© २०२३
सुर्खेत, १२ भदौ ।
कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि ९ गतेसम्महुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा हुनेमा अन्योलता छाएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद समापन समारोहबाट कर्णालीले मंसिर दुई गतेदेखि ९ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरिएको थियो । सोही घोषणा अनुरुप कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि व्यापक तयारी समेत गरिरहेको छ ।
पहिलोपटक ठूलोे खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएको कर्णालीले नयाँ खेलकुद पूर्वाधार निर्माणदेखि मर्मत लगायतका खेलकुद गतिविधिलाई तीव्रता दिइरहेको कर्णाली खेलकुद विकास परिषद्ले जनाएको छ ।
कर्णालीमा खेलाउन सकिने खेलहरूको वर्गीकरण गरेर १० वटै जिल्लामा सञ्चालन गर्ने गरी तयारी भइरहेको परिषद्ले जनाउँदै आएको छ । परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले २ मंसिरलाई आधार मानेर परिषद्ले सय दिने काउन्ट डाउन सुरुवात समेत गरिसकेको जनाए । सोही बमोजिम दुई अंकको पदक चुम्ने लक्ष्यसहित खेलाडीहरू बन्द प्रशिक्षणमा रहिसकेका छन् ।
सञ्ज्याल पूर्वाधारका कारण प्रतियोगिता नरोकिने बताउँछन् । ‘पुर्वाधारको कारणले प्रतियोगिता रोकिन्न, संघीय मन्त्री आएर १५ दिनको प्रगति हेरेर कार्ययोजना बनाइ अघि बढिएको छ,’ उनले भने, ‘हामीले आयोजना गर्न सक्ने खेल २४ वटा जति हो । त्यसका लागि पुर्वाधार छँदै छ । त्यसको सामान्य मर्मत गर्ने काम मात्रै हो ।’
उनका अनुसार निर्माणाधीन रङ्गशालाको काम सकेर पनि कर्णालीका खेलाडीले केही महिना त्यहाँभित्र तालिम गर्न पाउनेछन् । यो रङ्गशालाभित्र १६ वटा खेल खेल्न सकिने उनले बताए । त्यस बाहेकका खेलका लागि पनि अन्य केही खेल मैदान बनिसकेका छन् ।
यसमा कर्णाली सरकारको फरक धारणा आएपछि तोकिएकै मितिमा खेलकुद प्रतियोगिता हुने विषयमा अन्योल छाएको देखिन्छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधार निर्माणको काम सकेर मात्र मिति तोक्नुपर्ने बताएका छन् । उनले निर्धारित समयमा पूर्वाधार निर्माणको सुनिश्चिता गरेर मात्र मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् ।
निर्धारित समयमा नै खेलकुद प्रतियोगिता गर्ने तयारी रहेको बेला जब नेपाली कांग्रेस–एमालेको गठबन्धनमा सरकार बने लगत्तै प्रतियोगिताको मिति सार्नुपर्ने विषय अगाडि सारिन थालिएको छ ।
त्यसो गर्नुका पछाडि सदस्य सचिव बदल्ने र प्रतियोगिताको जस लिने होडबाजी रहेको माओवादीका नेताहरुको भनाई छ । माओवादीका सांसद कृष्ण जिसीले निर्धारित समयमा नै प्रतियोगिता हुनुपर्ने बताउँछन् । ‘प्रतियोगिता सार्नु राम्रो पक्ष होइन, पूर्वाधार निर्माणका हिसाबले सबै पूरा छ’ उनी भन्छन्, ‘कर्णालीमा तोकिएको कार्यक्रम समयमा भएन भन्ने सन्देश जान्छ ।’
अहिले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याललाई तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ल्याएका थिए । उनकै नेतृत्वमा राजधानी वीरेन्द्रनगरमा रङ्गशाला बन्यो । अहिलेसम्म ९२ प्रतिशत काम भइसकेको छ भने असोज महिनाभित्र काम सम्पन्न गरिसक्ने लक्ष्य छ ।
तर मुख्यमन्त्री कँडेल भने विभिन्न कार्यक्रमहरुमा प्रतियोगिताको मिति सार्नुपर्ने धारणा राख्दै आएका छन् । यतिमात्र होइन, मुख्यमन्त्री कँडेलले प्रदेश खेलकुद परिषद्ले १०० दिने काउन्टडाउन सुरु गरेको कामप्रति समेत विरोध जनाए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी