ट्रेंडिंग:

>> नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६ अंकमा >> काठमाडौंमा विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर विरोध प्रदर्शन >> संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री >> शेख हसिना: बंगलादेशलाई “आतंकवादी देश” भनेकी, युनुसमाथि गम्भीर आरोप >> बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना >> छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री >> चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभा >> वन क्षेत्रबाट राजस्व नउठ्दा मुख्यमन्त्री आचार्यको चिन्ता, कर दायरामा ल्याउन जोड >> मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छः प्रधानमन्त्री >> आरएसडिसि लघुवित्तद्घारा समाजलाई फर्निचर सामग्री हस्तान्तरण >> नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह >> प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू >> बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा >> राष्ट्रिय वनलाई चाक्ला वनमा लैजान खोजेपछि सामुदायिक वनको आपत्ति >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ? >> राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा >> वैदेशिक रोजगार सबैभन्दा सम्मानजनक पेशा हो: श्रममन्त्री भण्डारी >> वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत >> सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान >> भालुवाङमा भेटिएको शबको पहिचान खुल्यो >> आजको मौसमः तापक्रममा वृद्धि हुने, बर्षा नहुने सम्भावना कायमै >> विद्यार्थी विदेश पलायन रोक्ने कसरी ? >> उद्योगी व्यवसायी थप पीडामाः मल्हम लगाउने खोई >> विश्व स्वास्थ्य दिवसको औपचारिकता >> शिक्षकका जायज माग पुरा गर्न बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेको आग्रह >> बुटवलमा एमालेको जनसभा तयारीः ५० हजार जनता उतार्ने दावी >> पुरातात्विक क्षेत्रमा अनाधिकृत पूर्वाधार रोक्न माग >> प्रदेशमा सिंचाई सुविधाः अझै आधा जमिन बाँझैं ! >> रोटरी क्लव अफ बुटवल चौतारीमा ७५ युनिट रगत संकलन >> आज जनआन्दोलन दिवस मनाइँदै >> विश्व स्वास्थ्य दिवसमा बुटवल हस्पिटल प्रालिद्वारा ६४ युनिट रक्तदान >> लुम्बिनीमा पिकअप भ्यान पल्टिंदा दुईको मृत्यु, २२ जना घाइते >> सिद्धार्थ गौतमबुद्धका नवनियुक्ति क्याम्पस प्रमुख चापागाईद्वारा पदभार ग्रहण >> भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिजको पहिलो खेलमा सन् २००९ टिम विजयी >> आठौ भूपु सैनिक कपमा सिम्रिकको विजयी शुरुवात >> खैरो हिरोइन सहित दुई भारतीय पक्राउ >> सडेनडेथमा राईजिङ स्टार युवा क्लब विजयी >> उत्पादन र आर्थिक समृद्धिमा जोडिन नगर प्रमुख पाण्डेको आह्वान >> बारको निर्वाचनमा मिश्रको अग्रता कायमै >> ए डिभिजन लिग बैशाख २० बाट हुने >> नेप्से परिसूचक ३३.३३ अङ्कले तल झर्यो >> शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन्, संवादबाट सम्बोधन गर्ने छौंः प्रधानमन्त्री >> लुम्बिनीमा मनाईयो सिंचाई दिवस >> प्रदेश स्तरीय टी–२० कप: रुपन्देही क्वाटरफाइनलमा प्रवेश >> भरूवा बन्दुकसहित दुई जना पक्राउ, एक फरार >> सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण >> आईपीएलमा आज मुम्बई इन्डियन्स र आरसीबी भिड्ने >> गुरागाईंको पुनरागमनपछि कर्मचारीको रोकिएको तलब निकासी प्रक्रिया अघि बढ्यो >> अर्थमन्त्रीले नीलम ढुंगानालाई तोके राष्ट्र बैंकको गभर्नर

११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा

बौद्ध शिक्षा अध्ययन केन्द्रका रुपमा परामर्श बढाउन सहभागीको सुझाव
२२ चैत्र २०८१, शुक्रबार
२२ चैत्र २०८१, शुक्रबार

बुटवल, २२ चैत । अष्ट्रेलियासहित विभिन्न देशमा अध्ययन रोजेका विद्यार्थीहरुलाई शैक्षिक परामर्शदाताका रुपमा पहिचान बनाएको निर्भाना काउन्सिल सेन्टरले रुपन्देहीमा शाखा सुभारम्भ गरेको छ । संस्था स्थापनाको ११ औ वर्षसंगै काठमाण्डौ बाहिर बुटवलमा शाखामार्फत सेवा शुभारम्भ गरेको हो । मिलनचोक स्थित सिटि सेन्टरमा शुक्रबार एक समारोहका बिच शाखा कार्यालयको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालले उद्घाटन गर्दै बौद्ध शिक्षा अध्ययनको केन्द्रका रुपमा परामर्श दिने योजनाका साथ अघि बढ्न सुझाव दिए । नेपालका शैक्षिक संस्थाहरु दिईने बौद्घ शिक्षालाई अब एजुकेशन कन्सल्टेन्सीहरु प्रचार गर्नेतर्फ ध्यान दिन सके यसबाट शैक्षिक पर्यटनको विकास हुने उनको दाबी छ । ‘यसमा सम्भावना रहेको हुदा सरकारबाट पहल जरुरी छ ।’–उनले भने । समुदायमा कतिपय अवैधानिक सेवा दिएका संस्थाहरुलाई भने निरुत्साहित गर्नुपर्ने उनको तर्क छ । सरकारी राजश्वको दायरामा नआएको संस्थाको नियगमनका विषयमा सरकार गम्भिर हुनुपर्ने उनले बताए ।

कार्यक्रममा ईक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेले परामर्श दाता शुरुवात गर्दा आवश्यक सरकारी मापदण्डहरु पुरा गर्न जरुरी रहेको बताए । शिक्षा मन्त्रालयमा नया दर्ताको स्विकृति हाललाई रोकिएको भन्दै उनले परामर्श ब्यवसायलाई ब्यवस्थित गर्ने गरि आफुहरु संगठित भएर लागेको उनले बताए । एजुकेशन कन्सल्टेन्सीहरु विदेश पढ्न जानका लागिमात्र नभई स्वदेशमा समेत अध्ययनको सहि मार्ग निर्देशन गर्ने रुपमा रहेको उनले बताए । विद्यार्थीको शैक्षिक करियर बनाउन अभिभावकको रुपमा भुमिका खेल्ने उनले बताए ।

कार्यक्रममा संस्थाका संचालक  शिव प्रसाद त्रिपाठीले विद्यार्थीहरुको भविष्यसंग जोडिएको पेशा भएको भन्दै विशुद्घ परामर्श दिने संस्थाका रुपमा स्थापित रहेको दाबी गरे । संस्थाको उचाईलाई कम नहुने गरि बुटवलमा पनि सेवा दिने प्रतिबद्धता उनले जनाए ।संस्थाबाट आयल्स र पिटिए कक्षाको सेवा दिने उनले बताए । अष्ट्रेलिया, क्यानडा, युके र जर्मनी अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवश्यक परामर्श र प्रक्रिया निर्धक्कसंग अघि बढाउनु उनले आग्रह गरे । संस्थामा पारदर्शिता र सर्टिफाईड काउन्सिलरहरु रहेको उनले बताए । ईक्यानमा दर्ता भएका ५ सय संस्थाहरुमध्येमा निर्भाना पाचौ ठुलो ट्याक्स तिर्ने संस्था भएको उनले दाबी गरे ।

कार्यक्रममा ईक्यान रुपन्देहीका पूर्वअध्यक्ष देव कुँवर, रुपन्देहीका उद्योगी महेन्द्रनारायण श्रेष्ठले गुणस्तरीय शैक्षिक परामर्श दिएर देशलाई नै दक्ष जनशक्ति उत्पादन गर्न सुझाव दिए । रुपन्देहीमा २ सय बढी कन्सल्टेन्सीहरु सेवा दिदै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%