । विद्यालयले अन्य शिक्षकहरूलाई विज्ञान विषयको जिम्मा दिइको छ । ‘विषयगत विज्ञता नहुँदा नहुँदै पनि अन्य शिक्षकले जिम्मेवारी लिनुपर्ने बाध्यता भयो ’ प्रधानाध्यापक गाहाले भने । विषयगत सीपले विद्यार्थीलाई सिकाईमा प्रभाव पार्ने हुँदा नतिजा हासिल गर्न कठिनाई हुने उनको भनाइ छ ।

यज्ञेश्वरीमा विज्ञान शिक्षकको लागि माण्डवी गाउँपालिकाले ६ पटक दरखास्त आव्हान गरिसकेको छ । पटक पटकको सूचनामा पनि दरखास्त नपर्ने समस्या भएको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।
पछिल्लो समयमा विद्यालयमा लिने परीक्षामा दक्ष जनशक्तिको अभाव हुँदै गएको छ । कम प्रतिस्पर्धाका कारण दक्ष जनशक्ति परिपूर्ती गर्न नसकिएकोले शैक्षिक गुणस्तरमा समेत असर पर्ने देखिएको छ । माण्डवी गाउँपालिकाले गाउँँपालिका अनुदान शिक्षक अन्तर्गत निम्न माध्यमिक तहको शिक्षकका लागि मासिक १९ हजार ५ सय ५० रूपैयाँ तलव तोकेको छ । ‘उच्च प्रतिष्पर्धा कुनै पनि विषयमा देखिँदैन’ उनले भने, ‘गणित, विज्ञान र अङ्ग्रेजी जस्ता विषयमा त झन समस्या देखियो ।’ विषयगत शिक्षक नपाएपछि अन्य विषयमा दक्ष शिक्षकले पठाएको नतिजा उत्कृष्ट हुन मुस्किल पर्ने उनको धारणा छ ।

यस्तै गौमुखी गाउँपालिका–१ अर्खा स्थित अर्खा माध्यमिक विद्यालयले ६ पटकमा शिक्षक भर्ना गरेको छ । अध्यापन अनुमती प्राप्त नगरेको व्यक्तिलाई नै शिक्षक भर्ना गरिएको हो । ‘मुस्किलले विद्यालयमा शिक्षक पठाएका छौं’ गौमुखी गाउँपालिकाका सूचना अधिकारी विष्णु सुवेदीले भने । अन्य विद्यालयमा समेत विज्ञापन गरिएकोमा शिक्षक पाउन समस्या परेको उनी बताउँछन्

जिल्लामा अंग्रेजी गणीत र विज्ञान विषयका दक्ष शिक्षा पाउन समस्या देखिएको शिक्षा समन्वय इकाई प्युठानका सूचना अधिकारी कुमार पुरीले बताए । ‘छोटो समयका लागि बाहिरबाट आउने कम हुने र स्थानीय स्तरमा विषयगत जनशक्ति नहुनुले भएकाले करारका लागि शिक्षक अभाव खड्किएको हो’ पुरीले भने, ‘तलब थोरै हुँदा पनि आकर्षण नभएको हुन्सक्छ ।’ संघीय अनुदान अन्तरर्गत अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक भर्ना गर्न पाउने भएपनि दरखास्तै नपर्ने, दरखास्तबाट उत्र्तिण हुन नसक्ने समस्याहरू देखिँदै आएको समेत पुरी बताउँछन् । अहिले नियमित शिक्षक सेवा आयोग खुलिरहेको छ । अधिकांशले तयारी गरिरहेका छन् । यसले गर्दा पनि करार र अनुदान शिक्षक पाउन गाह्रो भएको पुरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?