ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

‘बृहतर कृषिमा ध्यान दियौं, उत्पादन बढाऔं’

१६ असार २०७५, शनिबार
१६ असार २०७५, शनिबार

बुटवल ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ देश भर १५ औ राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा प्रदेश नम्बर ५को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना सैनामैनामा धान महोत्सव मनाइएको छ । धान महोत्सवलाई सम्बोधन गर्दैै प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश सरकार कृषिमा वृहत्तर विकास गर्ने किसीमका योजनाहरु ल्याएको बताएका छन् ।
देशकै नमुना विभिन्न कार्यहरु पनि मन्त्रालयबाट ल्याइएको जनाउदै मुख्य मन्त्री पोखरेलले सबैको साझा पहल भएमा लक्ष्य प्रप्ती गर्न सकिने धारणा राखे । कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेले अव स सानो क्षेत्रमा कृषि तथा पशुपालन गर्ने नभई वृहतर रुपमा कृषि क्षेत्रमा किसानहरुले काम गर्नुपर्ने बताएका हुन । आफ्नो जमिन नभएका किसानहरुलाई सरकारले नै जमिनको भाडा तिर्ने गरी करार कृषि खेतीको समेत अवधारण ल्याइरहेको परिपक्ष्यमा किसानहरुले वृहत्तर रुपमा योजना बनाएर आगाडी बढेमा लगानीको प्रतिफल बढि हुने मुख्य मन्त्री पोखरेलको भनाई रहेको छ ।
कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने योजनाको साथ यस बर्ष प्रदेश सकारले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत स्मार्ट कृषि गाउँको समेत अवधारण ल्याइएको जानकारी दिदै मुख्य मन्त्री पोखरेलले आगामी बर्ष यसलाई थप विस्तार गरी नमुना प्रदेशको रुपमा विकास गरिने समेत जानकारी गराए । पाईलट प्रोजेक्टको रुपम अगाडी बढाइएको स्मार्ट कृषि गाउँमा माटो परिक्षण देखि लिएर सबै आधुनिकीकरणका प्रविधिहरु विकास गरी खेती गरिने छ । एकै चोटी सबै निर्वाचन क्षेत्रमा उक्त कार्यक्रम अगाडी बढाउने जानकारी गराएका हुन ।
यस्तै कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश बजेटमा कृषि क्षेत्रा नेपालकै नमुना कार्यको रुपमा विभिन्न कार्यको सुरुवात प्रदेश सरकारले गर्ने गरी योजना ल्याएको मन्त्री पौडेलको भनाई रहेको छ । नेपालमै पहिलो पटक एनिमल एम्बुलेन्स, एक निर्वाचन क्षेत्र एक कृषि नमुना गाउँ, ४ वटा कृषि होम स्टे सञ्चालनका साथै आफ्नो जमिन नभएका किसानहरुलाई करार खेती लगायतका केही नमुनायोग्य कार्य अगाडी सारेको मन्त्री पौडेलको भनाई रहेक थियो । धान खेती सबैभन्दा महत्वपूर्ण खेती भएको कारण बढ्दो सहरी करण, खण्डीकरण संगै खेती योग्य जमिन बढाउनु चुनौतिको रहेको भुमि बढाउनु भन्दा पनि अवको लक्ष्य उत्पादन बढाउनु तर्फ केन्द्रीत हुने मन्त्री पौडेलको भनाई रहेको छ ।
भुमि व्यव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यम नारायण देवकोटाका अनुसार नेपालमा प्रति बर्ष करिव २५ अर्ब रुपैयाँ बराबरको धान आयात हुदै आएको छ । जुन नेपालको लागि विडम्बनाको कुरा हो । उनी भन्छन्–‘प्रदेश ५ मा धान उत्पादकत्व ३.३ मेट्रिक टन प्रति हेक्टर रहेको छ , जसलाई बढाउनुको विकल्प छैन । ’ धान खेती विस्तार गर्ने कुरा करिव असंभव रहेको भन्दै उनले सिंचाईको प्राप्त मात्रामा व्यवस्थाप गरी चैते धान खेती लगायतका प्रदेश सकरारको जोड रहने छ । उनी भन्छिन्–‘यो बर्ष किसानको माग मा आधारित हामीले ३० करोड रुपैयाँ बराबर प्रदेश ५ मा यन्त्रीकरणमा खर्च गर्दाछौं । ’ े
रोपाई महोत्सवमा मुख्य मन्त्री शंकर पोखरेल र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, भौतिक योजना तथा पुर्वाधार मन्त्री बैजनाथ चौधरी लगायत मन्त्रालयका सचिव यम नारायण देवकोटा लायतले खेतमा धान रोपेर रोपाई महोत्सवको सुरुवात गरेका थिए । सयौ किसान, सुभेच्छुकहरुको सहभागीता रहेको कार्यक्रममा असारे भाका गीत गाउदै रोपाईमा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?