© २०२३
स्थानः गुल्मी श्रृङ्गा
समयः दशैंको दिन दिउँसो १ बजे
प्रायः मेरो मोवाइलमा एपबाट आउने नोटिफिकेशन अफ हुन्छ, तर हाम्रो पात्रोको नोटिफिकेशन चाहि अन नै हुन्छ, किनकी यसले सवै न्युज पोर्टलबाट छानी छानी हाल्ने उत्कृष्ट ब्रेकिङ समाचारको नोटिफिकेशन व्लींक गर्नुको मजै बैग्लै हुन्छ, यस्तै नोटिफिकेशन चाहे रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा होस्, चाहे पुष्पकमल दाहालले गठवन्धन वदल्दा होस्, चाहे रवि लामिछाने चितवनमा पक्रउ पर्दा होस् धेरैपटक समाचारमा ताजगी दिएको छ र त पहाडी बाटोमा मोटरसाइकल चलाउनु आफैमा जोखिमयुक्त हँुदाहँुदै सरसर्ती हेडिङ हेर्न भ्याएँ । मन्त्रीपरिषद्को बैठकले टिकटकमा प्रतिवन्ध लगाएछ । मन खिन्न भो, हुन त म टिकटकमा त्यति अभ्यस्त हैन तर टेक क्षेत्रमा काम गर्ने लोकतान्त्रिक मुलुकको नागरिकको लागि त्यो समाचार जति दुःखद् थियो त्यो भन्दा दुःखद दर्शैको दिनमा यही एपलाई व्यावसायिक थलो बनाएर टिकटकबाटै जिविका चलाइरहेका, मनोरञ्जनात्मक तरिकाले टिकटक चलाइरहेका, सूचना र शिक्षाको अपडेटको लागि वा अनेकन उद्देश्यले प्रयोग गरिरहेका युजरहरुको विना सल्लाह विना सहमति अधिकार खोसिएको थियो, बालेनका पुलीसहरुले डोकोका मकै जफत गरे जसरी, कुनै छलफल राय सुझाव नलिई राज्यले कठोर बनेर नागरिका हातको सामान यसरी खोस्नु तानाशाही शैली थियो ।
कति छन् नेपालमा टिकटक युजर्सहरुः
नेपालको जम्माजम्मी १ लाख ४७ हजार ५५१ वर्ग किलोमिटर एरियामा बसोवास गर्ने जनसंख्या करिव ३ करोड छ, यसमध्ये झण्डै एकतिहाई टिकटक युजर रहेकोे विभिन्न एआई टुल्सहरुका तथ्यांकको विष्लेषणले देखाउंछन्, जसमध्ये १८ देखि २४ वर्षका ४६ प्रतिशत २५ देखि ३४ बर्ष उमेर समूहका ४७ प्रतिशत जनसंख्याले टिकटक चलाउने गर्दछन्, भलै यो प्रतिवन्धपछि केही घटेको देखिन्छ । यो भनेको युवापुस्ताको मनोरञ्जन र सूचना आदानप्रदानको अभिन्न माध्यम मध्ये एक बनिसकेको तथ्यले पुष्टी गर्दछन्, जतिबेला सरकारले प्रतिवन्धको घोषणा गरेको थियो त्यसबखत गुगल, फेसवुक, युट्युव पछिका प्रयोगकर्ताहरु टिकटकका थिए, अझ युजरहरुले अनलाइन एपमा बिताउने समयलाई आधार मान्ने हो भने युट्युव र फेसबुकपछि त्यसबखत टिकटकको र्यांकीङ थियो ।
टिकटक प्रतिवन्धले युवापुस्तामा तरङ्ग नै ल्याएको थियो कतिपय अभिभावकहरु आफ्ना छोराछोरीको हाउभाउ बिगार्न सहयोग गरेको भन्दै मनखुस नै थिए, कतिपयले यसलाई सूचना पाउने हकको कटौतीको रुपमा व्याख्या गरिरहेका थिए तर हामी टेक कम्पनीमा काम गर्नेहरुको लागि यो अध्ययनको विषय थियो, सरकारले घोषणै गरेपनि त्यसरी एपमाथि प्रतिवन्ध लगाउनु राजनीतिक दाउपेचको हिसावले र टेक्नीकल हिसावले अलग विषय थियो । बेसमानको गतिमा आएको चक्रावत रोक्नु जस्तै सुरक्षित हुन्छ वा युएइमा वादलमा वर्षाको विउ रोप्नु जत्तिकै कन्ट्रोल वाहिर चासोको विषय थियो ।
नेपाल सरकारले टिकटकमा लगाएको प्रतिवन्ध राजनीतिक रुपले पश्चिमा र दक्षिण शक्तिलाई रिझाउने खालको थियो, किनकी यो साँच्चैको प्रतिवन्ध थिएन । समाचार हेडलाइनले नेपालमा टिकटक प्रतिवन्ध लगाएको देखाएको थियो । जुन चिन र त्यसको प्रविधि उन्नयनको विरोधमा लाग्नेहरुको लागि हटकेक समाचार थियो, वास्तवमा नेपालमा टिकटकमा प्रतिवन्ध लागेकै थिएन नेपालका आइएसपीहरुले टिकटकको आइपी मात्र रोकेका थिए । अहिलेको पुस्तालाई यो छेकवार पार गर्नु आकाशे पुलबाट बाटो काट्नु जत्तिकै सजिलो थियो, किनकी डिएनएसमा थोरै फेरबदल गरिदिए पुग्थ्यो, सीडीएन कन्टेण्ट डेलिभरीलाई कुनै छेकवार थिएन । प्रधानमन्त्रीले पनि आइएपीहरुलाई नै टिकटक रोक्न निर्देशन दिएका थिए प्रधानमन्त्री पनि यसैलाई नै प्रतिवन्ध मानिरहेका थिए सायद उनका सल्लाहकारहरु, टेक्नीकल हिसावमा यो साँच्चैको प्रतिवन्ध थिएन सरकारको नियत चै प्रतिवन्ध नै थियो ।
वास्तविक प्रतिवन्ध कस्तो हुन्छ त ?
प्रविधि जगतमा अझ भनौं भर्चुअल युगमा कम्प्युटर नेटवर्कको सञ्जालमा रहेका एप वा वेबहरुमा प्रतिवन्ध लगाउनु भनेको कण्टेण्ट डेलिभरी नेटवर्कमै प्रतिवन्ध लगाउनु हो, यसमा निश्चित एरियामा कुनैपनि एपमार्फत प्रवाह हुने कण्टेण्टहरुले समाजिक सद्भाव बिथोल्ने, द्वन्द्व चर्काउने, एक समुदायको विरोधमा अर्को समुदाय भड्काउने, दुइ देशको अन्तरद्वन्द्व बढाउने वा युद्धमा रहेका देशलाई प्रभावित पार्नेगरी कण्टेण्ट प्रवाह गर्ने भयो भने निश्चित कम्पनीबाटै उक्त ठाउँमा कण्टेण्ट डेलिभरी नेटवर्कलाई नै व्लक गरेर राखिन्छ । यसले गर्दा उक्त निश्चित ठाउँमा सो एप वा वेब खोजेर पनि नभेटिने हुन्छ, चल्ने त कुरै भएन, नेपाल सरकारले यसखालको प्रतिवन्ध लगाउने कुनै कारण थिएन अर्को रुपमा नेपाल पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन अवलम्वन गरेको मुलुक हो, जहाँ सूचनाको हकको संविधानमै विशेष व्यवस्था छ । त्यसैले नेपाल सरकारको मुडले मात्रै यसखालको प्रतिवन्ध लगाउन सक्ने अवस्था तत्काल थिएन । सामाजिक र राजनीतिक खपतको लागि अझ भनौं शासनसत्ता कम्फरटेवल छ भन्ने म्यासेज दिनको लागि मात्रै गरिएको थियो भन्ने यसैबाट पुष्टि हुन्छ ।
किन गरिन्छन् प्रतिवन्ध
हामी भौगोलिक हिसावले दक्षिण एसिएको भु परिवेष्ठित मुलुकका बासिन्दा हौं देशको क्षेत्रफल माथि नै उल्लेख गर्नुको कारण हाम्रा दयाँ बायाँ जोडिएका छिमेकी जनसंख्या, क्षेत्रफल, आर्थिक, कुटनीतिक, अन्य विश्वसंगको पहुँचको हिसावले बाहुवली छन्, तसर्थ नेपालको कुटनीति थोरैमात्र तलमाथि भयो भने दुर्घटना नै नभए पनि त्यसको पराकम्पले पार्ने प्रभाव ज्यादै डरलाग्दो हुन्छ, खासगरी टेक कम्पनीहरुमा प्रतिवन्धको सुरुवात लहडी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट भएको हो, चिनिया कम्पनी हुवावेका डिभाइस प्रतिवन्ध लगाउने र अन्य चिनिया टेककम्पनीहरुका सामानमा ट्याक्स बढाउने जस्ता काम गरेर टेकेवारको सुरुवात गरेको श्रेय उनैलाई जान्छ, खासगरी अमेरिका र चिनविच चिपहरुको उत्पादन र बिक्री वितरणमा ठुलै प्रतिष्पर्धा छ, भन्दा सेक्युरिटीको कुरा उठाए पनि आफ्ना कम्पनीहरुलाई बचाउने र प्रमोट गर्ने उद्देश्यले नै यो सवै गरिएको थियो, सवैभन्दा बढी टिकटक प्रयोगकर्ता भएको अमेरिकाले पनि टिकटकमाथि प्रतिवन्ध लगाएको थियो किनकी उसका जायण्ट कम्पनीहरुले यस्तै फिचरयुक्त स्न्यापच्याट जस्ता एपहरु बजारमा प्रतिष्पर्धाको लागि ल्याएका थिए, त्सपछिको युजर घनत्व भएको भारतमा पनि टिकटक प्रतिवन्ध गरिएको थियो त्यहाँ पनि भिमेट, सेयरच्याट जस्ता इण्डीयन वेश भएका एपहरु बजारमा आएपछि टिकटक र लाइकीजस्ता एपहरु वन्द गरिएको थियो, त्यस्तै समुदायहरुबिचमा वैमनश्य ल्याउने, राजनीतिक अस्थीरताको लागि लवि गर्ने, युद्ध भड्काउने, देशहरुबिचमा वैमनश्यता ल्याउने साथै सुरक्षागत गम्भीर त्रुटी भएमा पनि प्रतिवन्ध लगाइने गरेको छ, नेपालले चाहि विनाकारण विना तयारी विना छलफल हचुवाको भरमा प्रतिवन्ध गरेको थियो ।
नियमन आवश्यक छ
अहिलेको डिजिटल युगमा मानव समुदाय डिभाइसबाट टाढा हुन सक्दैनन्, हरेक पलमा नयाँ सूचना पाउनु, डिभाइसबाट पाइने सूचनाबाटै दिनभरको कार्ययोजना बनाउनु, त्यसैअनुसार आफ्नो working hour मिलाउनु दैनिकी जस्तै बनिरहेको छ, मानिस आफ्ना समस्या भौतिक रुपमा उपस्थित भएर भन्दा भर्चुअल रुपमा सल्टाउन अभ्यस्त छ, चाहे, च्याटवट हरुको प्रयोगले होस्, चाहे पेमेण्ट गेटवेको प्रयोगले होस, चाहे भर्चुवल करेन्सीको कुरामा होस, चाहे अनलाइन मिटिको, कुरामा होस, शिक्षा, स्वास्थ्य, सुरक्षा सम्पूर्ण क्षेत्रमा सही सूचनाको प्रयोगमा मानव शरिरको सचेत अंगको रुपमा सूचना प्रविधि अभ्यस्त भइरहेको पाइन्छ, नेपालमा पनि सरकारी तवरबाटै सूचना प्रविधिमा चासो र केही नयाँ गर्ने चाहना भइरहेको योजना र लगानीले बताउंछन्, भलै सरकारी निकायबिच समन्वयको अभाव र जनशक्तीको सही प्रयोग गर्न नजान्दा परिणाम ढिलो आइरहेको छ । तर सचेत युवापुस्तासंग हातेमालो गर्न अव सरकारले चाहेर मात्रै सूचना प्रविधिलाई हल्कारुपमा लिन सक्ने अवस्था छैन । यसरी एउटा आँखाले हेर्दा सूचनाप्रविधिको प्रयोगबाट हामी फाइदै फाइदा देख्छौं, यसको अर्को आँखाले हेर्यो भने चुनौती नै चुनौती, असुरक्षा र वेफाइदा पनि पाइन्छ, हुनत राम्रो संगै नराम्रो रहनु सृष्टीको नियम नै हो, भलै सूचना प्रविधिको फाइदा र बेफाइदा केलाउनु यो लेखको उद्देश्य थिएन, पङ्तिकारले वुदागतरुपमा प्रस्तुत नगरे पनि हरेक नागरिक थोर बहुत जानकार नै छन्, लेखको उद्देश्य सरकारले अन्तर्राष्ट्रिय चलनचल्तीमा रहेका चर्चित एप्लीकेशनहरु मथि किन नियमन गर्नुपर्ने अवस्था आउंछ भन्नु नै हो ।
पक्कै पनि टिकटक लगायतका सामाजिक सञ्जालहरुमा भयंकर विकृतिहरु छन्, अझै परिस्कृत भएर आउने एपहरुमा विकृतिहरु अझै डरलाग्दो गरी आउने निश्चित छ, किनकी हामीले समय र यससंगैको परिवर्तन अनि उपभोक्ताको समय परिवर्तनसंगै हुने रुची र आनीवानीलाई नियन्त्रण गर्न असम्भव छ, यसले नयाँ पुस्ता र बालबालिकाहरुमा पार्ने प्रभाव ज्यादै डरलाग्दो छ, तसर्थ सरकारले विज्ञहरुमार्फत अध्ययन गरी अनलाइन क्राइम र सोसल मिडियालाई नियमन गर्नको लागि व्यापक छलफल चलाई बलियो कानुन बनाउने तिर लाग्नु पर्दछ ।
यति कुरा मनमा खेल्दा खेल्दै तानसेन आइपुगेको पत्तै भएन बतासे डांडाको चिसोमा वसेर मोवाइल हेरेको टिकटकलाई हार्दिक श्रद्धाञ्जली लेख्नेहरुको ताती फेसवुकसम्मै आइसकेछ, बुटवल गएपछि सरकारी प्रतिवन्धको नालिवेली सहितको जानकारीमुलक टिकटक भिडियो बनाउने सोच सहित टिका थाप्न ससुराली तर्फ लागियो अस्तु