© २०२३
जनैपूर्णिमाका दिन जनैको बिशेष महŒव राख्ने जनै र रक्षाबन्धनको नाम लिँदा बुटवलको बैदिक जनैलाई सम्झिने संस्कार नै बसेको छ । उनको राधा धागो उद्योग जनै र रक्षाबन्धनका सामग्रीको व्यवसायिक उत्पादन गर्ने पहिलो उद्योग हो । १७ बर्षदेखि जनै र रक्षाबन्धनको व्यवसायिक उत्पादन गर्दै आएको उक्त उद्योगबाट उत्पादित बस्तु नेपालको बिभिन्न जिल्ला मात्र होइन विदेशमा समेत पुग्ने गरेको छ ।
बैदिक विधि अनुसार बनाइने हुँदा जनै र धागोको माग अत्यधिक भएको राधा धागो उद्योगबाट उत्पादित वस्तुका सम्पादनकर्ता उद्योगी बुद्धिप्रसाद शर्मा बताउँछन् । गुल्मीको अस्लेवामा जन्मेका शर्मा बुटवल उपमहानगर पालिका वडा नं. ४ रामन्दिर लाइनमा श्रीमती राधा शर्माको नाममा उद्योग दर्ता गरी संचालन गरिरहेका छन् ।
शास्त्रीय जनै, वैदिक जनै, राधा पवित्र जनै, वैदिक रक्षाबन्धन, लाखबत्तीको गुणस्तरीय पूजा सामग्री उत्पादन गरेको भन्दै उक्त राधा धागो उद्योगलाई २०७४ मा नेपाल सरकार, उद्योग मन्त्रालयले उत्कृष्ट उद्यमीको रूपमा पुरस्कृत गरेको थियो । शर्मा परिवारले २०५८ सालदेखि सानो रूपमा उत्पादनको अभ्यास गरेपछि २०६१ सालमा उद्योग दर्ता गरी उत्पादन बढाएका थिए ।
जनै उद्योगको शुरुबारे शर्मा भन्छन्–‘जनै लगाएपनि ब्राम्हणले आफै जनै बनाउन छाडे, ब्राम्हण पतनतिर लागे भन्ने सोंच आयो । जनै बनाउन सके बिक्री हुन्छ भन्ने लाग्यो अनि उद्योग खोलियो ।’ आफूले शुरु गरेको काम समाज र बजारबाट रुचाएको हुँदा आफ्नो कामप्रति सन्तुष्ट गरेको उनी बताउँछन् । बजारमा नक्कली धागो र जनै आएकोमा भने उनलाई चिन्ता लागेको छ । ‘पोलिष्टर मिस्सिएको धागोबाट समेत जनै बनाएर बजारमा बिक्री गरिएको छ,’ शर्माले भने–‘त्यस्ता जनैले स्वास्थ्यलाई र शरीरलाई समेत हानी गर्छ ।’ आफ्नो उद्योगबाट बन्ने जनै शुद्ध सुतिबाट बनेको उनको दाबी छ ।
गुणस्तरीय बस्तु उत्पादन गर्ने र त्यसैमा सन्तुष्टी लिने गरी आफुहरूले उद्योग संचालन गरिरहेको शर्मा बताउँछन् । उद्योगमा जनै र धागो किन्दै गरेका ग्राहक र व्यापारीहरूले आफूहरूले बर्षौदेखि वैदिक जनैको प्रयोग गरिरहेको र बेचिरहेको बताए । देवदहका स्थानीय डिल्लीप्रसाद शर्माले ८ बर्षदेखि बैदिक जनै लगाइरहेको बताए । बुटवलका स्थानीय रिगेन्द्र भुसाल घरायसी प्रयोजनका लागि जनै किन्न आएको भेटिए भने लेखनाथ ज्ञवाली एक सय जोडा जनै र ७ गोली रक्षा बन्धन धागो किन्दै थिए । हप्तादिनदेखि उनको उद्योगमा जनै र रक्षाबन्धनको धागो किन्नेको घुइँचो छ ।
उद्योगबाट उत्पादित बस्तुहरूको माग र अर्डर झापा, महेन्द्रनगर, नेपालगञ्ज, पोखरा, दाङ, पाल्पा, बाग्लुङ, म्याग्दी, काठमाण्डौं, चितवनसम्मबाट आउने गरेको शर्माले जानकारी दिए । प्रत्यक्ष रूपमा अर्डर नआएको भएपनि विदेशमा पुगेका नेपालीहरूले विदेशका पसलहरूबाट उनको उत्पादनहरू किनेर प्रयोग गरेको खबर आफुलाई गरेको उनको भनाइ छ । इङ्गल्याण्ड, जर्मन, वर्माबाट आउने नेपालीहरूबाट यो कुरा सुनेको उनले बताए । उनको उद्योगबाट बार्षिक चार लाख जति जनै उत्पादन हुने शर्मा बताउँछन् । बर्षेभरी घरका चार जना बाहेक बाहिरी चार जना महिला कामदारले रोजगारी पाइरहेका छन् भने सिजनको समयमा थप कामदार लगाई जनै र धागोको उत्पादन हुने गर्दछ । घरका चारमध्ये दुई जना जनशक्ति मात्रै पुरुष छन भने सबै कामदार महिला छन् ।
उद्योग दर्ता गरेर सरकारलाई कर तिरेर उद्योग चलाइरहेको भएपनि बजारमा लुकिछिपि बनाएका र बैदिक प्रक्रिया नगरी बनाइएको जनै आएको शर्मा बताउँछन् । त्यस्ता कामलाई करको दायराभित्र ल्याउनुपर्ने उनको माग छ । नक्कली काम गर्ने, कर नतिर्ने र गलत कुसंस्कारीहरूलाई स्थानीय प्रशासनले कार्बाही गर्न जरुरी भएको शर्माले बताए ।
वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले आजको दिन बिहानै नित्यस्नान गरी पूजापाठ गर्ने, चोखो खानुको साथै जनै धारण र रक्षा बन्धन बाँध्ने गर्ने गर्दछन् । आजको दिनमा बिशेष महत्व राख्ने त्यही जनै र रक्षाबन्धन बनाउने चलन हराउँदै गएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी