ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

अपांगता भएकाहरुको निःशुल्क उपचार र पुनःस्थापना

६ कार्तिक २०७९, आईतवार
६ कार्तिक २०७९, आईतवार

सल्यान, ६ कार्तिक । सल्यानको कपुरकोट गाउँपालिकाभित्र १८ वर्ष सम्मका शारीरिक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार हुने भएको छ । गाउँपालिका र विकलांग मित्र समूह तथा अपांग वाल अस्पताल पुनस्र्थापना केन्द्र बनेपाको सहकार्यमा अपांगता भएका वालवालिकाको निःशुल्क उपचार हुने भएको हो ।
जसका लागि पाँच वर्षिय सम्झौता गरिएको छ । सम्झौता अनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्रका १८ वर्ष सम्मका शारीरिक अपांगता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्र्थापना,सहायक सामाग्री तथा कृत्रिम अंग उपलब्ध गराउने छ । यसका साथै नियमित अनुगमन तथा लक्षित समुह भित्रका नागरिकहरुको समग्र सामाजिकीकरणको लागि पनि क्रियाकलापहरु सञ्चालन हुने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए ।
अपांगता पहिचानको लागि स्वास्थ्य तथा पुनस्र्थापना घुम्ति शिविर सञ्चालन तथा जसको लागि आवश्यक प्रचार, औषधि, मेडिकल सामग्री, यातायातको व्यवस्था गाउँपालिकाले गर्ने छ । अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायक सामग्रीहरु हात खुट्टा लगाएतका कृत्रिम अंगहरु, ह्वील चियर, वाकर, बैशाखी, काम्रो आदी सामग्री निःशुल्क नै उपलब्ध गराउने कार्यक्रम रहेको छ । अपांगता भएका व्यक्तिहरुको संरक्षण, शशक्तिकरण र विकासका लागि यस प्रकारको सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । शल्यक्रिया आवश्यक पर्ने बालबालिकाको लागि अस्पतालमा लाग्ने निदानात्मक, शल्यक्रिया, औषधी, मेडिकल सामग्री, वेड तथा खाना वापत लाग्ने खर्चको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।गाउँपालिकासंग सहकार्य गरेको विकलांग मित्र समूह तथा अपांग वाल अस्पताल पुनस्र्थापना केन्द्रले स्वास्थ्य तथा पुनस्र्थापना घुम्ति शिविर संचालनको लागि विशेषज्ञ लगायत मानव संसाधन, आवश्यक औषधि, मेडिकल सामग्रीहरु आदि उपलब्ध गराउने छ । केन्द्रले सहायक सामग्रीहरुको नाप जाँच र तयार लगाएतका अन्य विभिन्न काम पनि गर्ने केन्द्रका सिबिआर सुपरभाइजर होमराज केसीले जानकारि दिए । गत वर्ष पनि केन्द्रले कपुरकोट गाउँपालिकासंगको सहकार्यमा अपांगता भएका व्यक्तिहरुको उपचारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो । कपुरकोट गाउँपालिकामा मात्रै हाल तीन सयको हाराहारीमा अपांगता भएका व्यक्तिहरुको पहिचान भएको सुपरभाइजर केसीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?