© २०२३
जिल्लाका गाउँ तथा नगरपालिकामा विरतण गरिएको गरिव परिचयपत्रको विरोध भएको छ । गरिव धनी र धनी गरिवको सूचिमा परेपछि नागरीकहरूले विरोध जनाएका हुन् । विवादकै बीच केही स्थानीय तहले परिचयपत्र वितरणको कामलाई अन्तिम चरणमा पु¥याएका छन् । स्वर्गद्धारी नगरपालिका र ऐरावती गाउँपालिकाले वितरणको काम झण्डै ९० प्रतिशत सकेको जनाएका छन् । तर, गौमुखी गाउँपालिकाले वितरण गर्न नपाउँदै विरोध आएपछि स्थगित गरेको छ । जिल्लाका अन्य स्थानीय तह वितरणको तयारीमा रहेको जानकारी गराएका छन् ।
सोमवारदेखि परिचयपत्र वितरणको तयारीमा रहेको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण पौडेलले जानकारी दिए । ‘करिव तीन हजार परिचयपत्र आएका छन्’,उनले भने,‘विवाद छ । गाउँपालिकाले संशोधन गर्न मिल्दैन् ।’ ‘परिचपयत्रप लिएर गाउँमा गएका थियौँ’,गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले भने,‘स्थानीयले बाढ्न दिएनन् । हाललाई स्थगित भएको छ ।’ सर्वपक्षिय छलफलबाट निष्कर्ष नआउँदासम्म परिचयपत्र वितरण नगरिने उनको भनाई छ । अर्खा, खुङ र लिवाङमा परिचपय वितरण गर्न जाँदा विरोध आएको उनले बताए । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले टेलिफोन गरेर परिचयपत्र वितरण नगर्न निर्देशन दिएको समेत उनले जानकारी गराए ।
पाँचवर्ष अघि जिल्लामा गरिव परिचयपत्रका लागि फाराम संकलन गरिएको थियो । जिल्लामा १४ हजार जनाका लागि तीन थरीका परिचपयत्र आएका छन् । विवादै विवादमा केहीले वितरण गरेपनि सर्वपक्षिय निकास निकाल्ने सोँच बनाएको जिल्ला सम्वन्य समिति प्यूठानका सम्वन्य अधिकारी उमा गौतम कोइरालाले जानकारी गराइन । परिचयपत्र त्रुटि भएर आएको उनले स्वीकार गरिन् । कोइरालाका अनुसार छुटेका गरिवहरूको तथ्यांक स्थानीय सरकारले गरेपनि सच्चाउने अधिकार नभएको उल्लेख गरिन् । अति गरिवलाई रातो, मध्यमलाई पहेलो र सामान्यलाई हरियो परिचयपत्र वितरण गरिनेछ । असन्तुष्टि हुँदाहुँदै पनि परिचयपत्र वितरणको काम लगभग सकिन थालेको ऐरावती गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए । एक हजार चारसय जनाको परिचयपत्र आएकोमा हालसम्म एक हजार एकसय पचास जनालाई प्रदान गरिएको उनले जानकारी गराए । केही दिनभित्रै सवै वितरण गरेर सक्ने योजना रहेको उनले बताए । जनप्रतिनिधी र कर्मचारीहरू गाउँमै पुगेर परिचयपत्र वितरण गरिरहेका छन् । गलत परिचय पत्र सच्याउने विषयमा जनप्रतिनिधीलाई केही अधिकार नभएको समेत उनको भनाई छ । झिमरुक गाउँपालिकाले गरिवको सूचिमा परेका व्यक्तिहरूलाई गाउँपालिकाको कार्यालय मच्छिमा बोलाएर परिचयपत्र वितरण गरेको छ । वडामै वितरण हुनुपर्ने स्थानीयले माग गरेपनि कर्मचारी अभावमा पुग्न नसकिएको प्रमुख प्रशासकिय अधिकृत ताराकिरण केसीले जानकारी दिए ।
परिचयपत्र लिन गाउँपालिका कार्यालय मच्छिमा आएका झिमरुकबासी । तस्विर : बुटवल टुडे
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी